❖ नेपालका प्रमुख खाद्यान्न बालिहरू

☆ धान (Rice / Paddy)

 धान उत्पादनको लागि कति डिग्री तापक्रम आवश्यक हुन्छ ?

 २७ डिग्री से. ३२ डिग्री सेन्टीग्रेड)

 विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ कुन हो ?

→ जुम्लाको पतरासी गा.वि.स. (२८५० मी. उचाईमा)

 नेपालमा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?

→ झापा कम मुस्ताङ)

 विश्वको धेरै धान उत्पादन गर्ने देश कुन हो ?

→  चीन

 नेपाल धान उत्पादनको हिसाबले विश्वको कति औं स्थानमा पर्दछ ?

 अठारौँ

धान खेतीको लागि बढी उपयुक्त माटो कुन हो ?

पाँगो माटो

❖ धान दिवस

 यो दिवस कहिले मनाइन्छ ?

हरेक वर्ष आषाढ १५

 २०७६ को नारा के रहेको छ ?

→ धान खेतीमा प्रविधि र यान्त्रीकरण : चामल आयतमा न्यूनिकरण

 २०७५ कोना नारा के रहेको छ ?

→ धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि

 कहिले देखि मनाउन थालिएको ?

→ वि.स. २०६१ असार १५ गते

 संयुक्त राष्ट्रसङ्ले कहिलेदेखि मनाउन थालेको हो ?

→ सन् १९६६ (भोकमरीबाट मुक्त भन्ने नारा रहेको थियो)

  • नेपालको तराई, भित्रि मधेस, पहाडी उपत्यका र पानी लाग्ने समथर भागमा धान खेती गर्न सकिन्छ। 
  • जुम्ला जिल्लाको पटमारा पतसारी क्षेत्रमा विश्वको सबैभन्दा अग्लो स्थानमा 'जुम्ली कालि मार्सी'जातको परम्परागत धान खेती गरिन्छ।

❖ मकै (Maize or Corn)

  • धानपछिको दोस्रो खाद्यबाली हो ।
  •  पहाडी क्षेत्रको मुख्य खाद्य बाली मकै हो ।
  • मकै खेतिको लागि २१° सेल्सियस भएको
  • न्यानो हावापानी, पानी लाग्ने तर पानी नजम्ने खुल्ला फुक्का खालको रातो फ्रुस्रो माटो, केही भिरालो धरातल, ७५ देखि १०० सेन्टिमिटर वर्षा हुने ठाउँ उपयोगी मानिन्छ ।
  • कम सिचाई भिरालो जमिनमा पनि मकै खेती राम्रो हुने हुँदा नेपालमा मकै खेतीको खाद्य पदार्थको रुपमा रुपान्तरण गर्नु पर्ने अवस्था छ । 

  • नेपालमा मकै खेतीको विस्तार गर्न Maize Mission सञ्चालन गरिएको छ ।

❖  गहुँ (Wheat)

  • नेपालको तेस्रो प्रमुख खाद्यान्न बाली गहुँ हो। 
  • यो १५° से. सम्मको कम तातो हावापानी, सिंचाइ हुने तर पानी नजम्ने समतल तथा भिरालो भूभाग ५० देखि ७५ सेन्टिमिटरसम्मको वर्षा भएको क्षेत्र उपयुक्त हुन्छ भने पाँगो माटो, कालो माटो, तलैया माटो मा खेती गर्न सकिन्छ।


❖ कोदो (Wheat)

  • कोदोको उत्पत्ति अफ्रिकी महादेशको ईथियोपिया भन्ने देशमा भएको हो।
  •  यो घाँसे परिवारमा पर्ने एक वर्षिय बाली हो।
  • यसको जरा रेशादार हुन्छ र २५-४० से.मी. सम्म तल जान्छ । 
  • करिब १५० से.मी. सम्म अग्लो हुने यो कोदोको डाँठ चौडा र गाँठो गोलो हुन्छ । 
  • प्रत्येक गाँठोबाट पात निस्कन्छ भने डाँठको माथिल्लो भागबाट बाला निस्कन्छ। यो स्वंमसेचन हुने बाली हो
  • नेपालको पहाडी क्षेत्रमा कोदोलाई मकै पछिको दोस्रो बाली मानिन्छ । सुख्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रोसँग सप्रने हुनाले यो बालीलाई नेपालको पहाडी भेगमा प्रमुख बालीमध्ये एक मानिन्छ । 
  • यसको खेती नेपालको पहाड र तराई दुवै क्षेत्रमा गरिन्छ। यसमा औसत ९.२५ प्रोटिन, १.३५ चिल्लो पदार्थ, ६.१५ खनिज पदार्थ, ७६.३२५, कार्बोहाइड्रेट आदि तत्वहरू मुख्य रूपमा पाइन्छ । 
  • नेपालमा यसको पिठोको रोटी वा ढिँडो बनाई खाइन्छ।
  • नेपालको चौथो मुख्य खाद्यबाली हो कोदो। कोदो नेपालको उत्पादन हुने मुख्य क्षेत्र पहाड़ी क्षेत्र हो।
  • यो समशितोष्ण हावापानीमा हुने बाली हो । यसलाई गरम हावापानी चाहिने भएता पनि यसको खेती तराईदेखी ७,000 फिट अग्लो पहाडसम्म गर्न सकिन्छ। बोट वृद्धिको लागि बढी तापक्रम चाहिन्छ। यसको सुख्खा सहन सक्ने क्षमता निकै हुन्छ। 
  • यसको लागि औसत अधिकतम तापक्रम २७ र न्यूनतम तापक्रम १८ डि.से. उपयुक्त मनिन्छ। 
  • वार्षिक वर्षा ३५०- १००० मि.मि. सम्म हुने ठाउँमा राम्रो भएको पाइन्छ ।