❖ जर्मनीको इतिहास
✰ सन् १८७० मा एउटा सानो राज्य प्रसियाबाट विस्मार्कले आफ्नो छिमेकका राज्यहरू जिती जर्मन महासंघको रूपमा एक विशाल राष्ट्र बनाई कैजरलाई त्यहाँको राजा बनाए ।
✰विस्मार्कले डेनमार्क, अष्ट्रिया र फ्रान्सलाई पराजित गरी जर्मनी राज्य खडा गरेका थिए ।
✰विस्मार्कको पतनपछि सम्राट कैजरले बेलायत, फ्रान्स जस्तै साम्राज्ययुक्त देश बन्ने सपना देखेका थिए ।
✰तर, प्रथम र द्वितीय विश्वयुद्धले त्यो सपना संकुचित पारिदियो ।
✰सन् १९३३ मा हिटलर जर्मनको चान्सलर बनी जर्मनलाई सुदृढ गराएका थिए ।
✰ तर, उनको साम्राज्यवादी भावना जर्मन राज्यको सर्वोच्चता जस्ता अति राष्ट्रवादी भावनाले विश्वलाई विश्वयुद्धको ज्वालामा होम्नुका साथै आफ्नो अखण्ड राष्ट्रियतालाई पारे ।
✰द्वितीय विश्वयुद्धपछि सन् १९४९ मा जर्मनी महासंघ जर्मन डेमोक्र्याटिक रिपब्लिक (पूर्वी जर्मनी) र फेडेरल रिपब्लिक अफ जर्मनी (पश्चिम जर्मनी) गरी दुई राष्ट्रमा विभाजित भए पनि सन् १९९० मा पूर्व र पश्चिम जर्मनी विभाजन भयो भने वोन -वर्लिन एक्टलाई जर्मन पर्लिआमेन्टले १० मार्च सन् १९९४ मा पारित गरेपछि जर्मनी एकीकरणको प्रक्रिया औपचारिकरूपमा पूरा भयो र देशको नाम रिपब्लिक अफ जर्मनी र राजधानी बर्लिन कायम गरियो । पुनः एकीकृत भएपछि क्षेत्रफल र जनसंख्याको दृष्टिले विशाल र आर्थिकरूपमा समृद्ध राष्ट्रको रूपमा परिणत भएको छ ।
❖ , जर्मन एकीकरण भएपछि भएका चान्सलरहरू
- हेलमुट कोल - सन् १९९४-१९९८
- गैराडू स्रोडर - सन् १९९८-२००५
- एज्जेला मार्केल - सन् १९०५- हालसम्म