❖द्वितीय विश्वयुद्ध ( Second World War )
✰ सन् १९३९-१९४५ - यस युद्धमा एकातर्फ जर्मनी, इटली र जापान थिए भने अर्कोतर्फ इगल्याण्ड रुस फ़्रन्स,
संयुक्त राज्य अमेरिका आदि थिए।
✰यसमा जर्मनी, इटली र जापानको दुर्दशापूर्ण पराजय भयो ।
✰ संयुक्त राज्य अमेरिकाले सन् १९४५ मा हिरोसिमामा र ९ अगस्ट सन् १९४५ मा नागाशाकीमा अणुबम प्रहार गरी हवाई टापुलाई नियन्त्रणमा लिने जपनी हत्त्वाकांक्षालाई धराशायी बनायो ।
✰ पहिलो पटक गरिएको अणुबमको विस्फोटले कति धनजनको विनाश भयो सो किटान गर्न सकिएन ।
✰ युरोपेली साम्राज्यवादको धरातल खुस्बयो र एशिया र अफ्रिकाका अधिकांश राष्ट्रहरू स्वाधीनताको सास फेर्न पाए ।
✰ यूरोप र चीनमा साम्यवादी शासनको स्थापना भयो ।
✰ सन् १९३९ सेप्टेम्बर १ को बिहान ४:३० बजे जर्मनीले पोल्यान्डमा बमवर्षा गरेपछि द्वितीय विश्वयुद्ध सुरु भएको भने सन्
✰ १९४५ अगस्ट १४ तारिखमा जापानले आत्मसमर्पण गरेपछि सन् १९४५ सेप्टेम्बर २ मा (६ वर्ष १ दिन सञ्चालित) द्वितीय विश्वयुद्धको विधिवत् अन्त्य भएको थियो।
✰ दोस्रो विश्वयुद्धमा ११९२ खर्ब डलरभन्दा बढी प्रत्यक्ष खर्च भएको थियो ।
✰ दोस्रो विश्वयुद्धमा करोडौँ मानिस घरबारविहीन भएका थिए ।
✰ दोस्रो विश्वयुद्धमा करोडौँ मानिस शरणार्थी बनेका थिए ।
✰ दोस्रो विश्वयुद्धमा १ करोड ४६ लाखभन्दा बढी सेना मारिएका थिए ।
✰ दोस्रो विश्वयुद्धमा १ करोडभन्दा बढी गैरसैनिक मारिएका थिए ।
✰ दोस्रो विश्वयुद्धमा करोडौँ मानिस घरबारविहीन भएका थिए ।
✰ दोस्रो विश्वयुद्धमा करोडौँ मानिस शरणार्थी बनेका थिए ।
✰ दोस्रो विश्वयुद्धमा ३ करोड ४० लाखभन्दा बढी सैनिक तथा गैरसैनिकहरू अपाङ्ग र घाइते भएका थिए ।
✰ द्वितीय विश्वयुद्ध हुने कारणमा पेरिस र भर्सेलिजका असमान सन्धिलाई मान्न सकिन्छ।
✰ अमेरिका, बेलायत, फ्रान्स, रुमानिया, चेकोस्लोभाकिया र युगोस्लाभिया सम्मिलित गुटलाई मित्रराष्ट्रहरूको गुट (Allies Power) भनिन्थ्यो ।
✰ रोम-बर्लिन-टोकियो धुरी भनेको अर्मनी, इटाली र जापानको सैनिक गुट हो । यसलाई Axis Power भनिन्थ्यो।
❖ द्वितीय विश्वयुद्धका कारणहरू
- पेरिस र भर्सेलिज सन्धिहरूको दुष्परिणामले द्वितीय विश्वयुद्ध हुनमा ठूलो भूमिका खेलें ।
- राष्ट्र सङ्घ (League of Nations) को असफलता पनि एउटा कारण थियो ।
- शस्त्रीकरणको होडबाजी बढ्दै जानु
- विस्तारवादी महत्त्वाकाङ्क्षा
- बेलायतको तुष्टीकरणको नीति
- पोल्याण्डमाथिको जर्मनीको आक्रमण
- सैनिक गुटबन्दी
❖ दोस्रो विश्वयुद्धको परिणाम
- अपार धनजनको क्षति
- राष्ट्रिय आन्दोलनको विकास
- युद्धको कारणले साम्यवादको प्रसार
- सैनिक गुटबन्दी र शीतयुद्धको स्थिति सिर्जना
- विश्व राजनीतिमा परिवर्तन
- संयुक्त राष्ट्रसङ्घको स्थापना र अन्तर्राष्ट्रिय सहयोगमा बृद्धि
- द्वितीय विश्वयुद्ध हुनुको कारण सम्पूर्ण युरोपमा कब्जा गर्ने हिटलरको महत्त्वकांक्षा थियो ।
- सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघ (UNO) को स्थापना भयो ।
- द्वितीय विश्वयुद्धको परिणामस्वरूप उपनिवेशवादी राष्ट्रहरू कमजोर भएका थिए ।
- द्वितीय विश्वयुद्धको परिणामस्वरूप उपनिवेशवादको अन्त्य भई स्वतन्त्र राज्यहरूको स्थापना भएका थिए।
- द्वितीय विश्वयुद्धको परिणामस्वरूप शीतयुद्ध देखापरेको थियो ।
- सन् १९४९ मा उत्तर अटलान्टिक सन्धि सङ्गठन (NATO) स्थापना भएको थियो ।
- सन् १९५५ मा रुसको नेतृत्वमा WARSOW Pact गठन भएको थियो ।
- द्वितीय विश्वयुद्धको परिणामस्वरूप २ वटा सैनिक गुट बन्यो, एउटाको नेतृत्व अमेरिका र अर्को गुटको नेतृत्व रुसले गरेको थियो ।
