❖ केही प्रमुख जनजातिहरू

★ किसान

★यो जाति मूल थलो कहाँ हो ?

→ झापा

★ किसान जातिलाई अर्को के नामले चिनिन्छ ?

→ उराव (राणाकालदेखि नेपालमा बसोबास गर्न थालेका यिनीहरू करिव ७०० को संख्यामा छन्) ।

 ❖ कुमाल

★ मुख्य पेशा के हो ?.

→ माटाका भाँडा बनाउने

★मुख्य बसोबास कहाँ रहेको छ ?

→दोलखा, धादिङ र पर्वत जिल्लामा

 ❖ कुसवाडिया

★कहाँ बस्छन् ?

→बाँके र बर्दिया

★मुख्य विशेषता ?

→कुछवन्दिया समेत भनिने हिन्दु धर्म अवलम्बन गरेको जाति, उक्त क्षेत्रमा करिव ५०० को संख्यामा बसोबास गर्दछन्।यो जाति महाभारत कालीन किचकको वंशजको रूपमा चिनाउन खोज्दछन् ।

 ❖ किचक

★ मूल बसोबास कहाँ छ ?

→ मोरङ

 ❖  ब्यासी/टिकरी

★मूल थलो कहाँ रहेको छ ?

→दार्चुला

★यो जातिको प्रमुख चाड कुन हो ?

→ धवला

★ उनीहरूले लगाउने पोशाकलाई के भनिन्छ ?

→ च्युङवाला"

★ठूलो छोरीको बडानी पूजा भनी ब्रतबन्ध गर्ने चलन कुन जातिमा छ ?

→ ब्यासी

★ब्यासीहरू आफुलाई कसका सन्तान मान्दछन् ?

→आफुलाई ऋषिका सन्तान मान्ने (यिनीहरूलाई शौका जाति समेत भनिन्छ।)

 ❖ कुसुण्डा

★ कहाँ बसोबास गर्छन् ?

→ सल्यान, प्युठान, दाङ, दैलेख र सुर्खेत

★मुख्य विशेषता के हो ?

→ जङ्गलमा बस्ने र आफ्नो छुट्टै भाषा भएको यो जातिले आफ्नो वास्तविक थर लेख्न छोडेकोले लोप भएको अनुमान 

 ❖ गनगाई

★कहाँ बस्छन् ?

→ झापा र मोरङ

★मुख्य विशेषता के रहेको छ ?

→ मण्डल वा गणेश भनिने यिनीहरू कन्काई नदीको छेउछाउमा बसोबास गर्दछन्। महादेव र ठाकुरलाई कूल देवता मान्दछन् ।

 ❖ गुरुङ

★कहाँ बस्छन् ?

→ गण्डकी क्षेत्र

★गुरुङ जातिले घरमा कोर्ने चित्रलाई के भनिन्छ ?

→ पुराती

★गुरुङ जातिका प्रमुख नाचहरू के के हुन् ?

→ पुटपुढे र रोदी नाच

★गुरुङहरूले आफुलाई के भन्न रुचाउँछन् ?

→ तमु

★गुरुङहरूको बसोबास भएको क्षेत्रलाई के भनिन्छ ?

→ तमुवान

★गुरुङहरूको प्रमुख चाड कुन हो ?

→ तमु ल्होसार (पुस १५ मा मनाउने )

★गुरुङ जातिमा केटाले केटीलाई दिने उपहारलाई के भनिन्छ ?

→ छोनम

★गुरुङ जातिमा केटीले केटालाई दिने उपहारलाई के भनिन्छ ?

→ फोनाम

★गुरुङ समुदायमा युवायुवतीमा माया प्रीति आदानप्रदान गर्ने परम्परागत ठाउँलाई के भनिन्छ ?

→ रोदीघर

★गुरुङ भाषाको पहिलो चलचित्र कुन हो ?

→ पाते

 ❖ चेपाङ

★कहाँ बस्छन् ?

→ मकवानपुर, म्याग्दी, मुस्ताङ, गोरखा र धादिङ

★चेपाङहरू कुन समूहमा पर्दछन ?

→ अतिसिमान्तकृत

★चेपाङ जातिको पुरोहितलाई के भनिन्छ ?

→ पाँडे

★चेपाङहरूको मुख्य चाड के भनिन्छ ?

→ चोनाम

★चेपाङहरूले कुन भाषा बोल्दछन् ?

→ खाम्ची

★चेपाङहरूले विवाहमा छोरीलाई दाइजोको रूपमा के दिन्छन् ?

→ चिउरीको बोट

★चेपाङ जातिको स्वादिलो परिकार के हो ?

→ चमेराको मासु

★चेपाङ जातिमा विवाह गर्दा दुलहा र दुलहीको टाउको कति पटक जुधाउने चलन छ ?

→ ३ पटक-

★चेपाङहरू आफुलाई के भन्न रुचाउछन् ?

→ प्रजा

★चेपाङ जातिलाई प्रजा जाति भनी कहिले नामकरण गरियो ?

→ वि.सं २०३४

★चेपाङहरू आफुलाई कसका सन्तान भन्न रुचाउछन् ?

→ लवका सन्तान

★ चेपाङ जातिमा केटी माग्न जाँदा कुन बार पारेर जाने चलन छ ?

→ मंगलबार

★नेपालमा प्रजा विकास कार्यक्रम कहिले सुरु गरिएको हो ?

→वि.स. २०३५

★चेपाङ सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ?

→ चितवनको शक्तिखोरमा (वि.सं. २०६१ मंसिर ११ मा)

★ 'चिन्हो जान्हो' कुन भाषाको पत्रिका हो

→ चेपाङ