❖ भारतको इतिहास

चीनजस्तै भारत पनि विश्वको प्राचीन सभ्यता र संस्कृति भएको राष्ट्रमध्येको एक हो । 

✰ यो  ऋषिमुनिहरूको त​पोभूमि पराक्रमिहरुको  वीरभूमि र साहसी उद्यमीहरूको कर्मभूमि हो ।

✰  यो देशको ऐतिहासिक परम्परा निकै लामो छ रामायणकालमा रघु, दशरथ, रामचन्द्र  महाभारतकालमा पुरु, पाण्डु धृतराष्ट्र कौरव र उनका शाखा सन्ततिहरूले राज्य गरे ।

त्यसपछि मौर्यवंश, सुङ्गवंश, कण्यवंश  सातवहन् वंश, कुषाण वश, गुप्त वंश आदि वंशका अनेकों राजाहरूले शासन गरे। 

✰ सन् १७५७ मा क्लाइवको महत्त्वपूर्ण विजयपछि अंग्रेजहरूको शासनमा  सरिक् हुँदै गएपछि सम्पूर्ण भारतमा अंग्रेजहरूको शासन कायम भयो 

✰ सन् १६०० मा अंग्रेजहरू भारतमा व्यापार गर्ने उद्देश्यले प्रवेश गरे उनीहरूले क्रमशः राजकाजमा पनि आफ्नो हात बढाउँदै लगे। 

✰ सन् १८५७ मा अंग्रेजहरूबाट मुक्त पाउन असफल सैनिक  विद्रोह भयो 

✰ त्यसपछि विभिन्न स्तरमा स्वतन्त्रताको प्रयास भए पनि स्वतन्त्रताको मनोकामना १५ अगस्त सन् १९४७ मा मात्र पूरा भयो । 

✰ बिपन्न अवस्थाका भारतले जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, श्रीमती इन्दिरा गान्धी, राजीव गान्धी, अटलबिहारी वाजपेयी, डा. मनमोहन सिङ्​ जस्ता नेताहरूको नेतृत्वमा सानदार प्रगति गन्यो ।

❖ भारतीय स्वतन्त्रता सङ्ग्राम

✰ सन् १६०० मा इष्ट इण्डिया कम्पनीका नामले ब्रिटिसहरू भारतमा व्यापार व्यवसाय सञ्चालन गर्न थाले ।

✰ सन् १६०८ पहिलो अंग्रेज पानी जहाज Hector भारतको गुजरातको सुरतमा आएको थियो।

✰ भारतमा ब्रिटिस इण्डियाको सत्तामा पहुँच बढ्ना साथै यिनीहरूको विरुद्धमा विद्रोह शुरु भएको थियो।

 सन् १८५७ मा अंग्रेज विरुद्ध सशक्त रूपमा सिपाही विद्रोह भएको थियो भने सन् १९१९ मा जलियाँवाला हत्याकाण्डले अंग्रेज विरुद्ध बिद्रोहको आगो सल्कियो ।

✰ बाल गंगाधर तिलक, गोपाल कृष्ण गोखले, सहिद चन्द्रशेखर, सरदार भगतसिंह, सुवासचन्द्र वोस, महात्मा गाँधी, जवाहरलाल.नेहरुको अथक प्रयासले भारतमा १५ अगस्ट सन् १९४७ मा स्वतन्त्रता वहांली भयो भने ब्रिटिसहरू भारतमा राजनीतिक प्रभुत्व गुमाउन पुगेका थिए।

❖भारतमा स्वतन्त्रता सङ्ग्राम हुनका कारणहरू

  • ब्रिटिस साम्राज्यवाद
  • ब्रिटिसहरूको आर्थिक शोषण गर्ने नीति
  • लर्ड लिटनको प्रतिक्रियावादी नीति
  • लर्ड रिपनको सुधारवादी नीति ।
  • पाश्चात्य शिक्षा (अंग्रेजी, फ्रेन्च, जर्मनी आदि)
  • भारतीय समाचार पत्र र साहित्य
  • सामाजिक तथा धार्मिक आन्दोलन
  • भारतको ब्रिटिस वाहेक अन्य देशहरू (फ्रान्स, जर्मनी आदि) सँग सम्पर्क

