❖संरक्षण क्षेत्रहरू (Protected areas)
✰ जम्मा संरक्षण क्षेत्रहरू = 6
- १. अन्नपूर्ण संरक्षण क्षेत्र
- २. कञ्चनजङ्गा संरक्षण क्षेत्र
- 3.मनास्लु संरक्षण क्षेत्र
- 4.कृष्णसार संरक्षण क्षेत्र
- ५.गौरीशंकर संरक्षण क्षेत्र
- ६. अपि नान्पा संरक्षण क्षेत्र
✰ १. अन्नपूर्ण संरक्षण क्षेत्र
⮚कास्की, मुस्ताङ, मनाङ, लम्जुङ र म्याग्दी गरी पाँचवटा जिल्लाको ७६२९ वर्ग कि.मि.(2,946 sq mi) क्षेत्रफललाई समेटेर सन् १९९२ (वि.सं. २०४९) मा विश्व वन्यजन्तु कोष (WWF) को पच्चीसौं वार्षिकोत्सवको अवसरमा स्थापित दोस्रो संरक्षण क्षेत्र हो ।
⮚ योभन्दा अगाडि ल्याटिन अमेरिकी देश 'इक्वेडोर' को ग्यालापागोस टापुमा रहेका लोप हुन लागेका विशाल कछुवाहरू संरक्षण गर्ने उद्देश्यले Galapagos Conservation को घोषणा गरिएको थियो भने दोस्रो नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र हो ।⮚७६२९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो क्षेत्र जैविक, प्राकृतिक र वार्षिक ५० हजारभन्दा बढी पर्यटकहरू जाने गर्दछन् ।⮚यो संरक्षण क्षेत्रको सफल कार्यान्वयनले यहाँको प्राकृतिक संरचनामा नकारात्मक असर तयारी गुणस्तरयुक्त स्थानीय पर्यटन उद्योगको विकास गर्ने लक्ष्य राखिएको छ ।
⮚मुक्तिनाथ, दामोदरकुण्ड, लोमान्थाङ जस्ता स्थानहरू यसै संरक्षण क्षेत्रभित्र पर्दछन् ।
✰ २. कञ्चनजङ्गा संरक्षण क्षेत्र
| Kanchenjunga Conservation Area | |
|---|---|
| Nepali: कञ्चनजङ्घा संरक्षण क्षेत्र | |
IUCN category VI (protected area with sustainable use of natural resources) | |
On route to the Pathibhara Devi Temple | |
| Location | Nepal |
| Coordinates | 27.7155°N 87.9282°ECoordinates: 27.7155°N 87.9282°E |
| Area | 2,035 km2 (786 sq mi) |
| Established | 1997 |
| Governing body | Department of National Parks and Wildlife Conservation |
⮚विश्व वन्यजन्तु कोष (WWF) र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सक्रियतामा सन् १९९७ वि.सं. २०५४) मा मेची अञ्चलको ताप्लेजुङ जिल्लाको उत्तरी भागमा विद्यमान वन वनस्पति पशुपंक्षीको आर्थिक विविधता संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले कञ्चनजंघा हिमाललाई समेत समेटेर स्थापना गरिएको यो संरक्षण क्षेत्रको क्षेत्रफल २०३५ वर्ग कि.मि. जति रहेको छ ।⮚यो संरक्षण क्षेत्रमा हिउँ चितुवा, ब्वाँसो, मृग, कस्तुरी, कालो भालु, हाब्रे, चरिबाघ, बाँदर, सालक, स्याल, चितुवा, मलसाँप्रो, घोरल, थार, झारल, याका, दुम्सो जस्ता जनावरहरू, २०० भन्दा बढी प्रकारका पंक्षीहरू र बोटविरुवाहरू पाइन्छ ।
⮚ नेपालमा मात्र पाइने पाहा ब्लानफोडी र पाहा लोपोन्मुख भ्यागुताहरू यस क्षेत्रमा पाइन्छन् ।
⮚कुट्की लगायतका जडिबुटीबाट सीमित आय हुने यस संरक्षण क्षेत्रमा भविष्यमा रोष्यण्डी नामक पर्यटकबाट नाउरको सीमित सिकार गराई आय वृद्धि गर्ने योजना रहेको छ ।
⮚विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजंघा (८५८६ मिटर) सहित ७००० मिटरभन्दा अग्ला ११ वटा हिमशिखरहरू भएकोले यो क्षेत्र पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ ।
✰ 3.मनास्लु संरक्षण क्षेत्र
| Manaslu Conservation Area | |
|---|---|
| Nepali: मनास्लु संरक्षण क्षेत्र | |
