❖ उद्योग 

नेपाल उद्योग परिषद्को गठन कहिले भएको हो ?

→ वि.स. १९९३

 नेपालको पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना कहिले भएको हो ?

→ वि.स. १९९३

 रघुपति जुट मिलको स्थापना कहिले भयो ?

→ वि.सं. २००३

❖ नेपाल बैंक लिमिटेड

स्थापना कहिले भयो ?

→ वि.स. १९९४ कात्तिक ३०

 कुन प्रधानमन्त्रीले स्थापना गरे ?

जुद्ध शमशेर

 बैंक स्थापना हुँदा राजा को थिए ?

→ त्रिभुवन वीरविक्रम शाह

❖ नेपाल औद्योगिक विकास निगम

स्थापना कहिले भएको हो ?

→ वि.स. २०१६

NIDC को पुरा रुप के हो ?

→ Nepal Industrial Development Corporation

❖  औद्योगिक गणना

कहिलेदेखि सुरु गरियो ?

→ वि.सं. २०२२

कति वर्षको फरकमा हुन्छ ?

५/५ वर्षको फरकमा (२०३० पछि हरेक ५ वर्षमा गरिन्छ)

❖ औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार उद्योगको वर्गीकरण

औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार उद्योगलाई निम्न ५ प्रकारमा विभाज गरिएको छः

१. लघु उद्यम

  • घर जग्गा बाहेक बढीमा ५ लाख रुपैयाँ सम्मको स्थिर पूँजी रहेको,
  • उद्यमी सहित बढीमा ९ जनासम्म कामदार रहेको,
  • वार्षिक कारोबार ५० लाख रुपैयाँ भन्दा कम रहेको,
  • उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको ।

२. घरेलु उद्योग :

  • परम्परागत सीप र प्रविधिमा आधारित
  • श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित,
  • इन्जिन, उपकरण वा मेसिनको प्रयोग गरेका भएमा बढीमा १० किलोवाटसम्मको क्षमताको विद्युत ऊर्जा प्रयोग गरेको ।

३. साना उद्योग

  • लघु उद्यम र घरेलु उद्योग बाहेकको १० करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योग।

४. मझौला उद्योग

  • १० करोड रुपैयाँभन्दा बढी २५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योग

५. ठूला उद्योग

  • २५ करोड रुपैयाँभन्दा बढी स्थिर पूँजी भएको उद्योग


❖ लघु, घरेलु साना, मझौला र ठूला उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको  आधारमा उद्योगको वर्गीकरण
  1. ऊर्जामूलक उद्योग 
  2. कृषि तथा वन पैदावारमा आधारित उद्योग
  3. निर्माण उद्योग
  4. सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग
  5. उत्पादनमूलक उद्योग
  6. खनिज उद्योग
  7. पर्यटन उद्योग
  8. सेवामूलक उद्योग
 मंसिर ९ गते उद्योग दिवस
उद्योग दिवस कहिले मनाउने निर्णय भएको छ ?
→ मंसिर ९ गते
मन्त्रीपरिषद्ले यस्तो निर्णय कहिले गयो ?
→ २०७१ चैत्र २० गते
  • नेपालमा पहिलोपटक उद्योग परिषद् स्थापना भएको मिति १९९३ मंसिर ९ गतेलाई आधार मानी हरेक वर्ष मंसिर ९ गतेका दिन उद्योग दिवस मनाउने भएको छ।
 सार्वजनिक संस्थान
५० प्रतिशतभन्दा बढी सरकारी स्वामित्व भएको स्वायत्त र व्यवसायिक कारोबार गर्नेनिकाय वा संस्थालाई के भनिन्छ ? →सार्वजनिक संस्थान
 नेपालमा कति वटा सार्वजनिक संस्था रहेका छन् ? 
→३८ (नेपाल सरकारको पूर्ण स्वामित्वमा १७, अधिकांश स्वामित्वमा १७ र आंशिक स्वामित्वमा ४ गरी जम्मा ३८)
हाल नेपालमा कति वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन् ?
→३५
नेपालमा संस्थान ऐन कहिले ल्याइएको हो ?
→वि.सं. २०२१
नेपालमा विद्यमान सार्वजनिक संस्थानहरू कति प्रकारका छन् ?
→६ प्रकारका (औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, सेवा क्षेत्र, सामाजिक क्षेत्र, जनोपयोगी क्षेत्र र वित्तीय क्षेत्र)
आर्थिक सर्वेक्षण २०७५/७६ मा अनुसार कतिवटा संस्थानहरु खुद नाफामा छन्
→२६ वटा (११ ओटा घाटामा, बन्द भएका एवं कारोबार नभएका २ वटा)
आ.व. २०७४/७५ उच्च नाफा गर्ने ५ संस्थानहरु ? 
→ 
  1. नेपाल दूरसञ्चार कम्पनी लि., 
  2. नागरिक उड्डयन प्राधिकरण,
  3. राष्ट्रिय वाणिज्य बैंक लि., 
  4. नेपाल आयल निगम लि. र 
  5. कृषि विकास बैंक लि
सञ्चालनमा नरहेका सार्वजनिक संस्थानहरु ? 
→ जनकपुर चुरोट कारखाना लि. नेशनल कन्स्ट्रक्सन कम्पनी लि. र नेपाल इन्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्र लि.

❖ सार्वजनिक संस्थानहरूका प्रकार
(क) औद्योगिक क्षेत्र (७ वटा)
  1. दुग्ध विकास संस्थान  -  पशुपंक्षी विकास मन्त्रालय
  2. जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि.  - वन तथा भू-सरक्षण मन्त्रालय
  3. हेटौंडा सिमेन्ट उद्योग लिमिटेड   - उद्योग मन्त्रालय
  4. जनकपुर चुरोट कारखाना लिमिटेड   -  उद्योग मन्त्रालय
  5. नेपाल औषधी लिमिटेड  -  उद्योग मन्त्रालय
  6. उदयपुर सिमेन्ट उद्योग लिमिटेड   -  उद्योग मन्त्रालय
  7. नेपाल ओरिण्ड म्याग्नेसाइट प्रा.लि.   -  उद्योग मन्त्रालय
(ख) व्यापारिक क्षेत्र (६ वटा)
कृषि सामग्री कम्पनी लि.   - कृषि मन्त्रालय
राष्ट्रिय बीउ विजन कम्पनी लि.  -  कृषि मन्त्रालय