❖ यातायात

☆ नेपालको पहिलो यातायात मन्त्री को थिए ?

→भद्रकाली मिश्र

☆नेपालमा सार्वजनिक यातायातको साधनको प्रयोग कहिलेबाट भएको हो ?

→ वि.सं. १९९६

☆नेपालमा पहिलो पटक कालोपत्रे गरिएको सडक कुन हो ?

त्रिभुवन राजपथ

☆नेपालमा भाडाका सवारीबाट इजाजत दस्तुर लिन कहिले सुरु गरिएको हो ?

→ वि.सं. २०१७/१८ बाट

☆नेपालमा हाल कति जिल्ला सदरमुकाममा सडक सञ्जाल पुगेको छैन ?

→१ जिल्ला (हुम्ला)

☆हाल कार्यान्वयनमा रहेको सडक बोर्ड ऐन कुन हो ?

→ सडक बोर्ड ऐन २०५८ 

☆नेपालमा रेलवे सेवाको संचालन कहिलेदेखि भएको हो ?

→ वि.सं. १९९३

☆जनकपुर जयनगर रेलमार्गको लम्बाई कति छ ?

→५१ कि.मि.

☆नेपालको रेलवे सेवा कस्को सहयोगमा निर्माण भएको हो ?

→ब्रिटिश सरकार

☆मनकामना केबुलकारको लम्बाई कति छ ?

→ २.८ कि.मि. (कुरिनटार देखि मनकामना, २०५५ मंसिर ८ देखि सञ्चालित)

☆त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको ट्रलीबस रुटको लम्बाई कति रहेको छ ?

→ १३ कि.मि. (२०३२ पौष १४ बाट संचालनमा, हाल बन्द)

☆नेपालको एक मात्र ट्रलीबस सेवा कस्को सहयोगमा निर्माण गरिएको हो ?

→ चीन सरकारको

☆काठमाडौँदेखि हेटौँडासम्मको रोपवे (रज्जुमार्ग) को लम्बाई कति रहेको छ ? 

→४२.२ कि.मि. (बि.सं. २०२१ सालदेखि सुरु भएको)

☆काठमाडौँ देखि हेटौँडासम्मको रोपवे (रज्जुमार्ग) को निर्माण कस्को सहयोगमा निर्माण गरिएको हो ?

→ अमेरिका

☆नेपालको सबैभन्दा लामो पक्की पुल कुन हो ?

→कर्णालीको कोठीयाघाट पुल (१०१५ मिटर), बर्दिया

☆नेपालको पहिलो बेलीब्रिज (पल्टुन ब्रिज) कुन नदीमा निर्माण गरिएको थियो ?

→कर्णाली (कोठियाघाटमा)

 ☆कोठियाघाटको बेलिब्रिजको लम्बाई र चौडाई कति रहेको थियो ?

→ लम्बाई १४५ मिटर र चौडाई ४ मिटर

☆नेपालमा सर्वप्रथम हवाईजहाज अवतरण कहिले भएको हो ?

→ वि.सं. २००६ बैशाख ११ (सानो गौचरनमा)