❖ मेसोपोटामियाको सभ्यता (Mesopotamian Civilization)
✰ मेसोपोटामियाको सभ्यता हालको पूर्वी सिरियाको केही भाग र इराकको ठूलो भू-भागमा फैलिएको अनुमान गरिएको छ। ✰मिश्रको सभ्यता नील नदीको किनारमा विकसित भए झैँ मेसोपोटामियाको सभ्यता युफ्रेटस र टिग्रिस नदीको बीचमा विकसित भएको थियो।
✰ यहाँको उर्वर भूमिको लोभमा छिमेकी गरिब मुलुकहरूसँग विभिन्न समयमा विभिन्न प्रकारका घुसपैठ तथा युद्धहरू भै रहने गर्दथ्यो ।
✰ यस सभ्यतालाई प्रारम्भिक कृषिकाल, पूर्व सुमेरियनकाल, सुमेरियनकाल, बेबिलोनियन र असिरियन गरी पाँच कालखण्डमा विभाजिन गरिएको थियो ।
❖ प्रारम्भिक कृषिकाल (९००० देखि ६००० ई.पू. सम्म)
✰ ९००० इ.पू. देखि नै मेसोपोटामियामा जङ्गली गहुँ र जौको खेती गरिन्थ्यो भने कुकुर र भेडा, घरपालुवा जनावरको रूपमा
पाल्न थालिएको थियो।
✰ ७००० इ.पू. मा जार्मो भन्ने स्थानमा सबैभन्दा पुरानो बस्ती मानिएको मानव बस्ती बसेको थियो, त्यहाँका मानिसहरूले
सर्वप्रथम बीउ सङ्कल गरेर गहुँ उत्पादन गर्न थालेका थिए ।
✰ ६००० इ.पू. मा बेबोलोनदेखि पर्सियाको खाडी क्षेत्रमा बसोबास गरी हसुना संस्कृति (Hasuna Culture) को विकास
भएको थियो, जसको प्रभाव १ हजार वर्षसम्म कायम रहेको थियो।
❖ पूर्वसुमेरियनकाल (५००० देखि ३५०० ई.पू. सम्म)
✰५००० ई.पू. मा युबेडियन जातिले पहिलो पटक श्रमको विभाजन गरेका थिए ।
✰इरिडु भन्ने स्थानमा पहिलो पटक मन्दिर बनाइ पूजा पाठको प्रचलन गरेका थिए।
✰ ४००० ई.पू. मा टेपे गावरा भन्ने स्थानमा मन्दिर बनाइ त्यसै मन्दिरको ढाँचामा अन्य मन्दिरहरू पनि बनाइएको थियो ।
❖ सुमेरियनकाल (३५०० देखि १९०० ई.पू. सम्म)
✰ सुमेरियन (अर्थ कालो टाउका भएका मानिसहरू) हरू युफ्रेटस नदीको किनारामा जङ्गल-झाडी फाँडेर गहुँ र जौ को खेती
गरेका थिए ।
✰ खेती गर्न सहयोगी जनावरको रूपमा गधा र गोरु पाल्ने यिनीहरू शिल्पकलाका लागि प्रसिद्ध थिए ।
✰माटाका भाँडाकुडा बनाउनुका साथै सुन चाँदीका गरहना बनाउने र चित्रकला र मूर्तिकलामा पनि सिपालु थिए।
✰धातुको हलो बनाएर खेती गर्ने गर्दथे र क्युनिफोर्म (धारिलो वस्तुले लेखेको अक्षर) लिपिको विकास गरेका थिए।
✰सुरुमा चित्राङ्कित यिनीहरूको लिपि पछि शब्द र वाक्यको प्रयोग भएको थियो।
✰समयको गणना (६० सेकेण्डको १ मिनेट, ६० मिनेटको १ घण्टा), नयाँ चन्द्रमा उदयसँगै महिनाको प्रारम्भ २१ वर्षमा १२
महिना हुने कुराको निर्धारण गरेका थिए।
✰तोरणद्वार बनाउने कलाको थालनी, पाङ्ग्राको प्रयोग गरेर भाँडाकुडा बनाउने, रथ तथा बैलगाडाको प्रचलन यिनीहरूले गरेका
थिए।
✰२३३० ई.पू. मा अक्काडियन थरका सेमेटिक जातिले सुमेरियामाथि आक्रमण गरी आफ्नो प्रभुत्त्व कायम गरेका थिए।
❖ बेबिलोनियन साम्राज्य (१९०० देखि ५०० ई.पू. सम्म)
युना
✰सिरियाबाट आएका एमोराइटहरूले सुमेरियामा आक्रमण गरी आफ्नो राज्य कायम गराए पछि यस राज्यको नाम
बेबिलोनियाको नामबाट प्रसिद्ध भएको थियो ।
✰ हम्मुरावी नामका प्रसिद्ध शासकले बेबिलोनियाको एकीकरण गर्नुका साथै मुलुकमा शान्ति र समृद्धि पनि कायम गरेका
✰चिट्ठीपत्रलाई खामबन्दी गरी गोपनीयता कायम गर्ने प्रचलन पनि हम्बुरावीको पालादेखि प्रचलनमा आएको थियो।
✰सेमेटिक भाषामा लेखिएको हम्बुरानीको कानुन संहितामा ३६०० पंक्ति र २८५ धाराहरू थिए, जसमा व्यक्तिगत सम्पत्ति,
वाणिज्य र व्यापार, परिवार, अपराध र श्रम जस्ता अध्याय रहेका थिए ।
✰ चाल्डियन र मेडेस जातिको आक्रमणपछि असिरियन साम्राजय विभाजित भयो ।
✰ चाल्डियनहरूले बेबिलोनियाबाट शासन गर्न थालेका थिए ।
✰ चाल्डियन सम्राट नेबोपोलाजरका छोरा नेबुचाडनेजरले बेबिलोनिया सहरलाई सिँगारे र आफ्ना रानीका लागि भुल्ने बगैंचा
बनाउन लगाएका थिए, जसलाई संसारका सात आश्चर्यहरू मध्ये एक मानिन्छ ।
यनथिए ।
धार्मिक
