❖ संगीत

☆ संगीत भनेको के हो ?

गाउनु बजाउनु र नाच्नुका संयोजनलाई संगति भनिन्छ।

पुरुषले गर्ने नृत्यलाई के भनिन्छ ?

→ ताण्डव

 महिलाले गर्ने नृत्यलाई के भनिन्छ ?

→  लास्य

 संगीतको उत्पत्ति कुन वेदबाट भएको हो ?

→ सामवेदटबाट​

नृत्य कति प्रकारका हुन्छन् ?

२ (ताण्डव र लास्य)

नृत्यमा कति प्रकारले अभियन गरिन्छ ?

→ ४ (संग चलाएर आगिक, बोलेर वाचिक, हाउभाउ प्रस्तुत गरी सात्विक र नृत्यसँग मेल खाने वस्त्र लगाएर)


 ❖  बाजाहरूको प्रकार

☆ अवनद्य वा ताल वाच्च :

  •  छालाले मोडेर बनाइएको, नेपालका अधिकांश बाजा यसै किसिमका, मादल, ढोलक, नगरा, ट्याम्को, च्याब्रुङ, डम्फू, दयाङ्ग्रो, खि, धिमेदापाखि, कोचाखि, नायखिं, दंगाखिं, कोता आदि ।

तत्वाद्य : 

  • तारलाई रेटेर बजाइने वाद्य समूहलाई तत्वाद्य वा तार वाद्य भनिन्छ। नेपाली लोक बाजामा सारङ्गी, टुङ्ना, एकतारे,   भारतीय शास्त्रीय बाजा, सितार र यूरोपेली, अमेरिकन बाजा, गितार तत्वाद्य समूहमा पर्दछन् ।

सुसिर बाद्य :

  •  मुखले फुकेर वजाउने बाजा, बाँसुरी, न्याउली, सहनाई, विनायो, कांगालिङ, कर्नाल, नरसिंगा, नागबेली, शंख, नेकु, का, पैता आदि।

☆ घनवाच: 

  • हानेर, ठोकेर, पिटेर वा आघात गरी बजाइने बाजा, घनवाद्यहरू अवनद्ध वाद्यलाई सघाउ पुऱ्याउने किसिमका हुन्छन्।
  • मुजुरा, मुर्चुङ्गा, झ्याली, घण्टी, जलतरंग, करताल, इण्डिया, गितार, छुस्या, मुस्या, भुस्या, ताइनाइ, ता आदि।


 ❖ नेपालमा प्रचलित लोक बाजाहरू

☆ लावावाजा

  • लामाहरूले बौद्ध मठ तथा ध्याङहरू पूजा गर्दा यो बाजा बजाउँछन्। तामा धातुबाट निर्मित कर्नाल जस्तै लामो मुखले फुकेर बजाउने यो बाजा बजाउँदा आवाज निस्कने भागलाई एउयले बोक्दछ र अर्कोले फुकेर बजाउँछ।

☆ टुङ्ना बाजा

  • तारलाई रेटेर वा स्पर्श गरेर बजाउने यो बाजा नेपालको उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, तामाङ र गुरूङ जातिको परम्परागत लोकप्रिय बाजा हो। 
  • एक हातदेखि दुई हातसम्म लामो टुङ्ना बाजा काठलाई खोक्रो पारेर त्यसमाथि ४ देखि ६ वटासम्म तारहरू तन्काएर गितारलाई प्लेटमलें बजाएजस्तै काठ वा बाँसको टुक्राले बजाइन्छ ।
  •  यसमा मोडिने छाला भेडीको भए राम्रो मानिन्छ। टुङ्नाको टाउको विभिन्न किसिमका जीवजन्तुहरू राखेर आकर्षक बनाइन्छ। तराईका धिमाल जातिले बजाउने 'दोदरा" टुङ्ना जस्तै हुन्छ।

