❖ संयुक्त राज्य अमेरिका (USA) को इतिहास

✰ ब्रिट्रिसद्वारा अमेरिकामा गरिएको आर्थिक शोषणका विरुद्ध जर्ज वाशिङ्टनको नेतृत्वमा ब्रिटिस उपनिवेशको समाप्तिबारे सन् १७७६ मा हस्ताक्षर गरी भएको स्वतन्त्रताको घोषणा ब्रिटेनले मान्न बाध्य भयो । 

✰ सन् १७८९ मा जर्ज वासिङ्टन अमेरिकाका प्रथम राष्ट्रपति भए । 

✰ सन् १८६१ देखि सुरू भएका गृहयुद्ध सन् १८६५ मा उत्तरी क्षेत्रकै विजयका साथ समाप्त भयो र अमेरिकामा दास प्रथाको पनि अन्त्य भयो । यसबाट दासहरू स्वतन्त्र हुनुको साथै उनीहरूलाई मताधिकारसमेत प्राप्त भयो ।

✰  प्रथम र द्वितीय विश्वयुद्धमा अमेरिकाले उल्लेखनीय योगदान गरेको थियो । आज अमारका एक पूर्ण प्रजातान्त्रिक राज्य हुनुको साथै आर्थिक र औद्योगिक दृष्टिले पूर्णरूपमा विकसित विश्वको प्रथम शक्ति राष्ट्रहरूको रूपमा परिणत भएको छ ।

❖ अमेरिकी स्वतन्त्रता सङ्ग्राम

✰  अमेरिकालाई बेलायतले उपनिवेश बनाएको थियो । यसको विरुद्धमा अमेरिकाले बेलायतबाट स्वतन्त्र हुन गरेको संघर्ष नै अमेरिकी स्वतन्त्रता संग्राम हो।

✰ अमेरिकी स्वतन्त्रता सङ्ग्राम सन् १७७६ मा सुरु भएको थियो ।

✰ राष्ट्रवादी अमेरिकी स्वयम्सेवकहरूको नेतृत्व जर्ज वासिङ्गटनले गरेका थिए ।

✰ सन् १७८३ मा भर्सायलको सन्धि अनुसार ब्रिटिस उपनिवेशबाट अमेरिका स्वतन्त्र भयो ।

❖ अमेरिकी स्वतन्त्रता सङ्ग्रामका कारणहरू

✰धार्मिक तथा सामाजिक भिन्नता

✰भौगोलिक कारण

✰आयात-निर्यातसम्बन्धी कानुनहरूको निर्माण

✰लई नर्थको दमनकारी कानुन

✰राजा जर्ज तृतीयको अदूरदर्शिता

✰असन्तोषपूर्ण शासन प्रणाली

✰फ्रान्सको सहयोग

✰चियामा भन्सार महसुल जारी राख्ने प्रथा (वोस्टन टी पार्टी).

✰टिकट टाँस्नु पर्ने कानुन

✰प्रधानमन्त्री ग्रेनविलका गलत कदमहरू

❖ अमेरिकी स्वतन्त्रता सङ्ग्रामका परिणामहरू

✰अमेरिका ब्रिटिस उपनिवेशबाट स्वतन्त्र

✰बेलायतले उपनिवेसहरूलाई बढी आर्थिक र राजनीतिक अधिकारहरू प्रदान गयो जसको फलस्वरूप बेलायतले क्यानडा,

अष्ट्रेलियालाई उदार व्यवहार गर्न थाल्यो ।

✰अमेरिकी स्वतन्त्रता सङ्ग्रामलाई आर्थिक सहयोग गर्नमा फ्रान्सले प्रशस्त सम्पत्ति खर्च गरेकोले फ्रान्समा आर्थिक संकट पर्न गयो र फ्रान्समा राज्यक्रान्ति हुन गयो

✰आयरल्याण्डका जनताहरू पनि यस स्वतन्त्रता स‌ग्रामका कारण लड्न प्रेरित भए र स्वतन्त्र पनि भए

✰यसरी नै अमेरिकी स्वतन्त्रता सङ्ग्रामको परिणामस्वरूप क्यानडा, अष्ट्रेलिया र भारत पनि स्वतन्त्र हुन सफल भए ।