❖ रोमको सभ्यता (Roman Civilization)
✰ पुरातात्विक स्रोतका अनुसार करिब ७५० ई.पू. मा युट्रस्कन जातिहरूले रोममा सभ्यताको विकास गरेको इतिहासविद्हरूको अनुसन्धानबाट पत्ता लागेको छ ।
✰ नगरराज्यको रूपमा रोमको विकास भएको थियो ।
✰ यस जातिका राजाहरूले दुई शताब्दीसम्म शासन सञ्चालन गरेका थिए ।
✰ सभ्य र सुसंस्कृत यो जातिको रोमको सभ्यता विकास हुनमा सबैभन्दा बढी योगदान थियो भन्न सकिन्छ ।
✰ ५०९ ई.पू. मारोभमा गणतन्त्रको स्थापना भएको थियो ।
✰ गणतन्त्र प्राप्त पछि शान्ति सुव्यवस्था कायम भई प्रगति हुनुका सट्टा रोमका दुई जातिहरू पोसियन प्लेवियनका बीचमा एक-अर्काप्रति घृणाको भावनाले उग्ररूप लिन गई लामो समयसम्म संघर्ष चल्यो ।
✰ यो संघर्ष कुलीन पेंट्रिसियनहरू निम्न वर्गका गरिब प्लेबियनहरू बीचको थियो। पेट्रोसियनहरू प्लेवियनहरूलाई घृणा गर्दथे । अन्त्यमा अधिकारपत्र बाइपाता (Twelve Table) जारी गरी दुवै बीचमा सम्झौता भई राष्ट्रिय एकता कायम भयो ।
✰ जुलियस सिजरको चार वर्षको शासनकालमा रोमन साम्राज्य ठूलो भू-भागमा फैलिएको थियो । यसबाट उत्साहित भएर राजा सिजरले म आएँ, मैले देखें, मैले विजय गरेँ' भनेका थिए।
✰ राजा सिजरकै नामबाट सम्राटका नामका पछाडि सिजर प्रयोग गर्न थालिएको थियो। १५ मार्च ४४ इ.पू. मा राजा सिजरलाई अधिनायकवादी भएको आरोपमा सिनेटभित्र हत्या गरियो। यिनको हत्यापछि अगस्ट अक्टाभियन अफ वाले ४४ वर्ष शासन सञ्चालन गरेका थिए, जुन समयलाई रोमको इतिहासमा स्वर्ण युगका नामले चिनिन्छ ।
❖प्राचीन रोमको शासन व्यवस्था
✰ प्रारम्भमा राजतन्त्रात्मक शासन व्यवस्था कायम भएता पनि युट्रस्कनहरूलाई त्यहाँबाट धपाएपछि गणतान्त्रिक शासन व्यवस्था कायम भएको थियो।
✰ रोममा पाँच सय वर्षसम्म रहेको गणतान्त्रिक शासन व्यवस्था सञ्चालनका निम्ति निम्न संघहरू सञ्चालन गरिएका थिए।
- नागरिक सभा (Assembly of Citizen)
- सिनेट (The Senate)
- सैनिक सङ्गठन (Army Organization)
- कन्सुल (Consul)
- डिक्टेटर (Dictators)
- प्रान्तीय स्वायत्त शासन (Provincial Self-government)
