❖ केही लोक तथा शास्त्रीय नृत्यहरूको संक्षिप्त जानकारी
☆ धान नाच -
- धान नाच लिम्बु जातिमा प्रचलित छ। यो नाच हात बजार, मेला, पर्वमा युवा युवतीबिच नाच्ने गरिनछ।
☆ घाटु नाच
- यो गुरुङ, मगर र दुरा समुदायमा प्रचलित लोकनृत्य हो ।
- यो नृत्य प्रत्येक वर्ष बसन्त पञ्चमीका दिन शुरु भई बैशाख पूर्णिमाको दिन समाप्त हुन्छ।
- यो नाच राजा परशुराम र रानी यम्मावतीको कथामा आधारित छ। यस
- नाचमा रजस्वला नभएकी कन्यालाई नचाउने चलन छ।
☆ चौलो नाच
- सुदूरपश्चिमी क्षेत्रको पहाडी भेगमा कार्तिक महिनाको शुक्लपक्षमा आयोजना गरिने यस नाचलाई चौलो वा चलो नाच पनि भनिन्छ ।
☆ चण्डी नाच
- विशेष गरेर ढोलक र झ्याम्टासहित चण्डी गीत गाउँदा यो नाच नाचिन्छ । विशेषतः राईहरूले उधौली र उभौली पर्वमा यो नाच नाच्छन् ।