❖ मिश्रको सभ्यता (Egyption Civilization)



✰ विश्वको सबैभन्दा पुरानो सभ्यता मिश्रको सभ्यतालाई मानिन्छ । 

यो सभ्यता नील नदीको किनारमा विकसित भएको थियो, जुन मध्य अफ्रिकाबाट निस्केर उत्तरतर्फ बगेको छ। 

नील नदीले थुपारेको उबर माटोमा प्रशस्त अन्न उत्पादन हुने हुनाले त्यहाँका मानिसले बाँकी समय कला र संस्कृतिमा लगाएको अनुमान इतिहास विद्हरूको छ । 

✰ इतिहासका पिता हेरोडोट्र्सले मिश्रको सभ्यतालाई नील नदीको उपहार भनेका थिए। 

✰ प्रशासन, कला, संस्कृति, भाषा साहित्य तथा सामाजिक विकासका क्षेत्रमा विश्वमा सबैभन्दा पहिला विकास गर्न सक्षम मिश्रको भ्यतालाई पिरामिडको युगका नामले पनि चिन्ने गरिन्छ।

 समृद्धि र उन्नतिको युगका नामले चिनिने पिरामिडको युग ३४००-२५०० इ.पू. म्मलाई मान्ने गरिएको पाइन्छ।

✰ प्रचीन मिश्रमा सबैभन्दा पहिला देवगणले राज्य सञ्चालन गरेको किंवदन्ति रहेको पाइन्छ। 

✰ देवगणकी पत्नी नै मिश्रको पहिलो महिला थीइन्। 

✰ निरङ्कुश राजतन्त्रमा आधारित राज्य व्यवस्था भएको यस सभ्यतामा राजाको दैवी अधिकारमा विश्वास गरिन्थ्यो । 

✰ राजालाई फराहबाट सम्बोधन गर्ने त्यस सभ्यतामा फराहको काम कानुन बनाउने, त्यसको पालना गर्न लगाउने, विवाद समाधान गर्न न्यायाधीशको भूमिका निर्वाह गर्ने, सेनाको नेतृत्व गर्ने, सिँचाइको व्यवस्था गर्ने, धार्मिक कार्यको दिन तोकने र कर संकलन् भए काम गर्ने गर्दथे।

फराहहरु आफ्नै दिदी बहिनीहरूसँग राजपरिवारमा विद्रोह नहुने विश्वासमा विवाह गर्ने गर्दथे । 

पुरोहितले तत्कालीन फराहको सल्लाहकारको यसरी जुनसुकै स्थानमा फराह पुगे पनि पुरोहित सँगसँग पुग्ने गर्दथे ।

✰ युद्धको समयमा स्थानीय तहबाट नै सेना जम्मा गर्ने गरिन्थ्यो । 

जसको नेतृत्व स्थानीयस्तरमा नै हुने गर्दथ्यो । '

शान्तिसँग बसी र अरुलाई पनि बस्न देऔं' भन्ने सिद्धान्तमा आधारित तत्कालीन समयमा सेनाको प्रयोग प्रायजसो सार्वजनिक कार्यमा गर्ने गरिन्थ्यो।

✰ ३४०० इ.पू. मा मेनिज नाम गरेका राजाले मिश्रको एकीकरण गरेर मेम्फिस नामको राजधानी बनाएका थिए।

✰  राजा वा उच्च वर्गका मानिसहरूको मृत्यु भएमा ढुङ्गाको ठूलो पिरामिडभित्र राखिन्थ्यो । 

✰ यसरी मिश्रमा धेरै पिरामिडहरू बनी पिरामिडको सहर बन्न गएको  थिए। 

✰ जुन यद्यपि अवशेषको रूपमा हेर्न वर्षेनी धेरै पर्यटकहरू पुग्ने गर्दछन् ।

✰ सबैभन्दा ठूलो पिरामिड गिजाको पिरामिड बनाउन १ लाख मानिसलाई २० वर्ष लागेको थियो । यहाँको स्फिनिक्सको मूर्ति विश्वकै उत्कृष्ट मूर्तिकला मानिन्छ।

❖ प्राचीन मिश्रको सामाजिक अवस्था

✰ समाजलाई पहिलो वर्गमा राजपरिवार, दोस्रो वर्गमा सामन्त, तेस्रो वर्गमा पूजारी, चौथो वर्गमा मध्यम र पाँच वर्गमा दास गरी ५ वर्गमा विभाजित गरिएको थियो।

✰ पहिला ३ वर्गको जीवन सुविधा प्राप्त वर्गमा पर्दथ्यो भने दासहरूको जीवन अत्यन्तै कष्टकर हुन्थ्यो ।

दासहरूले उच्च वर्गको नियन्त्रणमा रहेर पशुवत जीवन व्यतीत गर्नु पर्दथ्यो।

उच्च वर्ग (फराह) मा बहुविवाह व्याप्त थियो भने अन्य वर्गमा एक विवाह नै हुने गर्दथ्यो।

✰ समाजमा वेश्यावृत्ति र व्यभिचारलाई निन्दनीय ठानिन्थ्यो ।

✰ मनोरञ्जनका लागि नर्तकीहरू विभिन्न भेषभूषा तथा बहुमुल्य गरगहना लगाएर नाच्ने गर्दथे।

❖ प्राचीन मिश्रमा महिलाको स्थान

✰ नारीहरू पनि पुरुषसरह राजगद्दीको उत्तराधिकारी हुने हुनाले त्यस समयमा नारीको स्थान उच्च भएको अनुमान गर्न सकिन्छ।

✰ वरले विवाहको विधि सम्पन्न गर्दा कन्याले भनेको मान्नेछु भनी प्रतिज्ञा गर्नुपर्दथ्यो ।

