❖ विश्वव्यापी उष्णता (Global Warming)


के हो विश्वव्यापी उष्णता ?

→पृथ्वीको सतह वरिपरिको वायुमण्डल मानवीय क्रियाकलापका कारण तात्ने प्रक्रिया

⮚ किन तातिन्छ ?

 पृथ्वीमा विभिन्न स्रोतबाट कार्वनडाइअक्साइड, क्लोरोफ्लोरो कार्वन, मिथेन आदि ग्याँसहरू अप्राकृतिक रुपमा उत्पन्न भई हावामा मिसिँदा यस्ता ग्याँसको मात्रा हावामा बढ्नाले हावाका अन्य ग्याँसहरू जस्तो यी ग्याँसहरूले सूर्यको किरणलाई पारदर्शी रुपमा छिर्न नदिई सोसेर राख्ने हुनाले विस्तारै हावाको तापक्रम बढ्छ र विश्वव्यापी उष्णता देखापर्छ जसलाई विश्वव्यापी उष्णता भनिन्छ ।

यसैका कारणले विगत १०० वर्षमा पृथ्वीको औसत तापक्रम ४ डिग्री सेन्टिग्रेडले बढेको कुरा वैज्ञानिकहरूको भनाई छ।

 नेपालको तापमान वार्षिक औसत ०.५६ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको अनुमान छ।

 सूर्यबाट आउने तापलाई विकिरणको माध्यमबाट पृथ्वीले ऊर्जा प्राप्त गर्दछ । सूर्यबाट प्राप्त ऊर्जालाई ५१ प्रतिशत पृथ्वीको

सतहमा सोसेर लिन्छ, १४ प्रतिशत ऊर्जा वायुमण्डले सोच्दछ भने ४ प्रतिशत ऊर्जा परावर्तन भई पुनः अन्तरिक्षमा नै फर्किन्छ।  २४ प्रतिशत समुद्रमा जम्मा हुन्छ भने ७ प्रतिशत बादलमा जम्मा हुन्छ ।

⮚ हरेक १०० मिटरको उचाईमा कति डिग्री सेन्टीग्रेडका दरले तापक्रम घट्दै जान्छ ?

→०.६ डिग्री सेन्टीग्रेडका दरले

✬ Global warming का कारणहरू

  • कार्बन डाइअक्साइडको उत्सर्जन (Emission of Carbon dioxide)
  • मिथेन ग्यासको उत्सर्जन (Emission of Mithane Gas)
  • पानीको वाष्पीकरण (Water Vapour in the Atmosphere)
  • नाइट्रस अक्साइडको उत्सर्जन (Emission of Nitrous), आदि ।
  Global Warming का असरहरू
  • समुद्र सतहको दर उच्च हुनु: यसबाट तटवती मुलुकहरूमा आँधी आउने, मालदिभ्स जस्ता राष्ट्रहरू डुब्ने खतरा बढ्ने
  • गर्मी वृद्धि हुँदा हिउँहरू पग्लन गई हिमालहरू चट्टानी पहाडमा परिवर्तन हुने, हिउँ कम पर्ने, हिमनदी खुम्चने
  • वनस्पति र जीवजन्तुहरूमाथि मानिसको दबाब बढी पर्ने,
  • उष्णप्रदेशीय मरुभूमि क्षेत्रमा विस्तार .
  • कृषि उत्पादनमा नकारात्मक परिवर्तन हुने
  • वर्षाको अनुपात र मौसममा परिवर्तन : पानी पर्ने समयमा नपर्ने तथा कम पर्ने र पानी नपर्नुपर्ने समयमा तुलनात्मकरूपमाबढी पानी पर्ने, आदि ।