❖ बेलायतको इतिहास
Magna Carta a Magna Carta Liberatum
✰ बेलायतका राजा जोनले सन् १२१५ मा हस्ताक्षर गर्न बाध्य भएको यो The Great Charter of the Liberties of England को यो दस्तावेजले राजाका असीसिम अधिकारहरूलाई सीमित पारेको थियो। राजाले कानुनबमोजिम शासन चलाउने र कानुन अनुसार मात्र दण्ड दिन पाउने भए।
✰ ल्याटिन भाषामा पाठ लेखिएको यो करारलाई पछि अङ्ग्रेजी भाषामा अनुवाद गरिएको थियो।
✰ ब्रिटिस जनतालाई सीमित स्वतन्त्रता र कानुनी अधिकार दिनुलाई महत्त्वपूर्ण घटनाको रूपमा लिन सकिन्छ ।
✰ बेलायतको संविधानलाई अलिखित संविधानको रूपमा लिइने भएतापनि यहाँको संवैधानिक विकासको इतिहास लामो रहेको छ। त्यसमध्ये म्यागनाकार्टालाई सर्वाधिक महत्वपूर्ण दस्तावेजका रुपमा लिइन्छ ।
✰ ब्रिटिस नागरिकको स्वतन्त्रताको आत्माको रूपमा रहेको यस महान अधिकारपत्रलाई स्वतन्त्रताको वडापत्रको रुपमा समेत हेरिन्छ ।
✰ सन् १२१५ मा बेलायतका राजाका विरुद्ध पादरी तथा जनताहरूले स्वतन्त्रताको माग गर्दै संघर्ष गरेका थिए ।
✰ सङ्घर्षको परिणामस्वरूप सन १२१५ मा राजा र प्रजाबीच सम्झौता भई जनताको आधारभूत स्वतन्त्रताको संरक्षण गर्न महान अधिकार पत्र जारी भएको थियो । त्यही महान
✰ अधिकार पत्रलाई नै म्यागनाकार्टा (Magna Carta) भनिन्छ । म्यागनाकार्टा राजा र पादरीबीचको सम्झौता क्षेत्रको उपजका रूपमा समेत लिइन्छ ।
✰ बेलायतका राजा जोन द्वितीयले स्वतन्त्रताको महान अधिकारपत्रमा सन् १२१५ जून १५ मा हस्ताक्षर गरेका थिए।
✰ म्यागनाकार्टाले बेलायती राजा र जनताबीचको सम्बन्ध र अधिकारलाई निर्धारित गरेको थियो ।
✰ म्यागनाकार्टाले कानुनको शासन, संसदात्मक प्रभुत्त्व र न्यायिक निष्पक्षताको जग बसालेको थियो।
✰ म्यागनाकार्टालाई बेलायतको संवैधानिक इतिहासमा स्वतन्त्रताको प्रथम बडापत्र (First Great Charter) मानिन्छ।
✰ म्यागनाकार्टामा अनुसुची बाहेक ६३ धाराहरू छन् ।
✰म्यागनाकार्टाले सम्पत्तिको अधिकारलाई आत्मसात गर्दै अनुचित कर (Unjust Taxation) लाई नियन्त्रण गरेको थियो ।
❖ म्यागनाकार्टामा भएका मुख्य व्यवस्थाहरू
✰ राजाले संसद्को अधिवेशन नियमितरूपमा बोलाउनु पर्ने,
✰ ऐन पारित गर्ने अधिकार संसद्लाई हुने,
✰ संसद्को स्वीकृतिबिना कुनै पनि प्रकारको कर उठाउन नपाउने,
✰राजकीय सेनाको लागि चाहिने आर्थिक व्यवस्था संसद्को स्वीकृतिबाट मात्र निर्धारण हुने,
✰कानुन र कानुनको उचित प्रक्रिया बिना कुनै पनि स्वतन्त्र व्यक्तिलाई थुनामा राख्न वा देश निकाला गर्न नपाइने,
✰कुनै पनि व्यक्तिलाई कानुनले तोकेभन्दा बढी सजायको भागिदार नबनाइनुका साथै कसैलाई मृत्युदण्ड नदिइने,
✰ लण्डन तथा अन्य सहरहरूमा आफ्ना प्रथाहरू सञ्चालन गर्न पाउनुका साथै चर्चलाई स्वायत्तत्ता प्राप्त हुने,
✰ न्याय दिनमा ढिलाइ एवम् इन्कारी नगरिने,
✰विधवालाई पुनः विवाह गर्न कर नलगाइने,
✰ जनतालाई व्यक्तिगत सम्पत्तिको अधिकार, व्यक्तिगत स्वतन्त्रताको अधिकार, जथाभावी सजाय विरुद्धको अधिकार र स्वतन्त्र र निष्पक्ष पुपक्षको अधिकार ।
✰Magna Carta ग्रीक सभ्यताको प्रभाव हो ।
✰म्यागनाकार्टामा हेनरी तृतीयले संशोधन र पूर्णता प्रदान गरेका थिए ।
✰हेनरी द्वितीयको समयमा बेलायतका पोप इन्नोसेन्ट तृतीय थिए ।
'✰म्यागनाकार्टाको दफा ३८, २९ र ४० मा व्यक्तिगत स्वतन्त्रता र अधिकारको वर्णन गरिएको छ ।
✰दफा ३९ ले कानुनको उचित प्रक्रियाको सिद्धान्तलाई स्थापित गरेको पाइन्छ ।
✰दफा १ मा चर्चको स्वायत्ततासम्बन्धी वर्णन गरिएको छ ।
✰दफा २८, ३० र ३१ मा वैयक्तिक सम्पत्तिको प्रत्याभूति गरेको छ ।
❖ब्रिटेनका प्रधानमन्त्रीहरू