☆ सारङ्गी

  • नेपालको पहाडी प्रदेशमा विशेषतः गन्धर्व (गाइने) जातिमा प्रचलित यो बाजा यूरोपेली बाजा भ्वाइलिनसँग मिल्दोजुल्दो छ।
  •  यस बाजामा ४ वटा तारहरू प्रयोग गरिएको हुन्छ। सारङ्गीको तल्लो भागमा गजले घर्षण गरेर र माथिल्लो भागमा औँलाले स्पर्श गर्दै विभिन्न स्वर र धुनहरू निकालिन्छ। 
  • राई लिम्बूहरूले  सारङ्गीलाई 'उनी भन्दछन् र तराईका धिमालहरू यस्तै बाजालाई "सेरेज्जा" भन्दछन् ।
  • तराईमा सारङ्गी जस्तै दुई तारयुक्त बाजालाई ओढली" भनिन्छ। उपत्यकामा नेवार जातिको बाजा "पिबाजा" पनि सारङ्गी जस्तै बाजा हो । 

उर्नी
  • धिमालको बाजा
ध्यालिङ

  • चाँदीबाट कलात्मक तरिकाले बनाइएको सहनाई भन्दा ठूलो आकारको बाजालाई ध्यालिङ भनिन्छ। 
  • फुकेर बजाइने यो बाजाको प्वालमा चाँदीकै मुन्द्रा लगाइएको हुन्छ। 
  • यो ठूलो खालको झ्याली जस्तो बाजा "होरेल" संगै ध्यालिङ सँग सामूहिकरूपमा बजाइन्छ।

काइलिङ

  • हिमाली क्षेत्रहरूमा बौद्ध मठहरूमा लामाहरूको धार्मिक कार्यमा बजाउने काङलिङ बाजा मान्छेको नलीहाडवाट बनाइने हुँदा यसको तान्त्रिक महत्व रहेको छ।
  •  ध्यार्वा गर्दा वा भूतप्रेत भगाउँदा कालिङ बजाउने गरिन्छ ।

डोङमेन

  • नेपालको उत्तरी हिमाली भागमा बजाइने टुङ्नाभन्दा ठूलो तारबाजालाई "डोङमेन" भनिन्छ ।
  •  ६-७ वटा रेशमका तारहरू हुने यो बाजालाई नख्खा रेटेर बजाइन्छ ।

विनायो
  • नेपालको मध्यपहाडी भागमा प्रचलित र महिलाहरूको लोकप्रिय बाजा हो ।
  •  यो बाजा मुखले फुकेर बजाइन्छ । 
  • यो नेपाली गन्धर्व जातिको परम्परागत, धार्मिक तथा गुरूबाजा हो। 
  • अरबाजोको शिरमा मानवाकृति अंकित नागपंचमीका दिन पूजा गरिन्छ।
अरबाजो