IUCN category VI (protected area with sustainable use of natural resources) | |
Manaslu | |
| Location | Nepal |
| Coordinates | 28°32′46″N 84°50′31″ECoordinates: 28°32′46″N 84°50′31″E |
| Area | 1,663 km2 (642 sq mi) |
| Established | 1998 |
| Governing body | Department of National Parks and Wildlife Conservation |
⮚गण्डकी अञ्चलको गोरखा र मनाङ जिल्लामा अवस्थित मनास्लु संरक्षण क्षेत्रले १६६३ व.कि.मि. क्षेत्रफल ओगटेको छ ।
⮚सन् १९९८ (वि.सं. २०५५) मा स्थापित यो संरक्षण क्षेत्र करिब ६०० मिटरदेखि विश्वको आठौं अग्लो चुचुरो मनास्लु (८१६३) मिटरसम्म फैलिएको छ ।
⮚यस संरक्षण क्षेत्रमा हिउँ चितुवा, कस्तुरी, मृग, नाउर, भारलसमेत २९ प्रजातिका स्तनधारी जन्तु, ११० प्रकारका चराहरू, ३ प्रकारका सर्पहरू, ११ प्रकारका पुतलीहरू र २००० भन्दा बढी प्रजातिका हिमाली वनस्पतिहरू पाइन्छन् ।
✰ 4.कृष्णसार संरक्षण क्षेत्र
| Blackbuck Conservation Area | |
|---|---|
| Nepali: कृष्णसार संरक्षण क्षेत्र; Krishnasar Conservation Area | |
IUCN category VI (protected area with sustainable use of natural resources) | |
Male blackbuck | |
| Location | Gulariya, Bardiya District, Lumbini Province, Nepal |
| Coordinates | 28°15′N 81°20′ECoordinates: 28°15′N 81°20′E |
| Area | 16.95 km2 (6.54 sq mi) |
| Established | March 2009 |
| Governing body | Department of National Parks and Wildlife Conservation |
⮚सन् २००९ (वि.सं. २०६५ फागुन २३) मा बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा प्राकृतिक अवस्थामा रहेको दुर्लभ कृष्णसार प्रजातिको संरक्षणका लागि १६.९५ वर्ग.कि.मि.को क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा भएको यो संरक्षण क्षेत्रको नाम बाखा (Antilop) समुदायको कृष्णसार (Black Buck) को नामबाट राखिएको हो ।
⮚ भाले कृष्णसारको वजन ३०/४० केजी हुनुको साथै आकर्षक सिङ र शरीरको माथिल्लो भाग कालो र तल्लो भाग सेतो हुन्छ ।
⮚ पोथी कृष्णसार २५/३० के.जी. को हुन्छ र पूरै शरीर हल्का रातो रंगको हुन्छ ।
⮚यो प्राणी पातलो जङ्गल भएको वा खुला घाँसे मैदानी भागमा बस्न रुचाउँछ ।
⮚यो घना जंगल र पानीको दलदलमा बस्न सक्तैन । कृष्णसार सुन्दर तर दुर्लभ प्राणी मानिन्छ ।
⮚जंगली हिंस्रक जनावर, घरेलु कुकुर, कृष्णसार क्षेत्रको मानव बस्ती र मानिसको चोरी शिकारका कारण यो दुर्लभ प्राणीको संख्यामा निकै कमी आएको हुनाले कृष्णसार जस्तो बहुमूल्य प्राणी नेपालबाट लोप हुन नदिन बर्दिया जिल्लामा कृष्णसार संरक्षण क्षेत्र घोषणा गरिएको हो।
⮚यसले त्यस क्षेत्रमा वि.सं २०३२ मा ९ वटाको संख्यामा रहेको कृष्णसारको संरक्षण गरी २०७३ चैत्र मसान्त सम्ममा २५७ वटा संख्यामा पुगी सकेको छ।
⮚भाले कृष्णसार लगातार डेढ घण्टासम्म लड्न सक्ने क्षमता, हावामा ४३ पटक कुद्न सक्ने, बाघ पछि विश्वमै सर्वाधिक गतिमा
दौडिने यो प्राणी पर्यटकहरूका लागि आकर्षक हुने देखिन्छ ।
✰५.गौरीशंकर संरक्षण क्षेत्र
| Gaurishankar Conservation Area | |
|---|---|
IUCN category VI (protected area with sustainable use of natural resources) | |
View of Gaurishankar | |
| Location | Nepal |
