विभूषण

  • विभूषण राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योग्दान पुयाउने महानुभावलाई मुलुककातर्फबाट कदर तथा सम्मान स्वरूप मानपदवी, अलङ्कार तथा पदक जस्ता विभूषण प्रदान गरिन्छ। 
  • मानपदवी, अलङ्कार तथा पदक प्रदान गर्न विभूषण ऐन २०६४ व्यवस्था भई उक्त ऐन मिति २०६४ साउन ३२ देखि र विभूषण नियमावली २०६५ मिति २०६५ फागुन १२ देखि कार्यान्वयनमा आएका छन्। जस अनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुयाउने व्यक्तिलाई निम्न तीन प्रकार विभूषण प्रदान गरिन्छ।

क. मानपदवी

☆ ख. अलङ्कार

☆ ग. पदक

☆  क. मानपदवी

☆ नेपालमा ४ प्रकारका मानदवी प्रदान गरिन्छ । जुन निम्न रहेका छन् ।

  1.  नेपालरत्न मानपदवी
  2. राष्ट्रगौरव मानपदवी
  3. राष्ट्रदीप मानपदवी
  4. जनसेवाश्री मानपदवी

❖ नेपाल रत्न मानपदवी

☆ कसलाई प्रदान गरिन्छ ?

 नेपालको प्रतिष्ठा अभिवृद्धि गर्ने गरी राष्ट्रिय जीवनको कुनै पनि क्षेत्रमा उदाहरणीय योगदान पुयाउने नेपाली नागरिकलाई

☆ यो कस्तो विभूषण हो ?

→ नेपलाको सर्वोच्च विभूषण

☆ यस मानपदवीमा कुन आदर्श वाक्य लेखिएको हुन्छ ?

→ राष्ट्रोत्थानको विन्दु राष्ट्रप्रेम

  • नेपाल रत्न मानपदवीको प्रतीक मध्यमणि मालको हुन्छ भने यसलाई घाँटीमा पहिराइन्छ। यस पदवीको प्रत्येक कोणमा ५/५ वटा हिरा हुन्छन। मध्य भागमा सुनबाट बनेको नेपालको नक्सा र त्यसमाथि सगरमाथाको चित्र रहेको हुन्छ।
  • यस मानदवीको श्रेणी विभाजन गरिएको छैन।
❖ राष्ट्रगौरव मानपदवी

 ☆ कसलाई प्रदान गरिन्छ ?

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउन विशिष्ट योगदान पुऱ्याउने विदेशी मुलुकको राष्ट्राध्यक्ष वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने नागरिकलाई

 ☆ यस मानपदवीमा कुन आदर्श वाक्य लेखिएको हुन्छ ?

→ मातासमान मातृभूमि

  • यस मानपदवीको प्रतीकमा मण्डल, प्रालम्बिका र पट्टा हुन्छ। मण्डनको बाहिरी वृत्तको भित्र माथिल्लो भागमा यस मानपदवीको नाम राष्ट्रगौरव लेखिएको हुन्छ।
  • यस मानदवीको श्रेणी विभाजन गरिएको छैन ।

❖ राष्ट्रदीप मानपदवी

 ☆ कसलाई प्रदान गरिन्छ ?
नेपालको यश, श्रीवृद्धि, हित तथा उत्थानका लागि आ-आफ्नो क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने नेपाली नागरिक वा विदेशी नागरिकलाई यो मानपदवी प्रदान गरिन्छ।

 ☆  यस मानपदवीमा कुन आदर्श वाक्य लेखिएको हुन्छ ?

राष्ट्रभक्ति अमूल्य शक्ति

❖ यस मानपदवीलाई ५ श्रेणीमा विभाजन गरिएको छ।

 ☆  प्रथम श्रेणी 

  • महाउज्ज्वल राष्ट्रदीप

 ☆   द्वितीय श्रेणी =  

  • उज्जवल कीर्तिमय राष्ट्रदीप 

 ☆  तृतीय श्रेणी राष्ट्रदीप  

  • सुकीर्तिमय राष्ट्रदीप

 ☆  चतुर्थ श्रेणी   

  • कीर्तिमय राष्ट्रदीप

 ☆  पञ्चम श्रेणी      

  • राष्ट्रदीप


❖ जनसेवाश्री मानपदवी

 ☆  कसलाई प्रदान गरिन्छ ?

→ राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुऱ्याउने विदेशी नागरिकलाई

  यस मानपदवीमा कुन आदर्श वाक्य लेखिएको हुन्छ ?

→ सेवा नै परम धर्म हो

 ☆ यस मानपदवीलाई ५ श्रेणीमा विभाजन गरिएको छ।

 ☆  प्रथम श्रेणी 

  • सुप्रसिद्ध प्रबल जनसेवा श्री

 ☆   द्वितीय श्रेणी =  

  • प्रसिद्ध प्रबल जनसेवा श्री

 ☆  तृतीय श्रेणी राष्ट्रदीप  

  • सुप्रवल जनसेवा श्री

 ☆  चतुर्थ श्रेणी   :

  • प्रबल जनसेवा श्री

 ☆  पञ्चम श्रेणी     

  • जनसेवा श्री

❖ ख. अलङकार
 ☆ नेपालमा ९ प्रकारका अलंकार प्रदान गरिन्छ। जसको मर्यादाक्रम निम्न रहेको छ।
  1. राष्ट्र यशोबर्द्धक अलङ्कार
  2. नेपाल सेवा प्रवीण अलङ्कार
  3.  परम पौरख भाष्कर अलङ्कार
  4. अति पौरख भाष्कर अलङ्कार
  5.  महा पौरख भाष्कर अलङ्कार 
  6. समाज सेवा रत्न अलङ्कार
  7. नेपाल भूषण अलङ्कार
  8. नेपाल प्रताप सुभूषण अलङ्कार
  9.  नेपाल प्रताप आभूषण अलङ्कार
 ☆ जुनसुकै व्यक्तिलाई प्रदान गर्न सकिने नेपालका अलङ्कार
  • क. राष्ट्र यशोबर्द्धक
  • ख. नेपाल सेवा प्रवीण
  • ग समाज सेवा रत्न
 ☆ नेपाली सेनालाई मात्त प्रदान गरिने नेपालका अलङ्कार
  • क. परम पौरख भाष्कर 
  • ख. अति पौरख भाष्कर 
  • ग  महा पौरख भाष्कर
 ☆ प्रहरी सेवाका कर्मचारीहरूलाई मात्त प्रदान गरिने अलङ्कार
  • क. नेपाल भूषण
  • ख. नेपाल प्रताप सुभूषण 
  • ग  नेपाल प्रताप आभूषण
❖ ग. पदक
 ☆ नेपालमा १४ प्रकारका पदक प्रदान गर्ने गरिन्छ । जसको मर्यादाक्रम निम्न रहेको छ।
  1. लोक श्री
  2. समाजसेवा पदक
  3. सुकाति पदक
  4.  प्राकृतिक प्रकोप पीडितोद्वार
  5.  विज्ञान प्रवीण पदक
  6. राष्ट्र सेवा
  7. शिक्षा ज्योति पदक
  8. वीरता पदक
  9. विकास रत्न पदक
  10. संविधान सभा निर्वाचन पदक
  11. सत्कार्य पदक
  12. सगरमाथा पदक
  13. सौर्य पदक
  14. शान्ति पदक