❖ युनानी सभ्यता (Greek Civilization)


युनानी सभ्यताको विकास युरोपमा भएको पाइन्छ।

  हेलनिकका नामले चिनिने युयान युरोपको दक्षिणपूर्वी र भूमध्यसागरको उत्तरी भागमा अवस्थित थियो । 

 प्राचीन युगमा युनानलाई पहिलो एसिया माइनरको पश्चिमी किनार, दोस्रो एजियन सागरको यपुर तेस्रो युनानको मूलभूमि  गरी ३ भागमा विभाजन भएको थियो ।

✰ कृषियोग्य उर्वर भूमि कम भएको यस स्थानका मुख्य आयस्रोत व्यापार रहेको पाइन्छ। 

व्यापारको सिलसिलामा सामुद्रिक यात्रा गर्दा यिनीहरूले विभिन्न उपनिवेशहरूको स्थापना गरेका थिए।

✰ युनानको सभ्यताको मुख्य विशेषता नगरराज्यको विकास थियो । 

✰ प्रमुख नगरको रूपमा एथेन्स, थेब्स, मेगारा, स्यायं, कोरिन्थ थिए। 

✰ यी राज्यहरू पूर्णतः एकअकाबाट स्वतन्त्र थिए। प्रत्येक राज्यमा जनताका प्रत्यक्ष सहभागिता थियो । 

✰ नगरराज्यमा राजाको काम धार्मिक कार्य गर्नु मात्र थियो । 

✰ युयानीहरू आफूलाई प्राचीन वंश हेलेनका सन्तान ठान्दथे। सबै नगरराज्यका युनानीहरू एउटै भाषाको प्रयोग गर्दथे।

✰ युयानीहरू आकाशका देवता जेयुस, जियुसका छोरा सूर्यदेव एपोलो, समुद्रका देवता पोसेडन र सहरकी देवी एथेनाको उपासना गर्ने गर्दथे।

✰ सबै मिलेर सार्वजनिक समारोह तथा चाडपर्वहरू मनाउने गर्दथे । 

✰ जेयुसको सम्मानमा प्रयेक चार-चार वर्षमा ओलम्पियामा हुने खेलकुद र मनोरञ्जनमा सबै युनानीहरू सामेल हुन्थे र बिजेता खेलाडीलाई सम्मानस्वरूप जैतुनको माला पहिन्याउने प्रचलन रहेको थियो ।

✰ नगरराज्यहरूको आपसी संघर्ष र द्वन्द्वले गर्दा ३२३ ई.पू. मा एलेक्जेन्डर महानको निधन पछि युनानी साम्राज्यको पनि पतन भएको मानिन्छ।

❖ एलेक्जेन्डरको युनानी साम्राज्य

युनानको उत्तरी राज्य मेसेडोनका राजा फिलिपले स्पार्टाबाहेक अरू सबै राज्यमाथि आफ्नो प्रभूत्व जमाएका थिए । 

✰ राजा पिलिप​का छोरा अलेक्जेण्डर बालक अवस्थामा नै आफ्ना पिताले सबै राज्य जितेको र आफ्नो भागमा कुनै राज्य जित्न​ बाँकी नहरेको कुरालाई लिएर रोएका थिए भन्ने भनाइ छ । 

✰ ई.पू. ३३६ मा राजा फिलिपको हत्या भएपछि बीस वर्षको उमेरमा राजा भएका अलेक्जेण्डरले राजा भएको केही समय

पश्चात नै विश्वविजयको चलाएका थिए। 

राजा भएको १० वर्षसम्ममा यिनले युनान, मिश्र, सिरिया, मेसोपोद्यमिया हुँदै भारत प्रवेश गर्ने क्रममा सिन्धघाँटीमा आक्रमण गरेका थिए। 

बारम्बारको युद्धको कारणले थाकिसकेका यिनको सिन्धुघाटीबाट फर्केने क्रममा बाटमा बिरामी परी निधन भएको थियो। ✰ यिनको निधन पछि युनान पूर्णरूपमा विभाजित भएको थियो ।

