❖ शिक्षा

नेपालको साक्षरता प्रतिशत कति रहेको छ ?

→ ६५.९ प्रतिशत (पुरुषः ७५.१ प्रतिशत र महिला ५७.४ प्रतिशत)

 सबैभन्दा बढी साक्षरता भएको जिल्ला कुन हो ?

→ काठमाडी ८६.३ प्रतिशत

 सबैभन्दा कम साक्षरता भएको जिल्ला कुन हो ?

→ रौतहट ४१.५ प्रतिशत

 शैक्षिक सत्र २०७५ को तथ्याङ्क अनुसार प्रारम्भिक बालविकासको कुल भर्नादर्  कति प्रतिशत पुगेको छ ? 

८४.४ प्रतिशत

 शैक्षिक सत्र २०७५ को तथ्याङ्क अनुसार आधारभूत तह (१-५) की खुदभर्ना दर कति प्रतिशत पुगेको छ ? 

९६.५ प्रतिशत

 शैक्षिक सत्र २०७५ को तथ्याङ्क अनुसार आधारभूत तह (६-८ ) को खुदभर्ना दर कति प्रतिशत पुगेका छ? 

८८.९ प्रतिशत

 शैक्षिक सत्र २०७५ को तथ्याङ्क अनुसार माध्यमिक तह (९-१२) की खुदभर्ना दर कति प्रतिशत पुगेको छ ? 

४६.४ प्रतिशत

 सत्र २०७५ को तथ्याङ्क अनुसार कक्षा ९ र​ १० को खुदभर्ना दर कति प्रतिशत पुगेको छ ?

६८.१ प्रतिशत

 शैक्षिक सत्र २०७५ को तथ्याङ्क अनुसार कक्षा 11 र​ 12 को खुदभर्ना दर कति प्रतिशत पुगेको छ ?

 २४.७ प्रतिशत

 नेपालमा हाल विश्वविद्यालयको संख्या कति रहेको छ ?

→ 11

 वि.स. २००७ सालमा नेपालको साक्षरता प्रतिशत कतिरहेको थियो ?

→ २ प्रतिशत महिला साक्षरता ०.७ प्रतिशत)

 शिक्षालाई जीवनको आधार मानी व्यवसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन ?

→ जयस्थिति मल्ल

 स्कूलका पिता भनेर कुन राणा प्रधानमन्त्रीलाई चिनिन्छ ?

→ पद्मशमशेर

 नेपालको शैक्षिक इतिहासमा दोस्रो गौतम बुद्ध भनेर चिनिने व्यक्ति को हुन ?

→ जयपृथ्वी बहादुर सिंह

 नेपालमा आधुनिक शिक्षाको सुरुवात कहिलेदेखि भएको हो ?

→ वि.स. १९१० मा दरबार हाईस्कूलको स्थापना भएपछि

 कहिलेदेखि दरबार हाइस्कूल सर्वसाधारणको लागि खुल्ला भएको हो ?

वि.सं. १९४२

 कुन प्रधानमन्त्रीले दरबार हाईस्कूललाई सर्वसाधारणका लागि खुल्ला गरेका हुन् ?

→ विरशमशेर

 दरबार हाइस्कूलको पहिलो हेडमास्टर को हुन ?

→ रुद्रराज पाण्डे

 नेपालको काठमाडौँ बाहिरको पहिलो अंग्रेजी स्कूल कुन हो ?

→ चन्द्र मिडिल स्कूल सिराहा वि.सं. १९७२

 गोरखा भाषा प्रकाशन समितिको स्थापना कहिले भएको हो ?

→ वि.सं. १९६९

 अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाईन्छ ?

→ सेप्टेम्बर 8 

 अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ?

मार्च २१

 शूरुमा त्रिचन्द्र कलेजको सम्बन्ध को सँग थियो ?

→ पटना विश्वविद्यालय

  त्रिचन्द्र कलेजको स्थापना पहिलो प्रिन्सीपल को हुन ?.

