❖ रूसको इतिहास
✰ पहिला रूसमा अत्याचारी राजा जारको शासन थियो ।
✰ सन् १९१७ मा भएको बोल्सेभिक क्रान्तिको परिणाम स्वरूप जार शासन धारासायी भइ भ्लादिमिर लेनिनको नेतृत्वमा साम्यवादको स्थापना भयो ।
✰सन् १९२९ मा विश्वमा पहिलो पटक कार्यान्वयन गरिएको "पपतिलेका नामले पञ्चवर्षीय योजनाले रूसको अर्थतन्त्र सुदृढ बनायो ।
✰ द्वितीय विश्वयुद्धपछि रूसले विश्वको एक प्रमुख शक्तिका रूपमा आफ्न स्थान् बनाएको छ ।
✰लेनिनपश्चात् स्टालिन, खुश्चेभ, लियोनिद ब्रेकनेभ, पोदगोनी, युरी आन्द्रोपोभ, कन्स्टेन्टीन चेर्नेन्को, मिखाइल गार्वचोभ
✰ वेरिस् यल्त्सीनको शासनकालमा सन् १९९१ को डिसेम्बरमा सोभियत संघको विगठन भई १५ वटा साना-ठूला देशहरू बने र ठूलादेशक रसिया फेडेरेशन कायम रह्यो
❖रुसी/अक्टोबर क्रान्ति
✰रुसी/अक्टोबर क्रान्ति आधुनिककालमा भएको थियो ।
✰रुसमा निरङ्कुश जार शाहीहरूको शासन थियो।
✰सन् १९१७ मा रुसी राज्यक्रान्ति भएको थियो ।
✰निकोलश द्वितीयको शासनकालमा रुसी क्रान्ति भएको थियो ।
✰निकोलश द्वितीयले १५ मार्च १९१७ मा पद त्याग गरेका थिए ।
✰रुसको विधानसभाको नाम डुमा थियो।
✰सन् १९१७ मार्च १५ मा जार शासनको अन्त्य भएको थियो ।
✰बोल्सेभिक सरकारले सन् १९१८ मा नयाँ संविधानको निर्माण गरेको थियो ।
✰ अक्टोबर क्रान्तिपछि सरकार बिरोधी मानिएका १३ हजार जतिलाई फाँसीको सजाय दिइएको थियो। यस घटनालाई लाल आतङक (Red Terror ) भनिन्छ ।
✰ रुसका राजालाई जार भनिन्थ्यो भने महारानीलाई जरिना भनिन्थ्यो
❖ रूसको क्रान्तिका कारणहरू
✰निरङ्कुश शासन प्रणाली
✰विधानसभा (ड्युमा) प्रति असन्तोष
✰जापानसँग युद्ध हार्नु
✰औद्योगिक क्रान्ति
✰जनचेतनाको विकास
✰भेदभावपूर्ण समाज
✰अल्पसंख्यक जातिको विरोध
✰सन् १९०५ को क्रान्तिको अनुभव
✰प्रथम विश्वयुद्ध
✰राजाको अयोग्यता
❖ रूसी क्रान्तिका परिणामहरू
✰सर्वहारावर्गको अधिनायकत्वको स्थापना
✰आर्थिक समानताको स्थापना
✰साम्यवादको प्रचारप्रसार
✰अन्तर्राष्ट्रिय सम्बन्धमा प्रभाव
✰वर्गहीन समाजको स्थापना
✰नयाँ समाजको स्थापना
✰अरू देशको आन्तरिक नीतिमा प्रभाव
❖सोभियत संघको विघटन पछि रसियाका राष्ट्रपतिहरू
✰बोरिस येल्त्सिन (सन् १९९१-१९९९, ८ वर्ष)
✰भ्लादिमिर पुटिन (सन् २०००-२००८, ८ वर्ष)
✰दिमित्री मेड्भेदेभ (सन् २००८-२०१२, ४ वर्ष)
✰भ्लादिमिर पुटिन (सन् २०१२ मे ८ देखि हालसम्म)