❖ केही प्रमुख जनजातिहरू
★ किसान
★यो जाति मूल थलो कहाँ हो ?
→ झापा
★ किसान जातिलाई अर्को के नामले चिनिन्छ ?
→ उराव (राणाकालदेखि नेपालमा बसोबास गर्न थालेका यिनीहरू करिव ७०० को संख्यामा छन्) ।
❖ कुमाल
★ मुख्य पेशा के हो ?.
→ माटाका भाँडा बनाउने
★मुख्य बसोबास कहाँ रहेको छ ?
→दोलखा, धादिङ र पर्वत जिल्लामा
❖ कुसवाडिया
★कहाँ बस्छन् ?
→बाँके र बर्दिया
★मुख्य विशेषता ?
→कुछवन्दिया समेत भनिने हिन्दु धर्म अवलम्बन गरेको जाति, उक्त क्षेत्रमा करिव ५०० को संख्यामा बसोबास गर्दछन्।यो जाति महाभारत कालीन किचकको वंशजको रूपमा चिनाउन खोज्दछन् ।
❖ किचक
★ मूल बसोबास कहाँ छ ?
→ मोरङ
❖ ब्यासी/टिकरी
★मूल थलो कहाँ रहेको छ ?
→दार्चुला
★यो जातिको प्रमुख चाड कुन हो ?
→ धवला
★ उनीहरूले लगाउने पोशाकलाई के भनिन्छ ?
→ च्युङवाला"
★ठूलो छोरीको बडानी पूजा भनी ब्रतबन्ध गर्ने चलन कुन जातिमा छ ?
→ ब्यासी
★ब्यासीहरू आफुलाई कसका सन्तान मान्दछन् ?
→आफुलाई ऋषिका सन्तान मान्ने (यिनीहरूलाई शौका जाति समेत भनिन्छ।)
❖ कुसुण्डा
★ कहाँ बसोबास गर्छन् ?
→ सल्यान, प्युठान, दाङ, दैलेख र सुर्खेत
★मुख्य विशेषता के हो ?
→ जङ्गलमा बस्ने र आफ्नो छुट्टै भाषा भएको यो जातिले आफ्नो वास्तविक थर लेख्न छोडेकोले लोप भएको अनुमान
❖ गनगाई
★कहाँ बस्छन् ?
→ झापा र मोरङ
★मुख्य विशेषता के रहेको छ ?
→ मण्डल वा गणेश भनिने यिनीहरू कन्काई नदीको छेउछाउमा बसोबास गर्दछन्। महादेव र ठाकुरलाई कूल देवता मान्दछन् ।
❖ गुरुङ
★कहाँ बस्छन् ?
→ गण्डकी क्षेत्र
★गुरुङ जातिले घरमा कोर्ने चित्रलाई के भनिन्छ ?
→ पुराती
★गुरुङ जातिका प्रमुख नाचहरू के के हुन् ?
→ पुटपुढे र रोदी नाच
★गुरुङहरूले आफुलाई के भन्न रुचाउँछन् ?
→ तमु
★गुरुङहरूको बसोबास भएको क्षेत्रलाई के भनिन्छ ?
→ तमुवान
★गुरुङहरूको प्रमुख चाड कुन हो ?
→ तमु ल्होसार (पुस १५ मा मनाउने )
★गुरुङ जातिमा केटाले केटीलाई दिने उपहारलाई के भनिन्छ ?
→ छोनम
★गुरुङ जातिमा केटीले केटालाई दिने उपहारलाई के भनिन्छ ?
→ फोनाम
★गुरुङ समुदायमा युवायुवतीमा माया प्रीति आदानप्रदान गर्ने परम्परागत ठाउँलाई के भनिन्छ ?
→ रोदीघर
★गुरुङ भाषाको पहिलो चलचित्र कुन हो ?
→ पाते
❖ चेपाङ
★कहाँ बस्छन् ?
→ मकवानपुर, म्याग्दी, मुस्ताङ, गोरखा र धादिङ
★चेपाङहरू कुन समूहमा पर्दछन ?
→ अतिसिमान्तकृत
★चेपाङ जातिको पुरोहितलाई के भनिन्छ ?
→ पाँडे
★चेपाङहरूको मुख्य चाड के भनिन्छ ?
→ चोनाम
★चेपाङहरूले कुन भाषा बोल्दछन् ?
→ खाम्ची
★चेपाङहरूले विवाहमा छोरीलाई दाइजोको रूपमा के दिन्छन् ?
→ चिउरीको बोट
★चेपाङ जातिको स्वादिलो परिकार के हो ?
→ चमेराको मासु
★चेपाङ जातिमा विवाह गर्दा दुलहा र दुलहीको टाउको कति पटक जुधाउने चलन छ ?
→ ३ पटक-
★चेपाङहरू आफुलाई के भन्न रुचाउछन् ?
→ प्रजा
★चेपाङ जातिलाई प्रजा जाति भनी कहिले नामकरण गरियो ?
→ वि.सं २०३४
★चेपाङहरू आफुलाई कसका सन्तान भन्न रुचाउछन् ?
→ लवका सन्तान
★ चेपाङ जातिमा केटी माग्न जाँदा कुन बार पारेर जाने चलन छ ?
→ मंगलबार
★नेपालमा प्रजा विकास कार्यक्रम कहिले सुरु गरिएको हो ?
→वि.स. २०३५
★चेपाङ सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ?
→ चितवनको शक्तिखोरमा (वि.सं. २०६१ मंसिर ११ मा)
★ 'चिन्हो जान्हो' कुन भाषाको पत्रिका हो
→ चेपाङ