❖ कीटनाशक औषधी (Insecticides)

हानिकारक किराहरूलाई मार्न प्रयोग गरिने रसायनलाई के भनिन्छ ?

🠖कीटनाशक औषधी 

⚝ कीटनाशक औषधी कति प्रकारका हुन्छन् ?

🠖२ (कार्बोनिक र अकार्बोनिक)

★ कार्बोनिक कीटनाशक औषधी (Organic insecticides)

कार्बन, हाइड्रोजन र अक्सिजनबाट बनेको संश्लेषित (synthetic) यौगिकलाई के भनिन्छ ? 

→कार्बोनिक 

कार्बोनिक कीटनाशक औषधी कति प्रकारको हुन्छ ?

→3

⚝ क्लोरिनेटेड हाइड्रोकार्बन यौगिक :

⚝ अर्गानिक फस्फेट यौगिक

⚝  क्लोरिनयुक्त कीटनाशक औषधीमा बेन्जिन हेक्साक्लोराइड (बी.एच्.सी.), डाइक्लोरो डाइफेनिल ट्राई-क्लोरोइथेन (डी.डी.टी.), एल्ड्रिन, डाइएल्ड्रिन, मेथोक्सिक्लोर आदि रहेका हुन्छन् । 

⚝  यिनीहरूको असर धेरै बेरसम्म रहन्छ । यस्ता कीटनाशक औषधीको असरबाट मरेका किराहरू खाएर चरा तथा माछाहरू पनि मर्छन् ।

⚝  कार्बोनिक फस्फेट कीटनाशकमा फस्फोरस तत्त्व हुन्छ। पाराथियन र मालाथियन यसका उदाहरणहरू हुन्।

⚝  कार्बोनेट कीटनाशकमा एमिनो ग्रुप (NH,) हुन्छ । बेगन' र टर्मिक' यस्तो कीटनाशक औषधीका उदाहरण हुन् ।

❖ अकार्बोनिक कीटनाशक औषधी (Inorganic insecticides)

✰ खनिज पदार्थद्धारा बनाइएका किटनाशक औषधीलाई के भनिन्छ ?

→ अकार्बोनिक कीटनाशक औषधी

✰ अकार्बोनिक कीटनाशकहरू खनिज पदार्थबाट बन्छन् । 

✰ यिनमा मुख्यतया क्याल्सियम-आर्सेनेट, लेड-आर्सेनेट, क्लोराइड र लाइम सल्फरहरू पर्दछन् । 

✰ कपास, फलफूल, तरकारी आदिलाई किराहरूबाट जोगाउन यसको प्रयोग गरिन्छ ।

✰ कीटनाशक औषधीहरू विषालु हुन्छन्। यसकारण सावधानीपूर्वक यिनको प्रयोग गर्नुपर्छ। 

✰ किरालाई मार्ने तर बोटबिरुवा आदिलाई नाश नगर्ने खालका कीटनाशक औषधी प्रयोगका लागि छान्नुपर्छ। ✰ चाहिनेभन्दा बढी मात्रामा कीटनाशक औषधी प्रयोग गर्नुहुँदैन । 

✰ खेतीबालीमा धेरै समयसम्म रहिरहने गरी कीटनाशकको प्रयोग गर्नुहुँदैन ।