✰ सर रवटं वालपोलः- ब्रिटेनका प्रथम प्रधानमन्त्री (सन् १७२१), सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री, बालपोल सन् १७२१ देखि १७४२ सम्म झण्डै २१ वर्षसम्म उनी ब्रिटेनको प्रधानमन्त्री भएका थिए ।
✰ पदमा कार्यरत रहँदा मृत्यु हुने प्रधानमन्त्रीहरू – ३ जना
- जर्ज क्यानिङ, सन् १८२७
- हेनरी पेल्हाम, सन् १७
- भिस्काउण्ट पाल्मस्टेन,
✰ हत्या गरिएका प्रधानमन्त्रीः- १ जना (स्पेन्सर पासवल) । उनलाई हाउस अफ कमन्सको लवामा सन् १८१२ मा गोली हानी हत्या गरिएको थियो ।
✰ प्रधानमन्त्री हुनुभन्दा अगाडि लन्दन टावरमा बन्दी बनाइएको व्यक्तिः- रवटं बालपोल । उनलाई भ्रष्टचारको अभियोगमा सन् १७१२ लन्दन टावरमा बन्दी बनाइएको थियो ।
✰ दाजुभाइ नै प्रधानमन्त्री हुने व्यक्तिहरू:- हेनरी पेलाम र ड्युक आफ न्यूक्यासलबीच दाजु भाइको नाता थियो ।
✰ इन्कम ट्याक्स (आयकर) :- सर्वप्रथम प्रयोगमा ल्याउने प्रधानमन्त्री विलियम पिट (सन् १७९९)
✰ बाबु छोरा नै प्रधानमन्त्री हुने व्यक्तिहरू: अल अफ चथाम र विलियम पिट द योङ्गरबीच बाबु छोराको नाता थियो ।
✰ सबैभन्दा कम समय पदावधि भएका प्रधानमन्त्री:- जर्ज क्यानिङ, पदभार ग्रहण गरेको १०० दिनपछि नै सन् १८२७ मा उन
✰ सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्तिः विलियम पिट सन् १७८३ मा प्रधानमन्त्री पदमा नियुक्त हुँदा उनको उमेर २४
थियो ।
✰ चारपटकसम्म प्रधानमन्त्री पदमा कार्यरत रहने व्यक्तिः- विलियम ग्ल्याडस्टोन (जन्म १८०६-१८९८) उदारवादी नेता विलियम
ग्ल्याडस्टोनलाई "Grand Oldman" उपनामले चिनिन्छ ।
✰ स्रष्टा (साहित्यकार) प्रधानमन्त्रीः- बेज्जामिन डेजरेली। विख्यात साहित्यकार तथा प्रधानमन्त्री डिजरेली (सन् १८६०४-ब्रिटिस साम्राज्यको विस्तार र सुदृढीकरणमा योगदान गरेका थिए ।
✰ युद्धकालीन प्रधानमन्त्री (Wartime Prime Minister of UK) - विन्स्टन चर्चिल (जन्म १८७७ मृत्यु १९६५) 20th शताब्दीका महान राजनीतिज्ञ तथा लामो समयसम्म ब्रिटिस पार्लियामेन्टको सदस्यका रूपमा कार्य गरेका थिए । चर्चिल सन् १९४० देखि १९४५ सम्म ब्रिटेनको प्रधानमन्त्री भई ब्रिटेनका साथै मित्र राष्ट्रलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी दोस्रो विश्वयुद्ध ब्रिटेन, संयुक्त राज्य अमेरिकासमेत सरिक भएको मित्र राष्ट्रसमूहका कमाण्डर थिए । प्रगतिशिल विचारधाराका प्रखर विरोधि तथा कज्ञ्जरभेटिभ पाटीका (टोरी दल) नेता चर्चिलको विश्व साहित्यमा पनि महत्त्वपूर्ण स्थान छ । “गेंदरिङ स्टोर्म" "History Of English स्पिकिङ पिपुल' आदि विश्वविख्यात पुस्तकहरूका स्रष्य चर्चिललाई सन् १९५३ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरीएको थियो ।
✰ मागरेट (हिल्डा) ध्याचर: ब्रिटिश पूर्व प्रधानमन्त्री यिनको जन्म सन् १९२५ मा लिंकनशायर (UK) मा तथा मृत्यु सन् २०१३ London UK मा ८७ वर्षको उमेरमा भएको थियो । यिनी बेलायतमा कञ्जरभेटिभ पार्टीका नेता तथा बेलायतकी प्रथम महिला प्रधानमन्त्री हुन यिनको कार्यकाल सन् १९७९-१९९० सम्म थियो । यिनी २० औं शताब्दीमा सबैभन्दा लामो समयसम्म ब्रिटेनको प्रधानमन्त्री भएको थीइन । राजनीतिमा संम्झौतावादी दृष्टिकोण नलिने हुँदा पूर्व सोभियत पत्रकारहरूले यिनलाई लौह महिला (Iron Lady) उपनाम दिएका थिए।निजी व्यवसायमा राज्यले हस्तक्षेप नगर्ने नीति, व्यवस्थापकीय कमजोरीले राज्यका लागि भार बनेका औद्योगिक प्रतिष्ठानहरूलाई निजिकरन गर्दै जाने नीति, कम्युनिष्ट राजनीतिक सिद्धान्तप्रति असहिष्णु तथा राजनीतिक कार्यकुशलतालाई समग्र रुपमा थ्याचरवाद (Thatcherism) नाम दिएका थिए।
✰ थेरेसा मेरी मे : यिनी बेलायतको दोस्रो महिला प्रधानमन्त्री हुन। यिनको जन्म सन् १९५६ मा इस्टवर्न, ससेक्स, बेलायत भएको थियो।