❖ World Trade Organization (WTO) र नेपाल

WTO को स्थापना कहिले भयो ?

→ सन् १९९५ जनवरी १ (GATT को विस्तारित र परिमार्जित रुप)

WTO को को स्थापना GATT को कुन राउन्डको बैठक महत्वपूर्ण थियो ?

→ उरुग्बे राउन्ड

संस्थापक राष्ट्र कति रहेका छन् ?

→ १२४

प्रधान कार्यालय ?

→ जेनेभा

हाल जम्मा सदस्य ?

→ १६४ (पर्यवेक्षक संख्या २८)

नेपालले सदस्यताको लागि आवेदन ?

→ सन् १९९८

सदस्यता प्राप्त ?

२३ अप्रिल २००४ (२०६१ वैशाख ११ मा १४७ औँ सदस्य)

नेपाल WTO को कतिय औं सदस्य राष्ट्र हो ?

→ १४७ औँ

WTO को सदस्यता पाउनु अघि नेपालले कति प्रश्नको जवाफ दिनु परेको थियो ?

→ ३६२ प्रश्न

नेपालले WTO को कति प्रतिशत खर्च ओगटछ ?

→०.०१६ प्रतिशत

WTO को सम्पर्क मन्त्रालय कुन हो ?

→वाणिज्य तथा आपूर्ति मन्त्रालय

WTO को कार्यालय संचालनका भाषा कति वटा छन् ?

३ (अंग्रेजी, स्पेनिश र फ्रेन्च)

WTO को वर्तमान प्रमुख (महानिर्देशक) को हुन् ?

रोबर्टो एजेवेडो (ब्राजिलका उनि छैटौं प्रमुख हुन)

WTO को पहिलो प्रमुख (महानिर्देशक) को छन् ?

→ पिटर सुदरल्याण्ड (आयरल्याण्ड)

❖ WTO को सहयोगका क्षेत्र के के हुन् ?

  • व्यापार अवसर विस्तार र उदाहरीकरण
  • व्यापारमा पहुँच
  • स्वतन्त्र पारवाहन
  •  विवादको छिनोफानो
  •  अल्पविकसित मुलुकका लागि सहयोग र प्राविधिक सहायता।

❖ WTO का सिद्धान्तहरु

१. सौविध्य प्राप्त राष्ट्रको सिद्धान्त

२. भेदभावरहित राष्ट्रिय व्यवहारको सिद्धान्त

३. बजार पहुँचको सिद्धान्त

४. पारदर्शिताको सिद्धान्त

★ सार्क राष्ट्रहरुले WTO को सदस्यता प्राप्त गरेको मिति

१. भारत -  सन् १९९५ जनवरी १

२. बंगलादेश -  सन् १९९५ जनवरी १

३. पाकिस्तान -  सन् १९९५ जनवरी १

४. श्रीलंका: सन् १९९५ जनवरी १ -  सन् १९९५ जनवरी १

५. माल्दिभ्स  - सन् १९९५ मे ३१

६. नेपाल   -  सन् २००४ अप्रिल २३

७. अफगानिस्तान  -   सन् २०१६ जुलाई २९ (WTO को सदस्ता सबैभन्दा पछि लिने सार्क राष्ट्र)

८. भुटान   -   हाल सम्म नलिएको (WTO को सदस्यता नलिएको सार्कको एक मात्र राष्ट्र)

❖  विश्वव्यापार संगठन सम्बन्धी प्रश्नहरू

 मेक्सिकोको क्यानकुनमा भएको बैठक कुन विवादका कारण असफल भएको थियो ?

→ कृषि अनुदान

WTO को प्रथम मन्त्रीस्तरीय सम्मेलन कहाँ सम्पन्न भएको थियो ?

सिंगापुर (सन् १९९६)

WTO को छैठौं मन्त्रीस्तरीय सम्मेलन कहाँ सम्पन्न भयो ?

'हङकङ (सन् २००५ डिसेम्बर १३-१५)

WTO को दशौ मन्त्रीस्तरी सम्मेलन कहाँ भयो ?

→केन्याको, नैरोबीमा(सन् २०१५ डिस्मेबर १६ देखि १९

WTO को संस्थापक सदस्य राष्ट्रहरु मान्ने आधार के हुन् ?

→ सन् १९९३ मा उरुग्वे वार्तामा हस्ताक्षर गर्ने राष्ट्रहरु

WTO मा Blue Box भन्नाले के बुझिन्छ ?

→ कृषि क्षेत्रको अनुदान

नेपाल कहिले देखि GATT को पर्यवेक्षक राष्ट्र रहेको थियो ?

→ सन् १९८९

विश्व अर्थतन्त्रको कति प्रतिशत व्यापार WTO मार्फत हुने गर्दछ ?

९० प्रतिशत