❖ युनानी सभ्यता (Greek Civilization)
✰ युनानी सभ्यताको विकास युरोपमा भएको पाइन्छ।
✰ हेलनिकका नामले चिनिने युयान युरोपको दक्षिणपूर्वी र भूमध्यसागरको उत्तरी भागमा अवस्थित थियो ।
✰ प्राचीन युगमा युनानलाई पहिलो एसिया माइनरको पश्चिमी किनार, दोस्रो एजियन सागरको यपुर तेस्रो युनानको मूलभूमि गरी ३ भागमा विभाजन भएको थियो ।
✰ कृषियोग्य उर्वर भूमि कम भएको यस स्थानका मुख्य आयस्रोत व्यापार रहेको पाइन्छ।
✰व्यापारको सिलसिलामा सामुद्रिक यात्रा गर्दा यिनीहरूले विभिन्न उपनिवेशहरूको स्थापना गरेका थिए।
✰ युनानको सभ्यताको मुख्य विशेषता नगरराज्यको विकास थियो ।
✰ प्रमुख नगरको रूपमा एथेन्स, थेब्स, मेगारा, स्यायं, कोरिन्थ थिए।
✰ यी राज्यहरू पूर्णतः एकअकाबाट स्वतन्त्र थिए। प्रत्येक राज्यमा जनताका प्रत्यक्ष सहभागिता थियो ।
✰ नगरराज्यमा राजाको काम धार्मिक कार्य गर्नु मात्र थियो ।
✰ युयानीहरू आफूलाई प्राचीन वंश हेलेनका सन्तान ठान्दथे। सबै नगरराज्यका युनानीहरू एउटै भाषाको प्रयोग गर्दथे।
✰ युयानीहरू आकाशका देवता जेयुस, जियुसका छोरा सूर्यदेव एपोलो, समुद्रका देवता पोसेडन र सहरकी देवी एथेनाको उपासना गर्ने गर्दथे।
✰ सबै मिलेर सार्वजनिक समारोह तथा चाडपर्वहरू मनाउने गर्दथे ।
✰ जेयुसको सम्मानमा प्रयेक चार-चार वर्षमा ओलम्पियामा हुने खेलकुद र मनोरञ्जनमा सबै युनानीहरू सामेल हुन्थे र बिजेता खेलाडीलाई सम्मानस्वरूप जैतुनको माला पहिन्याउने प्रचलन रहेको थियो ।
✰ नगरराज्यहरूको आपसी संघर्ष र द्वन्द्वले गर्दा ३२३ ई.पू. मा एलेक्जेन्डर महानको निधन पछि युनानी साम्राज्यको पनि पतन भएको मानिन्छ।
❖ एलेक्जेन्डरको युनानी साम्राज्य
✰युनानको उत्तरी राज्य मेसेडोनका राजा फिलिपले स्पार्टाबाहेक अरू सबै राज्यमाथि आफ्नो प्रभूत्व जमाएका थिए ।
✰ राजा पिलिपका छोरा अलेक्जेण्डर बालक अवस्थामा नै आफ्ना पिताले सबै राज्य जितेको र आफ्नो भागमा कुनै राज्य जित्न बाँकी नहरेको कुरालाई लिएर रोएका थिए भन्ने भनाइ छ ।
✰ ई.पू. ३३६ मा राजा फिलिपको हत्या भएपछि बीस वर्षको उमेरमा राजा भएका अलेक्जेण्डरले राजा भएको केही समय
पश्चात नै विश्वविजयको चलाएका थिए।
✰राजा भएको १० वर्षसम्ममा यिनले युनान, मिश्र, सिरिया, मेसोपोद्यमिया हुँदै भारत प्रवेश गर्ने क्रममा सिन्धघाँटीमा आक्रमण गरेका थिए।
✰बारम्बारको युद्धको कारणले थाकिसकेका यिनको सिन्धुघाटीबाट फर्केने क्रममा बाटमा बिरामी परी निधन भएको थियो। ✰ यिनको निधन पछि युनान पूर्णरूपमा विभाजित भएको थियो ।
❖ एथेन्सको प्रजातन्त्र
