❖ प्रदुषण (Pollution)
⮚ प्रदुषण भनेको के हो ?
→वातावरणमा रहेका जैविक तथा अजैविक अवयवहरूबीचको अन्तरक्रिया एवं अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले परिर्वतन गरी वातावरणमा ह्रास पुऱ्याउने प्रक्रिया (जैविक तथा अजैविक पक्षको विचमा देखा पर्ने असन्तुलनको अवस्था)
⮚ “प्रदुषण” भन्नाले वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पुऱ्याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानी नोक्सानी पुऱ्याउने क्रियाकलाप सम्झनुपर्छ भनेर कसले प्रदुषणको परिभाषा दिएको हो ?
→ वातावरण संरक्षण ऐन, २०५३
❖ वातावरण प्रदुषणका प्रकारहरू निम्न रहेका छन् :
- जल प्रदुषण
- ध्वनि प्रदुषण
- तापीय प्रदुषण
- वायु प्रदुषण
- खाद्य प्रदुषण
- विकिरण प्रदुषण
-भू-प्रदुषण
-औद्योगिक प्रदुषण
✡ पृथ्वीका लागि आवश्यक पर्ने सौर्य तापक्रममा कमी भई पृथ्वीको तापक्रम घटी मानव बसोबासका लागि अनुकूल नहुने गरी
पृथ्वी अति चिसो हुने अवस्थालाई Nuclear Winter भनिन्छ ।
✡ समुद्री पानीको प्रवाहमा अस्वभाविक रुपमा तापक्रम बढ्ने, अतिवृष्टि, अनावृष्टि, बाढी-पहिरो आदि कारणले जलवायु
अस्वभाविक बनेको अवस्थालाई EL Nino (एल नीलो) भनिन्छ ।
✡ सन् १९९८ को मे महिनामा सगरमाथा आरोहण गर्ने अमेरिकी वैज्ञानिक टोलिका सदस्य बालीवर्गले सगरमाथाको चुचुरोमा
जडान गरेको यन्त्रको नाम ग्लोबल पोजिशनिङ सिस्टम हो ।
✡ एउटा वयस्क रुखले दैनिक सरदर २.७ के.जी. अक्सिजन उत्पादन गर्छ ।
✡सजिलैसँग नष्ट हुने प्लास्टिकलाई Biopol भनिन्छ ।
✡समुद्रको वैज्ञानिक अध्ययन गर्ने प्रयोग भएको पहिलो पानीजहाजको नाम HMS Challenger थियो।
✡वातावरण क्षेत्रमा PPP भनेको Polluter Pays Principle हो, जसको अर्थ प्रदुषण फैलाउनेले नै प्रदुषण नियन्त्रणका लागि कार्य गर्नुपर्छ भन्ने हो ।
विश्वको सबैभन्दा प्रदुषित समुद्र कुन हो ?
→Mediterrinian Sea
❖ Nuclear Winter
→वातावरणीय प्रदुषणका कारणले धुलो, धुँवा, वायुमण्डलमा मिसिन गई सूर्यबाट आउने प्रकाश पूर्णरुपमा पृथ्वीमा आउन
नसकी पृथ्वी चिसिँदै जाने र पूर्ण उज्यालो नहुने डर लाग्दो अवस्था ।
❖ Stone Cancer
⮚ आणविक विस्फोटन र घातक रासायनिक हातहतियार प्रयोग भएको ठाउँमा लामो समयसम्म वनस्पति तथा जीवजन्तहरूको
अस्तित्त्व नहुनु ।
⮚ प्लास्टिक बाल्दा कुन ग्याँस निस्कन्छ ?
→क्लोरोफ्लोरो कार्वन
⮚ मानवीय गतिविधीबाट पर्यावरणमा पर्ने असरलाई न्यूनिकरण गर्न पृथ्वीलाई आराम दिनु पर्ने प्रतिकात्मक सन्देश दिन विश्वभरीमा नै एक घण्टा बत्ति निभाउने अभियानलाई के भनि चिनिन्छ ?
→ अर्थ आवर
⮚ सवारी साधनको धुँवाको मात्रा नाप्ने एकाई HSU को पुरा रुप के हो ?
→Hartej Smoking Unit