व्यापार

नेपालको आर्थिक विकासको प्रारम्भिक कालमा मुलुकको व्यापार कुन देशहरूसँग मात्र सिमित थियो ?

भारत र चीन

 नेपालले कहिलेदेखि भारत र चीन बाहेकका मुलुकहरूसँग व्यापारिक सम्बन्ध विस्तार गरेको हो ?

 वि.सं. २०१३ देखि

नेपालबाट सबैभन्दा बढी निकासी हुने देश कुन हो ?

भारत

नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनेर कुन शहरलाई चिनिन्छ ?

वीरगन्ज

नेपाल र भारतबीच प्रथम वाणिज्य सन्धी कहिले भयो ?

→ वि.सं. १८३२

नेपालबाट निकासी हुने तयारी पोशाकको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजार कुन देश हो ?

→ अमेरिका

❖ वाणिज्य नीति २०७२

कहिले जारी भयो ?

 वि.सं. २०७२/०४/२५

वाणिज्य नीतिले राखेका दूरदृष्टि के छ ?

निकासी प्रवर्द्धन मार्फत राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाई आर्थिक समृद्धि हासिल गर्ने।

लक्ष्य

  • निकासी प्रवर्द्धन गरी समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्ने।

उद्देश्य

  • १. आपूर्तिजन्य क्षमताको सुदृढीकरण गर्ने र विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा कम गर्ने ।

  • २. क्षेत्रीय तथा विश्व बजारमा वस्तु, सेवा र बौद्धिक सम्पत्रिको पहुँच वृद्धि गर्ने ।

❖  निर्यात सम्भावनायुक्त वस्तु तथा सेवा

☆ तुलनात्मक वस्तुहरू


वस्तु तथा सेवा

निर्यात सम्भावनायुक्त

तुलनात्मक वस्तुहरू

१. अदुवा/सुठो

२. अलैँची

३. ऊनी तथा गलैँचा

४. औषधि, औषधिजन्य जडिबुटी तथा सारयुक्त तेल

५. कफी

६. कार्पेट

७. च्याङ्ग्रा पश्मिना तथा रेशमजन्य वस्तुहरू,

८. चिनी

९. चिया

१०. जुत्ता

११. टेक्सटायल

१२.तरकारी, तरकारीको बीउ

१३. तयारी चाउचाउ

१४.तयारी पोशाक

१५. दुग्ध उत्पादन

१६. प्रशोधित छाला

१७. पश्मिना

१८. पुष्प (फूल)

१९. फलफूल

२०. फलाम र इस्पातकावस्तुहरू

२१. मह

२२. दाल

२३. सिमेन्ट

२४. सुनचाँदीका गहना तथा बहुमूल्य रत्न पत्थर

२५. हस्तकलाका वस्तुहरू

२६. हाते कागज र सोको उत्पादन