❖ नेपालमा मनाइने प्रमुख जात्रा एवम् चाडपर्व

  • नेपालमा विभिन्न जातजाति, विभिन्न भाषाभाषी बोल्ने र विभिन्न धर्म मान्ने मानिसहरू बस्ने हुँदा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र पनि भनिन्छ। 
  • नेपालमा बस्ने विभिन्न जातजाति र धर्म मान्ने मानिसहरूका आ-आफ्ना रितिथिति, रहनसहन चालचलनहरूमा पनि विविधता पाइन्छ। नेपालमा मनाइने प्रमुख जात्रा, चाडपर्व एवं बाजागाजाको बारेमा तल चर्चा गरिएको छ ।

घोडेजात्रा 

  • चैत्र कृष्ण चतुर्दशी वा पिचास चतुर्दशीका दिन काठमाडौंमा पौहाचहे वा पासाचन्हे अथवा मित्र चतुर्दशी मनाउने, लुक माहाद्यौको आयोजना गरिन्छ। घोडालाई अनुशासन, शक्ति र तीव्रताको प्रतीकको रूपमा मानिन्छ।

पूजा गर्ने र औंसीका दिनमा उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । यो दिन काठमाडौंको टुडिखेलमा घोडा दौड समारोह

☆ गाईजात्रा

  • यो पर्व जनैपूर्णिमाको भोलिपल्ट अर्थात भाद्रकृष्ण प्रतिपदाका दिनदेखि सात दिनसम्म मनाइन्छ ।
  •  छोरा चक्रवर्तन्द्र मृत्युपछि शोकग्रस्त रानीलाई खुसी पार्न राजा प्रताप मल्लले पहिलो पटक गाईजात्राको आयोजना गरेका र यसमा रानीको  मल्लको शोकहरण भएको किंवदन्ती छ ।
  •  यसमा खड्गजात्रा, रोपाइजात्रा, लाखेनाच, षडदर्शन ख्याला, लोकनृत्य, डवलानृत्य, नाटक आदि प्रदर्शन गरिन्छ।
  •  श्री कृष्ण जन्माष्टमीको दिन कृष्णजात्रा गरेपछि कृष्णले राक्षस, भूत-प्रेत आदि मारेकोले लाखे ख्याली, आदि भूत-सिचास, नागको भय हुँदैन भन्ने जनविश्वास छ।

☆ अक्षय तृतीया :

  • यो पर्व बैशाख शुक्ल तृतीयाको दिन पर्छ। यस दिनदेखि सत्य युगको प्रारम्भ भएको मानिन्छ। 
  • यस दिन गरेका शुभ कार्यहरू अक्षय भई चीरकालपर्यन्त स्थायी हुन्छन् भन्ने जनविश्वास रहेको छ। 
  • तीर्थस्थलहरूमा स्नान, पूजापाठ गर्ने, जौका सातु खाने गरिन्छ।
  •  यस दिन भगवान विष्णुका छैठौँ अवतार मानिने परशुरामको जन्म भएकोले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ ।

☆ सुखरात्री :

  • थारु जातिको महातिहार सुखरात्री हो। लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म लक्ष्मीपूजा, दिपावली र भाइटीकाको नामले यो मनाइन्छ । 
  • यस चाडमा एक महना अघिदेखि घरआँगन सिंगारपटार गर्ने, दिपावली गर्ने तथा देउसीभैलो खेली मनाउने गरिन्छ।

☆ सोहराय पर्व :

  • पूर्वी नेपालको मोरङ र झापा जिल्लामा बसोबास गर्ने सतार जातिको सबैभन्दा ठूलो चाड सोहराय प्रत्येक वर्ष पौष वा माघ महिनामा पर्छ। 
  • नाचगानको आयोजना गरी चेलीबेटीलाई निम्ता गरेर उत्साहका साथ छ दिनसम्म विभिन्न नामले यो पर्व मनाउने चलन छ ।

☆  बाह चाड

  • यो चाड सतार जातिले मनाउने चाड हो। 
  • फागुपूर्णिमा र त्यसपछिका दुई दिनसम्म मनाइने यो चाड फूलको उत्सवको रूपमा चिनिन्छ। 
  • चाडको सुरुमा सखुवा साल को फल चढाएर पूजा गरिन्छ। यस चाडमा नाचगानका साथै एकापसमा पानी छ्यापाछ्याप गरी रमाइलोसँग मनाइन्छ ।

☆ सम्यक पूजा :

  • सम्यक पूजा अर्थात् संयक महादान पर्व माघे संक्रान्तिका दिन स्वयम्भु भगवान, दीपकरादी तथा अन्य देवीदेवताको पूजा अर्चना गरी मनाइन्छ। 
  • सानो ठूलोको भेदभाव नगरी सम्पूर्ण प्राणी मात्रको सुख शान्तिको कामना गर्दै प्रत्येक ४ वर्षमा मनाइने यो पर्व पृथ्वीनरायण शाहले प्रत्येक १२ वर्षमा मनाउने परिपाटी बसालेका थिए। 
  • ऐतिहासिक स्रोतका आधारमा पहिलो सम्यक पूजाको आयोजना काठमाडौं केलटोल निवासी धर्मज्योति कंसाकारले गरेका थिए। सिद्धार्थ गौतम बुद्धका गुरु दिपंकर बुद्धलाई बोधिसत्व प्राप्तिको कामना गर्दे बौद्ध धर्मावलम्बीहरूले सम्यक पूजा गर्ने चलन प्राचीन कालदेखि नै चलिआएको हो। 
  • यस पर्वमा स्वयम्भुका मूल भगवान शाक्यमुनी, मैत्रेय, वोधिसत्वहरू, आर्यतारा, प्रज्ञा पारमिता, बसुन्धरा, आर्यावलोकितेश्वर, आर्य मञ्जुघोष आदिको सुन्दर प्रतिमा बनाई हिन्दु परम्पराका ३३ कोटी देवीदेवतासमेत आह्वान गरी पूजा अर्चना गरिन्छ। यो पर्व सबैभन्दा पछिल्लोपटक २०४९ को माघेसंक्रान्तिमा मनाइयो भने त्यसभन्दा अघि २०३६ सालमा मनाइएको थियो। पाटनको नागवहालमा भने यो पर्व प्रत्येक ५ वर्षको अन्तरमा फागुन शुक्ल चतुर्थीका दिन मनाउने गरिन्छ।