✰ पैतृक सम्पत्तिमा महिलाको पनि समान अधिकार रहेको थियो।

✰  हजुरआमा तथा आमाको नाममा सन्तानको थर राख्ने गरिथ्यो।

✰ पिताको भन्दा आमाको नाम बढी गर्वका साथ लिने गरिन्थ्यो।

❖ प्राचीन मिश्रमा धर्म

✰ मिश्रमा सूर्य र नील नदीलाई देवताको प्रतीकको रूपमा पूजा गर्ने गरिन्थ्यो ।

✰  सूर्यलाई 'रे एमन' भनी पूजा आजा गर्ने प्रचलन थियो ।

✰ पूजारीहरू राजा (फराह) का विशेष सल्लाहकारका रूपमा रहने हुनाले यिनीहरू शक्तिशाली हुन्थे।

✰ पूजारीहरूले न्यायाधीशको समेत काम गर्दथे।

✰ न्याय दिलाउने स्थान मन्दिरको प्राङ्गण वा ढोकाहरू हुने गर्दथे।

❖ प्राचीन मिश्रमा शिक्षा

✰ चित्राक्षर लिपि (हायरोग्लिफिक) को विकास सर्वप्रथम मिश्रबाट भएको थियो ।

✰ मन्दिर तथा पिरामिडहरूमा यस्ता लिपि लेख्ने गरिएको थियो।

✰ आठौं शताब्दी इ.पू. मा बोलचालको भाषालाई छिट्टै लिपिबद्ध गर्नका लागि डेमोटिक लिपिको विकास भएको थियो।

✰ डेमोटिक लिपिलाई हाल 'सर्ट ह्याण्डका नामले चिन्ने गरिन्छ।

✰ कागज, कलम र मसीको आविश्कार पनि सर्वप्रथम मिश्रमा नै भएको थियो।

✰ कागज र कलम बनाउन प्रयोग हुने वनस्पतिलाई तत्कालीन समयमा 'पेपिरस' भन्ने गरिन्थ्यो, जसबाट नै पेपर भएको अनुमान गरिन्छ। 

✰ बासको नालबाट लेख्ने कलम बनाइन्थ्यो भने रुखको बोक्राबाट रस निकालेर मसीको रूपमा प्रयोग गरिन्थ्यो।

✰ फराहको सुरक्षाका लागि दरबारमा विभिन्न क्षेत्रका चिकित्सकहरू रहने र उनीहरू हाड जोड्न, दाँत र पेटको रोगको उपचार गर्न शल्यक्रिया गर्न निपुण हुन्थे ।

✰ मिश्रवासीहरूमा जोड़, घटाउ र भाग ज्ञान थियो भने गुणा, शून्य र दशमलव पद्धतिको ज्ञान भने थिएन।

✰ बृहस्पति, बुध, शुक्र, मङ्गल र शनि गरी ५ ग्रहको ज्ञान यिनीहरूलाई थियो ।

✰  नील नदीमा आउने बाढीको आधारमा पात्रो बनाएका थिए, जसमा चन्द्रमालाई मुख्य आधार बनाइएको थियो। 

✰ ३६५ दिनको १ वर्ष मानिन्थ्यो ।

❖ प्राचीन मिश्रमा भाषा तथा साहित्य

 तत्कालीन साहित्यमा धर्म तथा नैतिकताको प्रभाव परेको थियो ।

 साहित्यले मानिसलाई धार्मिक तथा नैतिकवान बन्न प्रेरित गर्दथ्यो ।

✰ बोल्न​ सक्ने किसानको अपिल, ढोकाको पुस्तक, मृतकको पुस्तक, कफन ग्रन्थ आदि तत्कालीन केही ग्रन्थहरू हुन्।

 इतिहासका पुस्तकहरू वंशावलीका रूपमा हुन्थे ।

मन्दिर तथा पिरामिडमा रहेका चित्रहरूले तत्कालीन समयका विभिन्न पक्षको जानकारी दिने पुस्तकको रूपमा काम गर्दछन्।

✰ मिश्रको लिपिमा स्वरचिन्ह हुँदैनथ्यो ।

❖ प्राचीन मिश्रको आर्थिक अवस्था

✰ प्रमुख आयस्रोत कृषि थियो ।

✰ गहुँ, जौ, मटर, सर्सिउँ, जैतुन, खजुर, फ्लेक्स, अङ्गुर आदि उत्पादन गर्ने गरिन्थ्यो।

✰ गाई, गोरु, गधा, भेडा, बाख्रा, कुखुरा पाल्ने तथा माछा मार्ने र पशुपंक्षीको शिकार गर्ने जस्ता कार्य गरी उपभोग्य सामान उपलब्ध गर्ने तथा आय आर्जन गर्ने गरिन्थ्यो ।

✰ तामाका हातहतियार बनाउने, डुङ्गा बनाउने, कपडा बुन्ने, ढुङ्गा, ग्रेनाइट र मार्बलको प्रयोग गरी घर, दरबार, मन्दिर तथा पिरामिड बनाउने जस्ता कार्यमा उनीहरू कुशल थिए ।

✰ सुन र चाँदीका गहना बनाउनुका साथै धनी वर्गका मानिसहरूले निलो हिराको प्रयोग गर्ने गर्दथे।

✰  नहरको डिजाइन तथा मेसिन बनाउने कार्य भएबाट मिश्रमा इन्जिनियर र मेकानिक्सहरू पनि रहेका थिए भन्ने अनुमान गरिन्छ।

✰ व्यापारमा सामान साटासाट गर्ने बिनिमय प्रणाली (Barter System) कायम थियो ।