❖फ्रान्सको इतिहास
✰ फ्रान्सको इतिहास सन् १७८९ मा भएको “फ्रान्सिसी राज्यक्रान्ति" बाट गतिशील हुन्छ ।
✰यस क्रान्तिमा “समानता, स्वतन्त्रता र भातृत्वको नारा दिइएको थियो जो पछि विश्वको धेरै मुलुकमा फैलियो ।
✰तर, त्यतिमा मात्र फ्रान्स सीमित रहेन । नेपोलियन बोनापार्टको नेतृत्वमा पुरोम विजयको अभियान चल्यो जो सफल भए पनि पछि नेपोलियनको पतनपछि यो स्थिति कायम रहन सकेन ।
✰ विश्वमा आज पनि प्रानक उपनिवेशहरू रहेका छन् । आज फ्रान्स लोकतन्त्रात्मक र प्रमुख औद्योगिक राष्ट्रका रूपमा छ ।
❖ फ्रान्सको राज्यक्रान्ति
✰ सन् १७८९ मा फ्रान्समा राज्यक्रान्ति भएको थियो।
✰राज्यक्रान्ति हुँदा फ्रान्सको राजगद्दीमा लुइस सोह्रौं बसेका थिए ।
✰फ्रान्सका राजा आफूलाई ईश्वर ठान्दथे भने लुई चौधौले आफूलाई I am the state भन्दथे ।
✰पेरिसदेखि १२ माइल टाढा भसाइल्समा ३० करोड रुपैयाँ खर्च गरेर बनाइएको दरबारमा राजारानी बस्दथे ।
✰फ्रान्सको राजतन्त्र निरङ्कुश र स्वेच्छाचारी थियो ।
✰फ्रान्सका लुइ शासकहरू वर्वन वंशका थिए ।
✰फ्रान्सको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाबारे मन्टेस्क्यु, भोल्टेयर, रूसो, डिडेरोजस्ता दार्शनिकहरूले फ्रान्सेली जनता आफ्नो देशको बिग्रँदो अवस्थाबारे चेतना जगाएका थिए ।
✰तत्कालीन शासकहरूको जनविरोधी र भ्रष्ट नीति, आर्थिक विशृङ्खला, अर्थ मन्त्री क्लोनको गलत नीतिको बिरोधमा लुइ
शासनकालमा सन् १७८९ मा भएको गृहयुद्धलाई नै फ्रान्सको राज्यक्रान्ति भनिन्छ ।
✰फ्रान्सको राज्य धर्म क्याथोलिक थियो । प्रोटेस्टेन्ट धर्मलाई अपराध मानिन्थ्यो ।
✰फ्रान्सको शासन केन्द्रीकृत थियो ।