❖ काँच (Glass)
★ सिलिका र धातुहरूको यौगिक सित प्रतिक्रिया भई बनेको सिलिकेट यौगिकलाई के भनिन्छ ?
→काँच
★ काँच उत्पादन गर्नको लागि चाहिने मुख्य कच्चा पदार्थ कुन हो ?
→सिलिका (सिलिकन डाइअक्साइड SiO2)
❖काँचका प्रकार
★ क्वार्ज काँच (Quartz glass)
★ सिलिकालाई अत्याधिक ताप (1600°c) मा तताउँदा बन्ने क्रिस्टलाइन काँचलाई के भनिन्छ ?
→क्वार्ज काँच
★ क्वार्ज काँच कस्तो हुन्छ ?
→धेरै कडा
★ यसप्रकारको काँच विद्युतीय उपकरण, रासायनिक प्रयोगशालामा प्रयोग गरिने सामान र रङ्गीन किसिमका क्वार्ज (पत्थरहरू) बनाउन प्रयोग गरिन्छ ।
❖वाटर काँच (Water glass )
★ वाचर काँच के हो ?
→सिलिकालाई करिब 800°C सेल्सियससम्म सोडियम कार्बोनेट वा पोटासियम कार्बोनेटसँग तताउँदा सोडियम सिलिकेट वा पोटासियम सिलिकेट बन्छ यसरी बनेको सिलिकेट पानीमा घुल्ने हुनाले यसलाई वाटर काँच भनिन्छ।
SiO2 +Na2CO3 →Na2SiO3 +CO2
SiO2 +K2CO3 →K2SiO3 +CO2
★ SiO2→ Na2O∙SiO2 + CO2Na2CO3 + SiO2→ Na2O∙SiO2 + CO2
★यसप्रकार बन्ने शुद्ध सोडियम सिलिकेट वा पोटासियम सिलिकेट अग्नि प्रतिरोधक (Fire proof) समान र सिलिका गार्डेन बनाउन प्रयोग गरिन्छ ।
❖साधारण काँच (Ordinary glass)
★साधारण काँच भनेको के हो ?
→सिलिकासँग सोडियम कार्बोनेट र क्याल्सियम कार्बोनेट मिसाएर तताउँदा बन्ने सोडियम सिलिकेट र क्याल्सियम सिलिकेटको मिश्रणलाई साधारण काँच भनिन्छ ।
❖यसलाई किन नरम काँच भनिएको हो ?
→ कम तापक्रममा पग्लिने हुनाले
★५० प्रतिशत सिलिका, १५ प्रतिशत सोडियम कार्बोनेट १० प्रतिशत क्याल्सियम कार्बोनेट र २५ प्रतिशत काँचका टुक्राहरू मिसाएर ट्याङक फर्नेस (tank furnace) मा तताएर यो काँच उत्पादन गरिन्छ। यस प्रकारको काँच पानीमा घुल्दैन। यो कम तापक्रममा पग्लिने हुनाले यसलाई नरम काँच पनि भनिन्छ।
★साधारण सिसी, प्रयोगशालामा प्रयोग गरिने साधारण, सामान, झ्यालका ऐना आदि बनाइन्छन् ।यस काँचलाई सोडा लाइम ग्लास पनि भनिन्छ ।
★साधारण काँच बनाउने मिश्रणमा अलिकति लेड मनोअक्साइड (lead monoxide) मिसाई तताउँदा लेड सिलिकेट बन्छ, यसको कारणले रिफ्रयाक्टिभ इन्डेन्स बढ्छ ।
★यस्तो काँचबाट लेन्स प्रिज्म आदि प्रकाश सम्बन्धी उपकरणहरू बनाइन्छन् ।
❖कडा काँच (Hard glass )
★ सिलिकासँग पोटासियम कार्बोनेट र क्याल्सियम कार्बोनेट मिसाई तताएर बन्ने पोटासियम सिलिकेट र क्याल्सियम सिलिकेटको मिश्रणलाई के भनिन्छ ?
→ कडा काँच
★यसप्रकारको काँचलाई पोटास लाइम काँच (Potash lime glass) पनि भनिन्छ ।
★यो साधारण तापक्रममा पग्लदैन। त्यसैले कडा काँचबाट टेस्ट्युब जस्ता उच्च तापक्रम खप्नुपर्ने सामानहरू बनाइन्छन् ।
❖ बोरो सिलिकेट काँच (Boro-Silicate glass)
★ सिलिकासँग सोडियम-कार्बोनेट, क्याल्सियम कार्बोनेट र बोरिक-अक्साइड मिसाएर तताउँदा बन्ने सोडियम सिलिकेट,क्याल्सियम सिलिकेट र वोरो सिलिकेटको मिश्रणलाई के भनिन्छ ?
→ वोरोसिलिकेट वा पाइरेक्स काँच
★ बोरो सिलिकेट भएकाले यस काँचमा तापको घटबढको कम प्रभाव पर्छ । यो काँचबाट प्रयोगशालामा प्रयोग गरिने सामाग्रीहरू बनाइन्छ ।
❖ लेड क्रिस्टल कांच (Lead crystal glass )
★ सिलिकासँग पोटासियम-कार्बोनेट र लेड-अक्साइडलाई मिसाई तताउँदा पोटासियम-सिलिकेट र लेड-सिलिकेटको मिश्रणलाई के भनिन्छ
→‘लेड क्रिस्टल काँच वा फ्लुट काँच
★ यसको बढी रिफ्रयाक्टिभ इन्डेक्स हुने हुँदा यस प्रकारको काँचबाट लेन्स, प्रिज्म, बिजुलीको चिम आदि उत्पादन गरिन्छन्।
❖ रङ्गीन काँच (Coloured glass)
★साधारण काँच बनाउने मिश्रणमा विभिन्न धातुका अक्साइडहरू मिसाई तताएमा रङ्गी न काँचहरू बन्छन्
मिसाउने धातुका अक्साइड तयार हुने काँचको रङ
कोबाल्ट-अक्साइड - निलो
निकेल-अक्साइड - कालो
क्रोमियम-अक्साइड - हरियो
म्याग्निज-अक्साइड - बैजनी
कपर-अक्साइड - रातो
आइरण (III) अक्साइड - पहेँलो वा खैरो
टिन अक्साइड - सेतो