❖ भारतीय स्वतन्त्रता आन्दोलनका परिणामहरू

  • भारत र पाकिस्तान छुट्टाछुट्टै स्वतन्त्र राष्ट्रको रूपमा घोषणा,
  • भारत र पाकिस्तान दुवै गणतन्त्रात्मक राष्ट्र घोषित,
  • ब्रिटेनले भारतमा आफ्नो राजनीति अधिकार गुमाएको,
  • भारत र पाकिस्तानका जनता सार्वभौमसत्ता सम्पन्न घोषित।
  • सन् १८७० शंकर घोषले नेशनल सोसाइटीको स्थापना गरेका थिए।
  • सन् १८८५ मा भारतीय राष्ट्रिय काँग्रेसको स्थापना (एलन एक्टोवियन ह्युमको सक्रियतामा) भएको थियो ।
  • सन् १९१६ मा बाल गंगाधर तिलकले Home Rule Movement को सञ्चालन गरेका थिए।
  • सन् १९१९ मा महात्मा गाँधीद्वारा खिलाफत आन्दोलनको घोषणा भएको थियो।
  • सन् १९२० मा महात्मा गाँधीको नेतृत्वमा असहयोग आन्दोलनको शुरुआत भएको थियो ।
  • सन् १९३० मा महात्मा गाँधीको नेतृत्वमा सविनय अवज्ञा आन्दोलनको शुरुआत भएको थियो ।
  • सन् १९३० मा महात्मा गाँधीद्वारा सविनय अवज्ञा आन्दोलनलाई मद्दत पुऱ्याउन ऐतिहासिक दाण्डी मार्च गरेका थिए।
  • सन् १९४१ मा सुवासचन्द्र बोसद्वारा आजाद हिन्द फौजको गठन भएको थियो।
  • सन् १९४२ मा महात्मा गाँधीको नेतृत्वमा भारत छोड आन्दोलन "Quit India Movement" भएको थियो।
  • २० जनवरा सन् १९४७ मा ब्रिटिस प्रधानमन्त्री क्लेमेन्ट रिचर्ड एटलीले सन् १९४८ सम्म भारतको शासन भारतीयहरूलाई सुम्पिन भनी सार्वजनिक घोषणा भएको थियो । 
  • १६ जुलाई सन् १९४७ तत्कालीन  भारतका लागि ब्रिटिस भाइसराय लर्ड माउन्टबेटनको सिफारिश अनुसार ब्रिटिस संसदबाट पाकिस्तान र भारत छुट्टाछुट्टै देश हुने भनी घोषणा भएको थियो।
  • १५ अगस्ट १९४७ भारत स्वतन्त्र राष्ट्रको रूपमा घोषणा भएको थियो ।
  • १४ अगस्ट १९४७ पाकिस्तान स्वतन्त्र राष्ट्रको रूपमा घोषणा भएको थियो ।
  • पाकिस्तानको पहिलो गभर्नर जनरल मुहम्मद अलि जिन्नाह र प्रथम प्रधानमन्त्री लियाकत अलि खाँ नियुक्त भएको थियो ।
  • स्वतन्त्र भारतको प्रथम गभर्नर जनरलमा लर्ड माउन्टवेटन र प्रथम प्रधानमन्त्रीमा जवाहरलाल नेहरु नियुक्त भएको थियो
  • २६ जनवरी सन् १९५० मा भारत गणतन्त्रात्मक राष्ट्र घोषित र भारतको पहिलो गणतन्त्रात्मक संविधान घोषित भएको थियो ।

  • २७ अक्टोवर सन् १९४७ मा कश्मिर भारतमा विलय भएको घोषणा, तर पाकिस्तानद्वारा विरोध भएको थियो।
  • सन् १९५६ मा हैदरावाद निजाम भारतको आन्ध्र प्रदेश राज्यमा विलय भयो ।
  • भारतका पहिलो राष्ट्रपति डा. राजेन्द्रप्रसाद हुन्।
❖ भारतमा ब्रिटिस भायसराय (Viceroys of Indias )
  • लर्ड क्यानिङ (सन् १८५६ १८६२) यिनी भारतका लागि अन्तरिम गर्भनर जनरल प्रथम भायसराय थिए।
  • लर्ड एल्जिन (सन् १८६२-१८६३)
  • सर जन लरेन्स (सन् १८६४-१८६९) सन् १८६५ मा कोलकोता, मुम्बई र मद्रासमा हाइकार्ट स्थापना।
  • लर्ड ल्यान्सडाउन (सन् १८८८ १८९४)
  • लर्ड एल्जिन II (सन् १८९४- १८९९) सन् १८९६/१८९७ को भीषण अकाल, लोयल कमिशनरको नियुक्ति
  • लर्ड कर्जन (सन् १८९९ - १९०५) बङ्गाल विभाजन भएको, यिनी ब्रिटिस साम्राज्यवादका उन्नायक थिए।
  • लर्ड लिटन (सन् १८७६ - १८८०)
  • लर्ड रिपन (सन् १८८०-१८८४)
  • लर्ड उफरिन (सन् १८८४-१८८८)
  • लर्ड मिन्ये ।। (सन् १९०५ - १९१०) इण्डियन काउन्सिल एक्ट, १९०५ मलें मिन्ये सुधार योजना लागू
  • लर्ड हार्डिंग II (सन् १९१० - १९१६) बङ्गाल विभाजन कानुन रद्द, राजधानी कलकोताबाट दिल्ली सारियो ।
  • लर्ड चेम्स्फोर्ड (सन् १९१६-१९२१) (सन् १९१९ मा जनरल डायरको निर्देशनमा अमृतसरमा जालियवालवाग हत्याकाण्ड भएको)
  • लर्ड रिडिङ (सन् १९२१ - १९२६) रोयल एक्ट पारित, महात्मा गाँधीबाट सञ्चालित असहयोग आन्दोलन दमन
  •  लर्ड इर्विन (सन् १९२६ - १९३१) साइमन कमिशनको भारत यात्रा, महात्मा गान्धीका डौंडी मार्च।
  • लर्ड विलिङ्टन (सन् १९३१ - १९३६) सेकेण्ड राउण्ड टेबल, थर्ड राउण्ड टेबुल वार्ता, गर्भनर अफ इण्डिया एक्ट लागू
  • लर्ड लिनलिथगाउ (सन् १९३६ - १९४३) क्रिटस मिशन, क्विट इण्डिया मुभमेन्ट (८ अगस्त सन् १९४२)
  • लर्ड वेभेल (सन् १९४४ - १९४७) सिम्ला सम्मेलन, क्यानिनेट मिशन प्लान
  • लर्ड माउन्टवेटेन (मार्च १९४७ - अगस्ट १९४७) भारत स्वतन्त्र भएको, ब्रिटिस इण्डियाका अन्तिम भायसराय र स्वतन्त्र भारतका प्रथम गभर्नर जनरल