❖ साबुन र डिटरजेन्टहरू (Soap)
✩फ्याट्री अम्ल (fatty acid) को सोडियम या पोटासियम लवणलाई के भनिन्छ ?
🠖साबुन
✩सामान्यतया साधारण साबुनलाई कसरी तयार गरिन्छ ?
→ वनस्पतिको तेल वा बोसोलाई सोडियम हाइड्रोक्साइडसँग तताएर
✩ साबुनको उदाहरण कुन हो ?
→NaCOOC17, H35, (Sodium Stearate)
✩ साबुन र डिटरजेन्ट सफाइका लागि अत्यावश्यक वस्तुहरू के के हुन् ?
→ओलिभ, नरिवल र कपासका वियाँको तेल तथा बोसो ओलिभ, नरिवल र कपासका वियाँको तेल तथा बोसोलाई सोडियम हाइड्रोक्साइडसँग तताउँदा निम्नलिखित प्रतिक्रिया गरी साबुन बन्छ :
C3H5(OOCR)3 + 3NaOH → 3NaOOCR + C3H5(OH)3
↕ ↕ ↕ ↕
बोसो/ तेल कास्टिक सोडा साबुनं ग्लिसेरोल
✰ यहाँ, R ले हाइड्रोकार्बन शृङ्खलालाई जनाउँछ। [R = C17H35]
✰ सोडयम ओलिरेट, सोडीयम स्टिरेट र सोडियम पालमिटेट के का नाम हुन् ?
→ साबुन
❖डिटरजेन्ट (Detergent)
✰ हाइड्रोकार्बनबाट प्राप्त हुने साबुनभन्दा बढी घुलनशील संश्लेषित (synthetic) पेट्रोलियम रसायनलाई के भनिन्छ ?
→ डिटरजेन्ट
✰ डिटरजेन्टका प्रकार
→सोडियम लरिल सल्फेट (sodium lauryl sulphate)
→अल्काइल बेन्जिन सल्फोनेट (alkyl benzene sulphonate)
→ सोडियम पाइरोफोस्फेट (sodium pyrophosphate) आदि ।
✰ खास गरी डिटरजेन्ट के को लागि प्रयोग गरिन्छ ?
→ लुगा धुनमा (डिटरजेन्ट साबुनभन्दा बढी घुलनशील र उपयोगी हुन्छ)→
