❖नेपालमा प्रचलित केही प्रथाहरू

☆ घोडाभेडा प्रथा

★ घोडाभेडी प्रथा कहाँ प्रचलनमा रहेको छ ?

  • कर्णाली प्रदेशको मुगु जिल्लामा
  • लेनदेन, जारी, कुटपिट, अंशबण्डा आदिसम्बन्धी झगडा वा विवादमा स्थानीय भद्र भलादमीहरुले दुवै पञ्चलाई जुटार्य झगडा मिलाउने र झगडा मिलेपछि मध्यस्थकर्तालाई भेडा काटेर खुवाउनुपर्ने र फर्किंदा घोडामा चढाएर पठाउनु पर्ने प्रथालाई घोडाभेडा प्रथा भनिन्छ ।

☆  खुल्ला प्रथा 

★ खुल्ला प्रथा कहाँ प्रचलनमा रहेको छ ?

  •  कर्णाली प्रदेशको डोल्पा जिल्लामा
  • अविवाहित युवतीहरू प्रत्येक वर्ष पौष १५ गतेदेखि चैत्र १५ गतेसम्म आफूलाई चाहिने खाद्यान्न तथा लत्ताकपडा लिएर नजिकैको जंगलमा गई एकान्त जीवन बिताउने प्रथालाई खुल्ला प्रथा भनिन्छ।

 देउकी प्रथा

★ देउकी प्रथा कहाँ प्रचलनमा रहेको छ ?

सुदूरपश्चिमको सेती र महाकाली अञ्चलमा

खास देउकी प्रथा भनेको के हो ?

कसैलाई महारोग लागेमा, छोरा नभएमा मुद्दा जित्ने भाकल गर्न, आफ्नो मनोकामना पूरा गर्न आफ्नो छोरी देवीलाई चढाउने प्रथा हो।

देउकी प्रथा कहिलेदेखि चलिआएको हो ?

→ करिव ३०० वर्ष पहिले

देउकी प्रथाको केन्द्र कहाँ छ र कुन हो ?

→ बैतडी जिल्लाको मेलौली देवीको मन्दिर

  • देउकीहरूको जिविकोपार्जनको स्रोत मन्दिरमा चढाएको भेटी तथा सामग्री हो तर यसले मात्र जीवन धान्न नसक्दा देउकीहरू देह व्यापार गर्न पनि बाध्य भएका छन्।

☆ झारा प्रथा 

 झाराप्रथा भनेको के हो ?

→राज्य, भूमिपति तथा सरकारी कर्मचारीहरूले पारिश्रमिक नै नलिई लिने सेवा वा काम हो।

 झारा प्रथा कति प्रकारको हुन्छ ?

→ २ (व्यक्तिगत काम लिइने र सरकारी कामका लागि लिइने)

 प्राचीन कालदेखि नै प्रचलनमा आएको यस प्रथाले मध्यकाल र आधुनिक कालमा समेत व्यापकता लिएको देखिन्छ।

 प्रजातन्त्र स्थापना पश्चात यो प्रथा लोप हुँदै गएता पनि नेपालका ग्रामीण क्षेत्रमा यो प्रथा अझै पनि कायमै छ।

☆ बाँधा प्रथा

  गरिबहरूले आफुसँग राख्ने कुनै सामान नहुँदा आफ्ना सन्तानलाई नै बन्धक राख्ने प्रथालाई के भनिन्छ ?

→ बाँधा प्रथा

 पृथ्वीनारायण शाहको पालाअघि यो प्रथा प्रचलनमा रहेको पाइन्छ।

यो प्रथा प्रचलनमा आउनुको मुख्य कारण बहुसंख्यक जनता कृषिमा आश्रित हुनु तर आफ्नो निजी जग्गा नहुँदा सन्तानलाई बन्धकी राखी ऋण लिने हो भने उक्त ऋण तिर्न नसक्दा बन्धकी राखेका सन्तानहरू दासदासीमा परिणत हुन्थे।

☆ झुमा र ढावा प्रथा

★ यो प्रथा कहाँ प्रचलनमा छ ?

यो प्रथा नेपालको उत्तरी भागमा बसोबास गर्ने शेर्पा, लामा, लोवाले चलाएको प्रथा

★ यो कस्तो प्रथा हो ?

→ बौद्ध धर्मावलम्बी केही कुमारी केटीहरूलाई बौद्ध गुम्बाको सेवा गर्न चढाउने प्रथा हो।

★ सेवा गर्न कुन छोरा र छोरीलाई चढाउछन् ?