✰ प्राचीन युनानको एथेन्समा प्रजातान्त्रिक (लोकतान्त्रिक) व्यवस्था कायम थियो ।
✰यस नगरका लागि पहिलो पटक ड्राकोले लिखित कनुन् तयार गरेका थिए भने प्रजातान्त्रिक संविधान दिने पहिलो व्यक्ति सोलन थिए।
✰ यिनको संविधानले कुनै पनि व्यक्तिलाई आर्थिक कारणले दास बनाउन नपाइने र त्यसरी दास बनाइएका व्यक्तिलाई स्वतन्त्र गर्नु पर्ने स्पष्ट निर्देशन दिएको थियो ।
✰ गरिबहरूलाई पनि एसेम्बलीमा भाग लिन पाउने भएता पनि उच्च सरकारी पदाधिकारीहरूको निर्वाचन गर्ने अधिकार भने दिइएको थिएन।
✰ धनी र गरिबका बीचमा भेदभावपूर्ण रहेको यस संविधानबाट सबै जनतालाई समेट्न नसकिएको कारणले क्लेस्थनिजले अर्को संविधानको निर्माण गरेका थिए, जसमा सबै नागरिकलाई समानै अधिकार प्राप्त थिए। त्यसैले क्लेस्थनिजलाई प्रजातन्त्रका पिता मानिन्छ।
✰ प्रजातान्त्रिक संविधान लागू गराउन विशेष योगदान पेरिक्लिजको थियो।
✰ यिनले एथेन्सलाई यति समृद्ध र सुखी बनाए कि जसको कारणले उनको युगलाई स्वर्णयुगका नामले चिनिन्छ ।
✰ सैनिक व्यवस्था पनि पूर्ण प्रजातान्त्रिक थियो । युद्धको सूचना पाउनासाथ सबै युवाहरू हातहतियार उठाएर युद्धमा जान तयार हुन्थे ।
✰ कुनै पनि कुराको अन्तिम निर्णय बहुमतद्वारा गर्ने गरिन्थ्यो । जसले गर्दा कुनै न्यायाधीशले कसैको पक्षमा लाग्न पाउदैनथ्यो।
➖❖कला, साहित्य तथा ज्ञान विज्ञान ➖
✰ प्राचीन युनानमा कला तथा साहित्यको राम्रो विकास भएको थियो।
✰ओलम्पियामा बनाइएको देउताका राजा जियसको मूर्ति विश्वका सात आश्चर्य मध्ये एक मानिन्छ ।
✰चित्रकला, वास्तुकला, मूर्तिकलाको पूर्ण विकास भएको थियो। इतिहास लेखनको प्रारम्भ पनि युनानबाट ने भएको पाइन्छ।✰हिस्ट्री शब्दको उत्पत्ति युनानी भाषाको हिस्टोरिया (Historia) बाट भएको हो।
✰ युनानी भाषामा हिस्टारियाको अर्थ सत्यक खोजी गर्नु हो ।
✰ सत्यको खोजी गर्ने क्रममा युनानका नागरिक हेरोडोटसले एजियन सागरदेखि कृष्णसागर र मिश्रदेखि पर्सियासम्मको भ्रमण गरेर पर्सिया युद्ध (Persian Wars) नामक पहिलो इतिहासको पुस्तक लेखेका थिए।
✰जुन पुस्तकमा सामाजिक, आर्थिक र धर्मिक् चर्चा गरिएको थियो ।
✰हेरोडोटसलाई इतिहासका पिता भनेर सम्मान गर्ने गरिन्छ।
✰इतिहास लेखनका क्षेत्रमा उल्लेख योगदान लिएका थ्युसिडाइडिजलाई वैज्ञानिक इतिहासका पिता मानिन्छ ।
✰ साहित्यका क्षेत्रमा महाकवि होमरको योगदान अतुलनीय मानिन्छ उनले रचना गरेका महाकाव्य इलियड र ओडेसीको तुलना रामायण र महाभारतसँग गर्ने गरिन्छ ।
✰ सेफो युनानकी पहिलो कवयत्री थिइन ।
