❖ सिन्धघाटीको सभ्यता (Indus Valley Civilization)
सिन्धघाटीको सभ्यता (Indus Valley Civilization)
✰ सिन्धघाटीको सभ्यताको प्रारम्भ ३००० इ.पू. मा भएको थियो ।
✰सन् १९२२ भन्दा अगाडि सिन्धघाटीको सभ्यताको बारेमा केही थाहा थिएन ।
✰ डा. राखलदास बन्दोपाध्यायले सिन्धको लरकना जिल्लाको मोहन्जोदडोको उत्खनन् गर्दा अनेक पुरातात्त्विक वस्तुहरू
फ़ेला परेका थिए ।
✰ दयाराम साहनीले सर जोन मार्शलको नेतृत्वमा पन्जावको मन्टगोमरी जिल्लाअन्तर्गत गर्ने हरप्पामा उत्खनन् गरेर Mahenjodaro संग मिल्दो जुल्दो वस्तुहरू फेला पारेपछि डा. व्हेलर र सर जोन मार्शलले सिन्धघाटीको सभ्यताको विस्तृत अध्ययन प्रारम्भ गरेका थिए ।
✰ अर्काबाट ४०० मिल टाढा रहेका छन् ।
✰ हरप्पा राभी नदीको किनारमा रहेको छ भने मोहन्जोलडो सिन्ध नदीको किनारमा अवस्थित छ ।
✰ यो दुवे स्थानहरू पाकिस्तानमा पर्दछन् ।
✰ प्राप्त पुरातात्त्विक वस्तुहरूको अध्ययनबाट सिन्धघाटीको सम्यतामा बढी प्राथमिकता भवन निर्माण र नगर योजनालाई दिएको पाइन्छ ।
✰ नगर योजनालाई भवन, सडक निर्माण, ढलनिकास र स्नानागार गरी तीन भागमा वर्णन गरिएको पाइन्छ ।
✰ पक्कि ढल्को, प्रयोग् सार्वजनिक स्नानघरको व्यवस्था, पौडी खेल्ने पोखरी, पोखरीको चारतिर विश्रामस्थल, खाद्य भण्डार, सभागृह आदिको व्यबस्था भवनको निर्माण भएबाट प्राचीन सिन्धघाटीको सभ्यता धेरै विकसित थियो भन्ने अनुमान लगाउन सकिन्छ।
❖ जीवन पद्धति
✰ सिलाएको लुगा लगाउने, प्रशस्त मात्रामा माछा, मासु, तरकारी र दूध दहीको प्रयोग गर्ने यिनीहरू देब्रे कुममा चादर राख्द थिए।
✰ धनी मानीहरू आफ्नो सुख सुविधाको लागि दासदासी राख्ने गर्दथे।
✰ धनी महिलाहरू सुन चाँदीका गहनाका साथै हात्तीका दाँत तथा अन्य बहुमुल्य धातुका गहना लगाउने गर्दथे भने गरिव परिवर महिलाहरू शङ्ख, बाँस, तामा, हाड र माटाका गहनाहरू लगाउने गर्दथे।
✰ महिला र पुरुषहरूमा कुनै भेदभाव थिएन, पुरुषहरू पनि महिलाहरू सरह गर-गहना लगाउने गर्दथे ।
✰ यिनीहरू नाचगान गरेर मनोरञ्जन गर्नुका साथै जुवा र पासा पनि खेल्ने गर्दथे।
✰ हातहतियार बनाउन सिपालु यिनीहरू शिकार खेल्ने तथा विभिन्न जनावरहरू जुधाएर मनोरञ्जन प्राप्त गर्दथे।
❖ आर्थिक अवस्था
✰ आर्थिक व्यवस्थाको प्रमुख स्रोतको रूपमा कृषि, व्यापार र उद्योग थिए।
✰ भेडा, बाखा, भैंसी, कुखुरा, हात्तीजस्ता घरेलु जनावरहरू मासु तथा दूधका लागि पाल्ने गरिन्थ्यो ।
✰ पित्तल तथा तामाका भाँडाकुडा तथा हस्तकलाका सामाग्री, सुन तथा चाँदीका गरगहना बनाउने पित्तलका मूर्तिहरू बनाउने
कपडाहरू बनाउने उद्योगहरू सञ्चालनमा थिए ।
✰ मोतीका माला र धातुका सामानहरू विदेश निर्यात गर्ने विनियमका माध्यमका रूपमा मुद्राको प्रयोग गर्ने र नापतौलको बारेमा एवं ज्ञान थियो ।
✰ विदेश सामान पठाउँदा विभिन्न देवी देवताको चिन्ह अकित छाप लगाउने प्रचलन पनि तत्कालिन समयमा रहेका अनुमान
भेटिएका २००० छापहरूबाट इतिहासविद्हरूले लगाएका छन् ।
❖ धार्मिक अवस्था
✰ शक्तिको उपासना गर्नुका साथै शिवको भक्ति गर्ने प्रचलन रहेको भएता पनि प्रमुखरूपमा प्रकृतिको पूजा गर्ने गर्दथे।
✰ तन्त्र, मन्त्र र भूतप्रेतमा विश्वास गर्नुका साथै धार्मिक उत्सवका रूपमा जुलुस, नाचगान गर्ने गर्दथे ।
✰ मृत व्यक्तिको शवलाई जलाउने र गाड्ने दुवै गरिन्थ्यो ।
