⮚प्लास्टिक (Plastics)

✰ कार्बनयूक्त मोनोमरहरूको पोलिमराइजेसन प्रक्रियाद्धारा बनाइका कृत्रिम पोलिमरलाई के भनिन्छ ?

→ प्लाष्टिक

✰ पोलिथिन र वेकेलाइट के का उदाहरण हुन् ?

→ प्लाष्टिक

✰ कार्बनका मनोमरहरू तताएर पोलीमर बनाउने प्रक्रियालाई के भनिन्छ ?

→ पोलीमराइजेसन

✰ कार्बनिक यौगिकको सानो अणु जसाट पोलीमर बनाइन्छ भने त्यसलाई के भनिन्छ ?

→ मोनोमर

✰ धेरै मोनोमरहरू तताउँदा परस्परमा टाँसिन गई लामो अणु बन्नुलाई के भनिन्छ ?

→ पोलीमर

✰ प्रकृतिद्धारा सिर्जित पोलीमरलाई के भनिन्छ ?

→प्राकृतिक पोलीमर

प्रोटिन, स्टार्च, रबरजस्ता पोलिमरहरू के का उदाहरण हुन् ?

→प्राकृतिक पोलिमरका

✰ प्लास्टिक बनाउन चाहिने मोनोमरहरू कहाँबाट प्राप्त गर्न सकिन्छ ?

→खनिज तेलबाट

❖ प्लास्टिकका प्रकार

✰ प्लास्टिक कति प्रकारका हुन्छन् ?

→ २ (थर्मोसेटिङ प्लास्टिक र थर्मोप्लास्टिक)

तताउँदा नपग्लने, तताएमा झन कडा हुँदै जाने प्लास्टिकलाई कुन प्लास्टिक भनिन्छ ?

→ थर्मोसेटिङ

✰ बिजुलीको स्विच, प्लग र प्रेसर कुकरको समाउने कुन प्लास्टिक प्रयोग गरिएको हुन्छ ?

→ थर्मोसेटिङ

✰ बेकेलाइट (bakelite) कुन प्लास्टिकको उदाहरण हो ?

→ थर्मोसेटिङ

✰ तताउँदा पग्लिने र चिस्याउँदा ठोस हुने नरम लचकदार हुँदै जाने प्लास्टिकलाई कुन प्लास्टिक भनिन्छ ?

→ थर्मोप्लास्टिक

✰ झोला, डोरी, बाल्टिन, पाइप आदिमा कुन प्लास्टिक प्रयोग गरिएको हुन्छ ?

→ थर्मोप्लास्टिक

✰ पोलिथेन, नाइलन, पोलिभाइनाइल क्लोराइड (PVC), पोलिस्टेरिन आदि तताएर पुनः प्रयोग गर्न सकिने थर्मोप्लास्टिकहरू(Thermo-plastics) हुन् ।

❖प्लास्टिकका गुणहरु

✰ प्लास्टिक हलुका वस्तु हो र यताउति लैजान सजिलो हुन्छ ।

✰ प्लास्टिक नखिइने र नकुहिने वस्तु हो, यसकारण मौसम र हावापानीको यसमा कम प्रभाव पर्छ ।

✰ रासायनिक पदार्थहरूसँग सजिलै प्रतिक्रिया नगर्ने भएकाले काठ, कागज वा धातुको ठाउँमा यसको प्रयोग गरिन्छ।

✰ यसले विद्युत् र ताप सार्दैन। यसकारण इन्सुलेसनका लागि प्लास्टिक प्रयोग गरिन्छ ।

✰ यो कडा, सामान्यतया नफुट्ने र पारदर्शी हुन्छ।

✰ प्लास्टिकमा अनेक प्रकारका रङहरू मिसाई रङ्गीन बनाउन सकिन्छ ।