❖ प्रथम विश्वयुद्ध ( World War I )
✰ प्रथम विश्वयुद्ध (सन १९१४-१८):- यस युद्धमा एकातिर जर्मनी, अष्ट्रिया र टर्की थिए भने अर्कोतर्फ इङ्गल्याण्ड, फ्रान्स, इटाली, अमेरिका, जापान आदि राष्ट्र संलग्न थिए ।
✰ यसमा जर्मनी र तत्सम्बद्ध राष्ट्रहरू नराम्रोसँग पराजित भए ।
✰ जर्मनीका सबै उपनिवेशमा मित्र राष्ट्रहरूको कब्जा भयो ।
✰ यस युद्धमा युरोपका तीन साम्राज्य अष्ट्रिया, टर्की र रूस धराशायी भए ।
✰ सन् १९१४ जुलाई २८ देखि प्रथम विश्वयुद्ध सुरु भई सन् १९१८ नोभेम्बर ११ मा समाप्त भएको थियो ।
✰ प्रथम विश्वयुद्ध १५६१ दिनसम्म भएको थियो ।
✰ प्रथम विश्वयुद्धमा ६ करोड ५० लाख सैनिकले युद्ध लडेका थिए ।
✰ प्रथम विश्वयुद्धमा ८५ लाख मानिस मरेका थिए ।
✰ प्रथम विश्वयुद्धमा २ करोड मानिस घाइते भएका थिए ।
✰ प्रथम विश्वयुद्धमा २ खर्ब अमेरिकन डलर खर्च भएको थियो ।
✰ प्रथम विश्वयुद्धमा संयुक्त राज्य अमेरिका, रुस, इटाली, जापान, बेलायत, फ्रान्स, चीन, लगायतका १२ वय राष्ट्रहरू एक
पक्षमा थिए । यसलाई मित्र राष्ट्र गुट (Allies Power/Intent Power) भनिन्थ्यो ।
✰ प्रथम विश्वयुद्धमा जर्मनी, अस्ट्रिया, हङ्गेरी, टर्की र बुलगेरिया अर्को पक्षमा थिए । यसलाई केन्द्रीय शक्ति (Central Power) भनिन्थ्यो ।
❖ प्रथम विश्वयुद्ध हुनका कारणहरू
✰जर्मनीले फ्रान्सलाई एक्ल्याउन गरेका विभिन्न सन्धि सम्झौताहरू
✰युरोपमा आएको उग्र राष्ट्रवादको लहर
✰साम्राज्यवादको प्रभाव
✰युरोपमा बढेको सैनिकवाद
✰युद्धको खतरालाई रोक्ने प्रभावकारी संस्थाको कमी
✰तत्कालीन विविध घट्नाहरू
❖ विश्वयुद्धका परिणामहरू
✰विभिन्न मुलुकको युद्धको कारणले विशाल धनजनको विनाश
✰निरङ्कुश राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना
✰अधिनायकवादको उदय
✰सामाजिक क्षेत्रमा परिवर्तन
✰वैज्ञानिक प्रगति
✰अमेरिका विश्वशक्तिको रूपमा उदय
✰द्वितीय विश्वयुद्धको बीजारोपण, आदि।
✰सन् १९१२-१३ पछि तीव्र रूपले बेलायत, फ्रान्स, रुस, इटाली साम्राज्यवाद र उपनिवेशवादको विस्तार र संरक्षणमा अघि
बढेका थिए ।
✰सन् १९१४ को प्रथम विश्वयुद्धको समयमा जर्मन सम्राट विलियम द्वितीय थिए ।
✰अस्ट्रियाका राजगद्दी उत्तराधिकारी राजकुमार आकंड्युक फर्डिनेन्ड र उनकी पत्नी सोफियालाई बोस्नियाको राजधानी सराजेभोमा सन् १९१४ जुलाई २८ मा हत्या गरेपछि प्रथम विश्व युद्धको शुरुवात भएको थियो।
✰प्रथम विश्वयुद्धले अस्ट्रिया, रुस, टर्की, जर्मनी, बुल्गारिया आदि देशमा निरङ्कुश राजतन्त्रलाई समाप्त पारेको थियो ।
✰प्रथम विश्वयुद्धकै परिणामस्वरूप सन् १९२८ मा बेलायतमा महिलाले मतदानको अधिकार पाएका थिए ।
✰प्रथम विश्वयुद्धकै परिणामस्वरूप रुसमा लेनिनको नेतृत्वमा साम्यवादी सरकार बनेको थियो ।
✰प्रथम विश्वयुद्धकै परिणामस्वरूप जर्मनीमा एडोल्फ हिटलरको नाजीवादको उदय भएको थियो।
✰प्रथम विश्वयुद्धकै परिणामस्वरूप इटालीमा मुसोलिनीको अत्याचारी शासन आयो ।
✰प्रथम विश्वयुद्धकै परिणामस्वरूप स्पेनमा जनरल फ्राइकोको सैनिक शासनको उदय भयो।
✰प्रथम विश्वयुद्धको परिणाम स्वरूप राष्ट्र संघ (League of Nations) को स्थापना सन् १९२० जनवरी १० मा भएको थियो।
