❖ विश्वको इतिहास ( History of World )

₋ इतिहासका पिता (Father of History ) भनेर हरोडोटस (Herodotus) लाई भनिन्छ । 



यिनको जन्म ४८४ ईसापूर्वमा पर्सियन अम्पारको हेलिकानेंसस भन्ने ठाउँमा भएको थियो । 

 मृत्यु ४२५ इसापूर्वमा मेसेडोन राज्यको पेला भन्ने ठाउँमा भएको थियो । बिनो ग्रीक उद्भवका इतिहासकार थिए । 

✰ यिनले अफ्नो हिस्टोरिया पुस्तकमा इसापूर्व ४९० मा भएको ग्रेको पर्सियन युद्धवारे चर्चा गरेका थिए ।

  • Father of Modern History: William Stubbs
  • Father of Indian History: Megasthenes (Greek), he was the first foreigen ambessador to India.

✰ पृथ्वीको उत्पत्ति पश्चात प्राणी विकासको क्रममा धेरै क्रमहरू पार गरेर मानव जाति वर्तमान अवस्थामा आई पुगेको पाइन्छ।✰ जगली युगमा मानिसका आवश्यकताहरू वनका कन्दमुल तथा जनावरहरूको मासु खाएर र छालालाई कपडाको रूपमा प्रयोग गरेर हुन्थे । 

✰ समयसँग-सँगै मानिसका आवश्यकता तथा आकांक्षाहरू पनि बढ्दै जाने क्रममा विभिन्न प्रकारका सभ्यताहरूको विकास हुँदै गए। 

✰ अरू प्राणीहरूबाट आफ्नो रक्षा गर्न हातहतियारको विकास भयो भने आवश्यकता परिपूर्तिका लागि विभिन्न सामग्रीको आविश्कार हुनुका साथै कला र संस्कृतिको विकास पनि हुँदै गएको पाइन्छ । 

✰ विश्वका प्राचीन सभ्यताका केही अवशेषमात्र हाम्रो सामु रहेका छन् भने बाँकी पुरातत्त्वविद्हरूले धेरै खोज र अनुसन्धान पश्चात पत्ता लगाएका तथ्यको आधारमा इतिहासको अध्ययन गर्ने गरिन्छ । 

✰ धेरै जसो प्राचीन सभ्यताहरू नदी किनारका उर्वर भूमिका विकसित भएको पाइन्छ।