❖ यातायात
☆ नेपालको पहिलो यातायात मन्त्री को थिए ?
→भद्रकाली मिश्र
☆नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको हो ?
→ वि.सं. १९९६
☆नेपालमा पहिलो पटक कालोपत्रे गरिएको सडक कुन हो ?
त्रिभुवन राजपथ
☆नेपालमा भाडाका सवारीबाट इजाजत दस्तुर लिन कहिले सुरु गरिएको हो ?
→ वि.सं. २०१७/१८ बाट
☆नेपालमा हाल कति जिल्ला सदरमुकाममा सडक सञ्जाल पुगेको छैन ?
→१ जिल्ला (हुम्ला)
☆हाल कार्यान्वयनमा रहेको सडक बोर्ड ऐन कुन हो ?
→ सडक बोर्ड ऐन २०५८
☆नेपालमा रेलवे सेवाको संचालन कहिलेदेखि भएको हो ?
→ वि.सं. १९९३
☆जनकपुर जयनगर रेलमार्गको लम्बाई कति छ ?
→५१ कि.मि.
☆नेपालको रेलवे सेवा कस्को सहयोगमा निर्माण भएको हो ?
→ब्रिटिश सरकार
☆मनकामना केबुलकारको लम्बाई कति छ ?
→ २.८ कि.मि. (कुरिनटार देखि मनकामना, २०५५ मंसिर ८ देखि सञ्चालित)
☆त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रलीबस रुटको लम्बाई कति रहेको छ ?
→ १३ कि.मि. (२०३२ पौष १४ बाट संचालनमा, हाल बन्द)
☆नेपालको एक मात्र ट्रलीबस सेवा कस्को सहयोगमा निर्माण गरिएको हो ?
→ चीन सरकारको
☆काठमाडौँदेखि हेटौँडासम्मको रोपवे (रज्जुमार्ग) को लम्बाई कति रहेको छ ?
→४२.२ कि.मि. (बि.सं. २०२१ सालदेखि सुरु भएको)
☆काठमाडौँ देखि हेटौँडासम्मको रोपवे (रज्जुमार्ग) को निर्माण कस्को सहयोगमा निर्माण गरिएको हो ?
→ अमेरिका
☆नेपालको सबैभन्दा लामो पक्की पुल कुन हो ?
→कर्णालीको कोठीयाघाट पुल (१०१५ मिटर), बर्दिया
☆नेपालको पहिलो बेलीब्रिज (पल्टुन ब्रिज) कुन नदीमा निर्माण गरिएको थियो ?
→कर्णाली (कोठियाघाटमा)
☆कोठियाघाटको बेलिब्रिजको लम्बाई र चौडाई कति रहेको थियो ?
→ लम्बाई १४५ मिटर र चौडाई ४ मिटर
☆नेपालमा सर्वप्रथम हवाईजहाज अवतरण कहिले भएको हो ?
→ वि.सं. २००६ बैशाख ११ (सानो गौचरनमा)