| Coordinates | 27°52′N 86°11′ECoordinates: 27°52′N 86°11′E |
| Area | 2,179 km2 (841 sq mi) |
| Established | 11 January 2010 |
| Governing body | Department of National Parks and Wildlife Conservation |
⮚सरकारले वि.सं. २०६६ पौष २७ (सन् २०१०) नेपाल राजपत्रमा सूचना प्रकाशन गरी गौरीशंकर संरक्षण क्षेत्रको विधिवत् घोषणा गरेकोमा वि.सं. २०६७/४/३ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यो संरक्षण क्षेत्रको व्यवस्थापन गर्न २० वर्षको लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सुम्पिएको छ ।
⮚सगरमाथाको आधारशिविर कालापत्थरमा बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले घोषणा गर्ने निर्णय गरेअनुसार यो संरक्षण क्षेत्रको स्थापना वि.सं. २०६७ मा भएको छ।
⮚ नेपालको प्रामाणिक समय मानिने गौरीशंकर हिमाल र नेपालको सबैभन्दा ठूलो हिमताल 'च्छो रोल्पा' हिमताल यसै संरक्षण क्षेत्रमा पर्दछन् ।
⮚ जिल्ला ३-रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाको २१७९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको
⮚दोलखाका १४- श्यामा, शुरी, चंखु, मार्बु, खारे, ओराङ, बुलुङ, लादुक, चिलम्खा, अलाम्पु, बिगु, कालिञ्चोक,लामाबगर र गौरीशंकर
⮚सिन्धुपाल्चोकका ६- घोर्थ, मार्मिङ, लिस्तिकोट, तातोपानी, फुल्पिङकट्टी र गुम्बा
✰ ६. अपि नान्पा संरक्षण क्षेत्र
| Api Nampa Conservation Area | |
|---|---|
IUCN category VI (protected area with sustainable use of natural resources) | |
| Location | Nepal |
| Coordinates | 29.875°N 80.766°ECoordinates: 29.875°N 80.766°E |
| Area | 1,903 km2 (735 sq mi) |
| Established | 2010 |
| Governing body | Department of National Parks and Wildlife Conservation |
⮚दार्चुला जिल्लाको १९०३ वर्ग.कि.मि. मा फैलिएको अपि नान्पा संरक्षण क्षेत्र वि.सं. २०६७/३/२८ (सन् २०१० जुलाई १२) मा घोषणा भएको हो ।
⮚दार्चुला जिल्लाका करिब २१ वटा गाविसमा फैलिएको यो संरक्षण क्षेत्र ५३९ मि. देखि ७१३२ मि. को उचाइमा पूर्वतर्फ बझाङजिल्लाको सिमाना, पश्चिमतर्फ महाकाली नदीको भारतसँगको अन्तर्राष्ट्रिय सिमाना, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँगको अन्तर्राष्ट्रिय सीमाना र दक्षिणतर्फ लास्कु र नौगाड नदीसम्म फैलिएर रहेको छ।
⮚हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, डाँफे, मुनाल, हिउँ मयुर जस्ता दुर्लभ वन्यजन्तु पाइनुका साथै जयमसी, यार्सागुम्बा, पाँचऔले, कुड्की, सुगन्धवाल, तालिसपत्र, लौठसल्लो, पाखनबेत, दालचीनी, रिठ्ठा जस्ता बहुमुल्य जडिबुटी पाइने यस संरक्षण क्षेत्रको विशेषता हो ।
⮚ अपि (७१३२ मि.), व्यास (६६७० मि.), गुराँस (६६४४ मि.), लिपु लेक (५,००० मि.) र नान्पा (६७५७ मि.) हिमालहरू अवस्थित यो संरक्षण क्षेत्रमा भोटे, कामी, दमाई, सार्की, बाह्मण र क्षत्री जातिको बाहुल्यता छ।
⮚४० प्रतिशत साक्षर रहेको यस क्षेत्रमा ८९६६ घरधुरी र ५४३५८ जनसंख्या रहेको पशुपंक्षी र बहुमुल्य जडिबुटीको संरक्षण र संबर्द्धन साथै पर्या-पर्यटन विकास गरी विद्यमान गरिबी र विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्लाको उत्तरी भेगको समुच्च विकासका लागि यो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरिएको हो।