❖ GATT

 ☆ GATT को पुरा रुप के हो ?

→General Agreement on Tariffs and Trade (GATT)

 ☆ GATT को स्थापनाका लागि कहिले हस्ताक्षर भएको थियो ?

सन् १९४७ अक्यबर ३० (२३ राष्ट्रले हस्ताक्षर गरेका)

 ☆ GATT के हो ?

→व्यापार सहयोगका लागि १९४८ जनवरी १ मा स्थापना गरिएको संस्था

 ☆ GATT लाई WTO कहिलेदेखि नामाकरण गरियो ?

सन् १९९५ जनवरी १ देखि

 ☆ GATT मा नेपाल कुन रुपमा सहभागी हुँदै आएको थियो ?

→पर्यवेक्षक

नेपालले वि.सं. २०४६ वैशाख २१ को निर्णय अनुसार (GATT) को सदस्यताका लागि सन् १९८९ मे १६ मा निवेदन गरेको  थियो । 

 सो अनुसार GAIT ले सन् १९९२ जुन १५ मा नेपाललाई पर्यवेक्षकको हैसियत प्रदान गरेको थियो ।

  GATT तुरुन्तै WTO मा परिणत हुन लागेकोले त्यसपछि नेपालले GAIT को सदस्यताका लागि खासै ध्यान पहल गरेन ।

 वि.सं. २०५३/९/१५ मा नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भए अनुसार नेपालले सन् १९९५ डिसेम्बर ५ मा WTO को सदस्यताका लागि आवदेन गरेको थियो।

  सन् २००३ सेप्टेम्बर महिनामा मेक्सिकोको क्यानकुनमा भएको WTO को पाँचौ मन्त्रिस्तरीय बैठकले नेपाल र कम्बो डियालाई सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो ।

❖ GATT लाई विश्व व्यापार संगठन (WTO)मा रुपान्तरण गर्ने निम्न राउन्डहरु महत्वपूर्ण रहे

१. जेनेभा राउन्ड (Geneva Round)

  • सन् १९४७ मा भएको थियो । २३ देश सहभागी रहेका

२. एनीसी राउन्ड (Annecy Round)

  • सन् १९४९ मा भएको थियो। ३४ देश सहभागी रहेका

३. Torquay राउन्ड

  • सन् १९५० मा भएको थियो। ३४ देश सहभागी रहेका

४. दोस्रो जेनेभा राउन्ड

  • सन् १९५६ मा भएको थियो। २२ देश सहभागी रहेका ।

५. डिलन राउन्ड (Dillon Round)

  • सन् १९६० मा भएको थियो। ४५ देश सहभागी रहेका

६. केनेडी राउन्ड (Kennedy Round):

  • सन् १९६४ मा भएको थियो। ४८ देश सहभागी रहेका

७. टोकियो राउन्ड (Tokyo Round)

  • सन् १९७३ मा भएको थियो। १०३ देश सहभागी रहेका ।

८. उरुग्वे राउन्ड

  • सन् १९८६ मा भएको थियो। १२३ देश सहभागी रहेका ।