❖ सिन्धघाटीको सभ्यता (Indus Valley Civilization)


सिन्धघाटीको सभ्यता (Indus Valley Civilization)

सिन्धघाटीको सभ्यताको प्रारम्भ ३००० इ.पू. मा भएको थियो । 

सन् १९२२ भन्दा अगाडि सिन्धघाटीको सभ्यताको बारेमा केही थाहा थिएन । 

✰ डा. राखलदास बन्दोपाध्यायले सिन्धको लरकना जिल्लाको मोहन्जोदडोको उत्खनन् गर्दा अनेक पुरातात्त्विक वस्तुहरू

फ़ेला परेका थिए  । 

✰  दयाराम साहनीले सर जोन मार्शलको नेतृत्वमा पन्जावको मन्टगोमरी जिल्लाअन्तर्गत गर्ने हरप्पामा उत्खनन् गरेर Mahenjodaro  संग मिल्दो जुल्दो वस्तुहरू फेला पारेपछि डा. व्हेलर र सर जोन मार्शलले सिन्धघाटीको सभ्यताको विस्तृत अध्ययन प्रारम्भ गरेका थिए । 

✰ अर्काबाट ४०० मिल टाढा रहेका छन् । 

✰ हरप्पा राभी नदीको किनारमा रहेको छ भने मोहन्जोलडो सिन्ध नदीको किनारमा अवस्थित छ । 

 यो दुवे स्थानहरू पाकिस्तानमा पर्दछन् ।

✰ प्राप्त पुरातात्त्विक वस्तुहरूको अध्ययनबाट सिन्धघाटीको सम्यतामा बढी प्राथमिकता भवन निर्माण र नगर योजनालाई दिएको पाइन्छ  । 

✰  नगर योजनालाई भवन, सडक निर्माण, ढलनिकास र स्नानागार गरी तीन भागमा वर्णन गरिएको पाइन्छ   । 

✰ पक्कि ढल्कोप्रयोग्  सार्वजनिक स्नानघरको व्यवस्था, पौडी खेल्ने पोखरी, पोखरीको चारतिर विश्रामस्थल, खाद्य भण्डार, सभागृह आदिको व्यबस्था  भवनको निर्माण भएबाट प्राचीन सिन्धघाटीको सभ्यता धेरै विकसित थियो भन्ने अनुमान लगाउन सकिन्छ।

❖ जीवन पद्धति

✰ सिलाएको लुगा लगाउने, प्रशस्त मात्रामा माछा, मासु, तरकारी र दूध दहीको प्रयोग गर्ने यिनीहरू देब्रे कुममा चादर राख्द थिए

✰ धनी मानीहरू आफ्नो सुख सुविधाको लागि दासदासी राख्ने गर्दथे।

✰ धनी महिलाहरू सुन चाँदीका गहनाका साथै हात्तीका दाँत तथा अन्य बहुमुल्य धातुका गहना लगाउने गर्दथे भने गरिव परिवर महिलाहरू शङ्ख, बाँस, तामा, हाड र माटाका गहनाहरू लगाउने गर्दथे।

✰ महिला र पुरुषहरूमा कुनै भेदभाव थिएन, पुरुषहरू पनि महिलाहरू सरह गर-गहना लगाउने गर्दथे ।

✰ यिनीहरू नाचगान गरेर मनोरञ्जन गर्नुका साथै जुवा र पासा पनि खेल्ने गर्दथे।

✰ हातहतियार बनाउन सिपालु यिनीहरू शिकार खेल्ने तथा विभिन्न जनावरहरू जुधाएर मनोरञ्जन प्राप्त गर्दथे।

❖ आर्थिक अवस्था

✰ आर्थिक व्यवस्थाको प्रमुख स्रोतको रूपमा कृषि, व्यापार र उद्योग थिए।

✰ भेडा, बाखा, भैंसी, कुखुरा, हात्तीजस्ता घरेलु जनावरहरू मासु तथा दूधका लागि पाल्ने गरिन्थ्यो ।

✰ पित्तल तथा तामाका भाँडाकुडा तथा हस्तकलाका सामाग्री, सुन तथा चाँदीका गरगहना बनाउने पित्तलका मूर्तिहरू बनाउने

कपडाहरू बनाउने उद्योगहरू सञ्चालनमा थिए ।

✰ मोतीका माला र धातुका सामानहरू विदेश निर्यात गर्ने विनियमका माध्यमका रूपमा मुद्राको प्रयोग गर्ने र नापतौलको बारेमा एवं ज्ञान थियो ।

✰ विदेश सामान पठाउँदा विभिन्न देवी देवताको चिन्ह अकित छाप लगाउने प्रचलन पनि तत्कालिन समयमा रहेका अनुमान

भेटिएका २००० छापहरूबाट इतिहासविद्हरूले लगाएका छन् ।

❖ धार्मिक अवस्था

✰ शक्तिको उपासना गर्नुका साथै शिवको भक्ति गर्ने प्रचलन रहेको भएता पनि प्रमुखरूपमा प्रकृतिको पूजा गर्ने गर्दथे।

✰ तन्त्र, मन्त्र र भूतप्रेतमा विश्वास गर्नुका साथै धार्मिक उत्सवका रूपमा जुलुस, नाचगान गर्ने गर्दथे ।

✰ मृत व्यक्तिको शवलाई जलाउने र गाड्ने दुवै गरिन्थ्यो ।