❖ एथेन्सको प्रजातन्त्र

 ✰ प्राचीन युनानको एथेन्समा प्रजातान्त्रिक (लोकतान्त्रिक) व्यवस्था कायम थियो । 

 यस नगरका लागि पहिलो पटक ड्राकोले लिखित कनुन् तयार गरेका थिए भने प्रजातान्त्रिक संविधान दिने पहिलो व्यक्ति सोलन थिए।

  यिनको संविधानले कुनै पनि व्यक्तिलाई आर्थिक कारणले दास बनाउन नपाइने र त्यसरी दास बनाइएका व्यक्तिलाई स्वतन्त्र गर्नु पर्ने स्पष्ट निर्देशन दिएको थियो ।

  गरिबहरूलाई पनि एसेम्बलीमा भाग लिन पाउने भएता पनि उच्च सरकारी पदाधिकारीहरूको निर्वाचन गर्ने अधिकार भने दिइएको थिएन। 

✰ धनी र गरिबका बीचमा भेदभावपूर्ण रहेको यस संविधानबाट सबै जनतालाई समेट्न नसकिएको कारणले क्लेस्थनिजले अर्को संविधानको निर्माण गरेका थिए, जसमा सबै नागरिकलाई समानै अधिकार प्राप्त थिए। त्यसैले क्लेस्थनिजलाई प्रजातन्त्रका पिता मानिन्छ।

✰ प्रजातान्त्रिक संविधान लागू गराउन विशेष योगदान पेरिक्लिजको थियो।

 यिनले एथेन्सलाई यति समृद्ध र सुखी बनाए कि जसको कारणले उनको युगलाई स्वर्णयुगका नामले चिनिन्छ । 

✰ सैनिक व्यवस्था पनि पूर्ण प्रजातान्त्रिक थियो । युद्धको सूचना पाउनासाथ सबै युवाहरू हातहतियार उठाएर युद्धमा जान तयार हुन्थे ।

✰ कुनै पनि कुराको अन्तिम निर्णय बहुमतद्वारा गर्ने गरिन्थ्यो । जसले गर्दा कुनै न्यायाधीशले कसैको पक्षमा लाग्न पाउदैनथ्यो।

➖❖कला, साहित्य तथा ज्ञान विज्ञान 

✰ प्राचीन युनानमा कला तथा साहित्यको राम्रो विकास भएको थियो। 

ओलम्पियामा बनाइएको देउताका राजा जियसको मूर्ति विश्वका सात आश्चर्य मध्ये एक मानिन्छ । 

चित्रकला, वास्तुकला, मूर्तिकलाको पूर्ण विकास भएको थियो। इतिहास लेखनको प्रारम्भ पनि युनानबाट ने भएको पाइन्छ।हिस्ट्री शब्दको उत्पत्ति युनानी भाषाको हिस्टोरिया (Historia) बाट भएको हो। 

✰ युनानी भाषामा हिस्टारियाको अर्थ सत्यक खोजी गर्नु हो ।

 सत्यको खोजी गर्ने क्रममा युनानका नागरिक हेरोडोटसले एजियन सागरदेखि कृष्णसागर र मिश्रदेखि पर्सियासम्मको भ्रमण गरेर पर्सिया युद्ध (Persian Wars) नामक पहिलो इतिहासको पुस्तक लेखेका थिए। 

जुन पुस्तकमा सामाजिक, आर्थिक र धर्मिक् चर्चा गरिएको थियो । 

हेरोडोटसलाई इतिहासका पिता भनेर सम्मान गर्ने गरिन्छ। 

इतिहास लेखनका क्षेत्रमा उल्लेख योगदान लिएका थ्युसिडाइडिजलाई वैज्ञानिक इतिहासका पिता मानिन्छ ।

 साहित्यका क्षेत्रमा महाकवि होमरको योगदान अतुलनीय मानिन्छ उनले रचना गरेका महाकाव्य इलियड र ओडेसीको तुलना रामायण र महाभारतसँग गर्ने गरिन्छ ।

  सेफो युनानकी पहिलो कवयत्री थिइन  ।