❖ नेपालको वन्यजन्तु आरक्ष (Wildlife Conservatory or Reserve)
१. कोसी टप्पु वन्यजन्तु आरक्ष
⮚ सुनसरी र सप्तरी जिल्लाको बीचमा पर्ने कोसी नदीको तटीय क्षेत्र कुसाहामा सन् १९७६ (वि.सं. २०३२) मा अर्ना संरक्षण गर्ने उद्देश्यले स्थापित १७५ वर्ग कि.मि. क्षेत्रफलमा १०० मिटरदेखि १५० मिटरको उचाइमा फैलिएको यो आरक्षमा वर्षेनी लाखौँको संख्यामा प्रवासी पंक्षीहरू आउँछन् ।
⮚नेपालमा पाइने पंक्षीहरूमध्ये ४९० प्रजातिका पंक्षीहरू कोसी टप्पुमा नै पाइन्छन् ।
⮚यो आरक्ष जंगली भैंसी अर्नाका लागि विख्यात छ, जहाँ घरपालुवा भैंसी राँगाको उपस्थितिले गर्दा अर्नाको वास्तविक रूप र स्वभावमा समेत परिवर्तन आएकोले यसतर्फ विशेष दलदले भास जमिन १९९ वर्षका लागि भारतले लिजमा प्राप्त गरेकोले यहाँ पक्षी आवास क्षेत्रपछि अभयारण्य (Bird Sanctuaries) बनाउन ध्यान दिनुपर्ने देखिन्छ ।
⮚यहाँ चित्तल, रतुवा, नीलगाई पनि प्रशस्त मात्रामा पाइन्छन् । कोसी व्यारेजको डुवान क्षेत्रमा पर्ने ८००० बिघाको
राजहाँस प्रजातिका पंक्षीहरू आउछन् ।
⮚ प्रवासी पंक्षीहरू आश्विनतिर यहाँ आई चैत्रतिर मात्र फर्किन्छन् ।
⮚ विश्वमा नै दुर्लभ मानिने मानसरोवरको वारहेडेड गूज), चखेवा (ब्राह्मीयन गूज), लेसर लिङ डक, पनटेल डक, युरेशियन विगेन, रेडक्रिस्टेड पोचार्ड, सोलेभर, कमन पोचार्ड, टफेड पोचार्ड, ह्वाइट आइड पोचार्ड आदि प्रवासी पंक्षीहरू पाइन्छन् ।
⮚युरोप, एसिया, अफ्रिका र नर्थ अमेरिकाबाट यहाँ पिनटेल डक आउँछन् ।
⮚पशुपंछीहरूको खानी भएको नेपालको सबैभन्दा ठूलो सिमसार (Wetland) कोसी टप्पुलाई सन् १९८७ मा यो आरक्षलाई रामसाको सूचीमा समावेश गरिएको छ ।
⮚कोसी टप्पु र यससँगैको श्रीलका टप्पू जगली राँगा अर्ना र नील गाईको लागि विख्यात छ ।
⮚ यहाँ ५ दर्जनको संख्यामा खर मयुरपंक्षी पाइन्छ । जुन विश्वका कूल खर मयुरको १० प्रतिशत हो । पंक्षीहरुको ठूलो संख्यामा उपस्थितिले यसलाई पंक्षीहरुको स्वर्ग (Birds Paradies) भन्ने गरिन्छ ।