नागबेली बाजा
  • यो बाजा सर्प जस्तै घुम्रिएर माथि उठेको झण्डै एकहात लामो हुन्छ। 
  • यो बाजा फुकेर बजाइन्छ। तामाको बाजाहरूका साथ सामूहिक रूपमा बजाइन्छ ।
  • धातुबाट बनाइने यो बाजा नागको फणाजस्तै हुन्छ ।
भ्याली
  • काँस धातुबाट बनाइने यो बाजा पिटेर वा ठोकेर बजाइन्छ। विभिन्न जात जातिहरूमा प्रचलित यो बाजा अन्य बाजाहरूका साथ सामूहिक रूपमा बजाइन्छ ।
ट्याम्को
  • पञ्चे बाजा समूहको सबभन्दा सानो ट्याम्को बाजालाई दमाहाको सानो बाजा पनि भनिन्छ।
घिमे
  • काठमाडौं उपत्यकाका आदिवासी कृषक समुदाय ज्यापूहरूमा वढी मात्रामा प्रचलित यो बाजालाई छालाले मोडिएको र छालाको तुनाले नै कसिएर बाँधिएको हुन्छ।
बाँसुरी/ मुरली
  • यी बाजाहरू एक जातको बाँसमा सानासाना प्वाल बनाएर बनाइन्छ । मुरली ओठले च्यापेर बजाइन्छ भने बाँसुरी फुकेर बजाइन्छ ।
शङ्ख
  • यो समुद्रमा पाइने शङ्ख जातको किराको खोलबाट बनाइन्छ । 
  • यो पूजाको समय र मृत मानिसलाई लैजादा बजाइन्छ ।
खैजडी 
  • यो बाजा काठमा छालाले मोडेर बनाइन्छ।
  •  यो बलान र रोइला गाउँदा बजाइन्छ ।
डम्फु
  • यो तामाङ जातिले प्रयोग गर्ने बाजा हो। 
  • यो काठमा छालाले मोडेर बनाइन्छ।
सर्र्ङगीनाद
  • यो राती जोगीहरूले फेरी लगाउदा बजाउने बाजा हो। यो कृष्णसारको सिङबाट बनाइएको हुन्छ।
पैता
  • यो बाजा उपत्यकाका नेवार जातिले बजाउने बाजा हो। यो तामाबाट बनेको हुन्छ।
लावा
  • लामाहरूले पूजा गर्दा बजाइने बाजा हो। 
  • तामाबाट बनेको यो बाजालाई फुकेर बजाइन्छ।
ल्हा
  • तामाङको बाजा हो मुख्य बाजा डम्फु हो यो घोरलको छालाको हुन्छ।
मृदंग र पश्चिमा
  • धार्मिक भजन, कीर्तन आदिमा मृदंग वाह्य बजाइन्छ ।
  • पञ्चताल र सबै किसिमका लयहरू निस्किने यो बाजा धार्मिक दृष्टिले विशेष महत्वको रहेको छ।
ताईनाई (कैफुचा) :
  • नेवार समुदायमा प्रचलित यो बाजा पित्तलको बाक्लो थाल बनाई त्यसलाई झुण्ड्याएर त्यसमा गजाले आघात गर्दा ताईनाई जस्तै आवाज आउने हुँदा यो बाजाको नाम ताइनाई रहेको हो।
पञ्चेबाजा
  • पाँच बाजाहरूको समूहलाई पञ्चेबाजा भनिन्छ। यो बाजा शुभमुहुर्त तथा विवाहमा बजाइन्छ। 
  • यस बाजा समूहमा दमाहा, सहनाई, ट्याम्को, नरसिंहा र झ्याम्य पर्दछन् ।
नौमति बाजा
  • दमाहा २, सहनाई २, नरसिंहा, झ्याम्य, ट्याम्को, कर्नाल र ढोलक
मादल
  • यो बाजाको प्रयोगको सुरुवात मगर जातिबाट भएको पाइन्छ । 
  • यो काठको ढुङ्ङ्ग्रोमा दुवैपट्टि छलाले मोडेर बनाइन्छ ।
नेपालको सबैजसो भागमा प्रचलित यो बाजा महिला पुरूष दुवैले बजाउँछन्। फलाम धातुबाट बनाइने.
मुर्चुङ्गा जस्तै बाजालाई “गोमना" भनिन्छ।
मुर्चुङ्गाको शिर भागलाई मुखमा राखेर औंलाले हल्लाई धुन निकालिन्छ। धिमाल जातिमा प्रचलित

हुन्छ जसलाई आदि गुरूका रूपमा सम्मान गर्दछन्। अरबाजोलाई सरस्वतीको वीणाको रूपमा मानेर
















यो बाजा ठूलो ढोल जस्तै हुन्छ। यो गोरुको छाला मोडेर बनाइएको हुन्छ। यो बाजा विशेष गरी राई
लिम्बु जातिमा प्रचलित रहेको छ। बिनायो, चरीबाजा, यलम्बर, मुर्चुङ्गा बाजा राई जातिसँग सम्बन्धित
हुन्। अर्बाजो बाजालाई भाले माउ र गुरु बाजा पनि भनिन्छ। यो बाजा बजाउन जान्ने एक मात्र व्यक्ति
मोहनबहादुर गन्धर्व हुन्।