 → तीनवटी छोरी भएमा माईली छोरीलाई झुमा (बौद्ध कन्या) र तीन वय छोरा भएमा माइलो छोरालाई ढावा (लामा) बनाएर बौद्ध गुम्बाको सेवा गर्न चढाइन्छ ।

  • कोही स्वेच्छाले झुमा बन्दछन्। गुम्बामा रहेका झुमा र लामाबीच अबैध यौन सम्बन्ध भै जन्मेको सन्तान लामा वा झुमाका रूपमा त्यही गुम्बामा रहने प्रचलन छ ।

घुम्टो प्रथा

विवाहित महिलाहरूले मान्यजन र पुरुषहरूको अगाडी जाँदा सधै घुम्यले अनुहार छोप्नु पर्ने प्रचलनलाई घुम्ये प्रथा भनिन्छ । 

यो प्रथा नेपालको पूर्वी र मध्यतराईमा प्रचलनमा छ। यस अवस्थामा पहिलो बच्चा नभए सम्म उज्यालोमा सौच गर्न समेत प्रतिबन्ध गरिएको हुन्छ।

 घुम्टयका कारण विवाहपश्चात् प्राय सबै महिलाहरू अगाडी बढ्नबाट वञ्चित छन्। 

★ शिक्षा र अवसरबाट वञ्चित हुन परेको छ । शिक्षा, सामाजिक जागरण, राजनीतिक र सामाजिक दबाब मार्फत यस्ता कार्यहरूमा सुधार ल्याउन सकिन्छ।

दाइजो प्रथा

विवाहको क्रममा दुलही पक्षले दुलाहा पक्षलाई राजीखुसी, सहमति, दबाब वा अनुरोधमा प्रदान गर्ने नगद, जिन्सी, धन सम्पत्ति र सामग्रीलाई दाइजो भनिन्छ। 

दाइजो लिनेदिने चलन कुनै न कुनै रूपमा बिगत देखि नै चलि आएको छ।

हिजोआज यस्तो व्यवहारलाई इज्जत वा प्रतिष्ठासँग जोडी प्रतिस्पर्धा गर्नाले समस्या विकराल बन्दै गएको छ। 

यसबाट सामाजिक सन्तुलन र सद्भाव कायम गर्न बाधा पुगेको छ। फलस्वरूप दाइजोको विषयलाई आधार बनाई महिला हिंसा, घरेलु हिसा, पारिवारिक विखण्डन, आत्महत्या जस्ता घटनाहरू घटीरहेका छन् ।

छाउपडी प्रथा

★ यो प्रथा कहाँ प्रचलनमा छ ?

→ विशेष गरी सुदूरपश्चिमका केही जिल्लामा

★ छाउपडी प्रथा भनेको के हो ? 

महिनावारी भएका महिलाहरूलाई घरबाट केही यढा गोठमा राख्ने प्रथालाई छाउपडी प्रथा भनिन्छ ।

  • छाउपडी बस्ने महिलाहरूले आँगन टेक्न नहुने, दुध दही खान नहुने, पढ्न लेख्न नहुने जस्ता बन्धन तोकिएका छन् ।
  • महिनावारी तथा सुत्केरी अवस्थालाई अशुभ मानी महिलालाई अँध्यारो गोठमा राखिने हुँदा आमा तथा शिशुको स्वास्थ्य अवस्था खतरामा पर्ने, बलात्कारको शिकार हुनुपर्ने तथा सामान्य जैविक प्रक्रियालाई अन्धविश्वासी दृष्टिले हेर्दा न्यूनतम मानवीयतामाथि प्रश्नचिन्ह लागेको पाइन्छ।


☆ डंगुवा प्रथा

★ डंगुवा प्रथा भनेको के हो ?

→ आफ्नो लोग्ने परलोक भएकी विधवा महिलाले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै घरमा राख्न पाउने प्रथालाई डंगुवा प्रथा भनिन्छ।

★ यो प्रथा कुन समुदायमा प्रचलित छ ?

→ राजवंशी समुदायमा

  • यो प्रथामा डंगुवा बस्ने पुरुषलाई अरु विवाहित पुरुषले राती घुम्टो ओढाएर विधवा नारीको घरमा भित्र्याउछन् । यस्तो डंगुवा बस्ने पुरुषहरू या त विदूर हुन्छन् या आर्थिक रूपमा कमजोर हुन्छन्।
  • डंगुवा बसेका पुरुष र महिलाबीच पति र पत्नीको सम्बन्ध रहेता पनि उक्त पुरुषको दर्जा समाजमा अन्य पुरुषभन्दा तल मानिन्छ ।

☆ कमैया प्रथा

★ यो प्रथा कहाँ प्रचलनमा छ ?

→ मध्य तथा सुदूरपश्चिमका केही जिल्लामा

★ खास कमैया वा डगौरा प्रथा भनेको के हो ?

→ राना थारु तथा डगौरा थारु समुदायका साहु महाजनबाट ऋण फुकाउन नसक्दासम्म साहुकहाँ बसी निशुल्क काम गर्ने र ब्याज मिनाह गर्ने प्रथालाई कमैया प्रथा भनिन्छ।