❖शिकार आरक्ष (Hunting Reserve)

✰ ढोरपाटन शिकार आरक्ष (Dhor Patan Hunting Reserve)

  • धौलागिरि हिमालको काखमा बाग्लुङ, म्याग्दी र रुकुम जिल्लाको १३२५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो आरक्षको स्थापना सन् १९८७(वि.सं. २०४४) मा भएको हो ।
  •  पशुपंक्षीहरूको वासस्थान र संख्यामा ह्रास आउन नदिई अनुमति प्राप्त व्यक्तिलाई निषेधित पशुपंक्षीबाहेकअन्यको शिकार खेल्ने सुविधा उपलब्ध गराउने लक्ष्य लिई स्थापित यो नेपालको एक मात्र शिकार आरक्ष हो । 
  • २८५० मिटरदेखि ५५०० मिटरको उचाइसम्म फैलिएको यो आरक्षको माथिल्लो भागमा पाटन भनिने ठूलो घाँसको फाँट लगायत ५० भन्दा बढी घाँसे मैदान रहेका छन्।
  • यो फाँट नील भेडाको मुख्य चरणक्षेत्र मानिन्छ र यसैका आधारमा नै आरक्षको नाम ढोरपाटन शिकार आरक्ष राखिएको हो । पूर्व, पश्चिम र दक्षिणी भागमा गाउँ भएकोले पशुचरण, घाँसपात, दाउराका लागि आरक्षमाथि दवाव परेको छ । यहाँ देवदार, गुराँस, बज्राठ, झाडी जस्ता वुनस्पति र नील भेडाको वासस्थानका लागि प्रसिद्ध छ । 
  • यहाँ चितुवा, घोरल, हिमाली थार, कालो हिमाली भालु, भुक्ने हरिण, बँदेल (जंगली सुँगुर) ठूलो लंगुर, डाँफे, तित्रा आदि पाइन्छन् भने लोप हुन लागेका कस्तुरी मृग, ब्वाँसो, रातो पाण्डा, डाँफे, मुनाल आदि प्राणीहरू