❖ गरिबी

नेपालका कति वटा जिल्लाहरूमा गरिब घरपरिवार पहिचान कार्यक्रम सम्पन्न भएको छ ?

 - २६

 गरिब घर परिवार सर्वेक्षण कुन विधिबाट पहिचान गरिएको थियो

- Proxy Means Test (PMT)

❖ गरिब परिचयपत्र वितरण शुरू २०७५

 कहिले देखि ?

वि.सं. २०७५ असार २९ मा

कसले वितरण गर्यो ?

नेपाल सरकार (कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय)

कहाँबाट वितरण शुरु गर्यो ?

- कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर कार्यक्रमको थालनी

गरिबका कार्ड कति प्रकारका छन् ? 

-३ (चरम गरिबले रातो कार्ड, मध्यम गरिबले पहेँलो कार्ड र सामान्य गरिबले नीलो कार्ड)

  • अब १ लाख ८८ हजार २ सय ३२ परिवारले रातो, १ लाख २९ हजार ७५४ ले पहेँलो र ८३ हजार ६४५ परिवारले नीलो कार्ड पाउनेछन् ।
  • गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा २५ जिल्लाबाट १२ लाख ४० हजार परिवारको तथ्यांक संकलन गरेको थियो। त्यसबाट ३ लाख ९१ हजार ८३१ घर परिवारलाई सरकारले गरीब का रुपमा पहिचान गरेको थियो।
  • बोर्डले तनहुँ, बैतडी, अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्युठान र अर्घाखाँचीबाट गरीब घरपरिवारको तथ्याङ्ग संकलन गरेको थियो। कपिलवस्तु, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिराहा, खोटाङ र भोजपुर र सिराहा गरिब परिवार पहिचान भएका छन्।
  • कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिकामा परिचयपत्र बाँडेर कार्यक्रमको थालनी गरेका छन् ।

❖ गरिबी निवारण र रोजगारीका लक्षित कार्यक्रमहरु

  • कर्णाली प्रदेशका पाँच जिल्ला र बाजुरा जिल्लाका साविकका ५ गाविसमा कर्णाली रोजगार कार्यक्रम संचालन रहेको छ।
  • गरिबसँग विश्वेश्वर कार्यक्रमबाट लक्षित समूहबाट माग भई आएका स-साना ग्रामीण पूर्वाधाहरु कार्यक्रम खानेपानी, सिंचाई, कुवा मर्मत, गोरेटो बाटो एवम् आय आर्जनका क्रियाकलापहरु संचालन भएका छन्।
  • तराईका २० जिल्लामा सीमा क्षेत्रमा सीमा क्षेत्र विकास कार्यक्रम सघन रुपमा सञ्चालनमा रहेको छ ।