→ नरेन्द्रमणी

 नेपालमा सर्वप्रथम एस.एल.सी. बोर्डको स्थापना कहिले भएको हो ?

→ वि.सं. १९९० कार्तिक १६

 नेपालमा एस.एल.सी. बोर्डको गठन हुँदा रहेका २ हाइस्कूल कुन कुन हुन् ?

→ दरबार हाईस्कूल र पाटन हाईस्कूल

 पहिलो एस.एल.सी. परीक्षामा कति जना सम्मिलित भएका थिए ?

→ ३३ जना

 पहिलो एस.एल.सी. परीक्षामा कति जना पास भएका थिए ?

→ १९ जना

 एस.एल.सी. बोर्डको पहिलो परीक्षा नियन्त्रक को हुन ?

→नन्दराम उप्रेती

 सर्वप्रथम एस.एल.सी. मा बोर्ड फस्ट हुने विद्यार्थी को हुन

→ पुष्यभक्त मल्ल

  एस.एल.सी. गर्ने पहिलो नेपाली प्रधानमन्त्रीको हुन ?

→ चन्द्र शमसेर

 एस.एल.सी. पास गर्ने पहिलो सर्वसाधारण नेपाली को हुन ?

→काजी बलमान सिंह

 शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?

→ वि.सं. २००७

 नेपालको पहिलो शिक्षा मन्त्री को हुन ?

→ नृपजंग राणा

 नेपालमा प्रौढ शिक्षाको सुरुवात कहिले भएको थियो ?

→ वि.सं. २०१२

 महाकवी लक्ष्मी प्रसाद देवकोटा कहिले शिक्षा मन्त्री भएका थिए ?

→ वि.सं. २०१४

 हाल कक्षा ५ सम्मका पाठ्यसामग्री कतिवय भातृभाषामा तयार गरिएका छन् ?

 → १२ भाषामा

 नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको हो ?

 वि.सं. २०१६

 काठमाडौँ वाहिर खुलेको पहिलो कलेज कुन हो ?

 ठाकुरराम कलेज, वीरगंज

 नेपालमा प्राथमिक शिक्षा निशुल्क गर्ने घोषणा कहिले गरिएको हो ?

 वि.सं. २०३१ फाल्गुण १२

 नेपालको अन्तरिम संविधान २०६३ मा कुन तहसम्मको शिक्षालाई आधारभूत शिक्षाको रुपमा प्रत्याभूत गरिएको छ ?

→ माध्यमिक तह

❖ नेपालका विश्वविद्यालयहरू

  1. त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर  -  वि.सं. २०१६
  2. नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डी दाङ  -  वि.सं. २०४३.
  3. काठमाडौँ विश्वविद्यालय, धुलिखेल, काभ्रे  -  वि.सं. २०४८
  4. पूर्वाञ्चल विश्वविद्यालय, विराटनगर, मोरङ  -  वि.सं. २०५०
  5. पोखरा विश्वविद्यालय, पोखरा  -  वि.सं. २०५५
  6. लुम्बिनी विश्वविद्यालय, कपिलवस्तु  -  वि.सं. २०६०
  7. मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत  -  वि.सं. २०६८
  8. सुदुरपश्चिमांचल विश्वविद्यालय, महेन्द्रनगर, कंचनपुर  -  वि.सं. २०६८
  9. कृषि तथा पशुविज्ञान विश्वविद्यालय, चितवन  -  वि.सं. २०६८
  10. खुल्ला विश्वविद्यालय  -  वि.सं. २०७३
  11. राजर्षी जनक विश्वविद्यालय, जनकपुर  -  वि.सं. २०७४
❖ विश्वविद्यालयस्तरका शिक्षण संस्थाहरू

  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर  -  वि.सं. २०६४
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला   - वि.सं. २०६३
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ  -   वि.सं. २०७४
  • वि.पो. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान   -  वि.सं. २०५५
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल काठमाडौँ    - वि.सं. २०५९