❖रेसा (Fibre)

बलिया र तन्किने गुण भएका धागोजस्ता वस्तुहरूलाई के भनिन्छ ?

→ रेसा

✪ रेसाको प्रयोग के बनाउन प्रयोग गरिन्छ ?

→ कपडा, डोरी, जाली आदि बनाउन

 ❖ रेसाका प्रकार

✪ रेसा कति प्रकारका हुन्छन् ?

→ २ (प्राकृतिक र कृत्रिम)

प्राकृतिक रुपमा उत्पादन हुने रेसाहरूलाई कुन रेसा भनिन्छ ?

→ प्राकृतिक रेसा

कपास, रेसम, सिमल, ऊन कुन रेसाका उदाहरणहरू हुन् ?

→ प्राकृतिक रेसा

✪ बिरुवाबाट पाइने रेसाहरूमा पास, जुट सिमल, अल्लो आदिलाई लिन सकिन्छ भने जनावरबाट पाइने रेसामा ऊन र रेसम पर्दछन्।


 कृत्रिम रेसाहरु (Artificial fibres)

✪ कृत्रिम रेसाहरू कति प्रकारका हुन्छन् ?

→२ (पुनरुत्पादित रेसा र संश्लेषित रेसा)

✪ कपासमा हुने सेलुलोज र काठभित्रको पल्प प्रयोग गरी रासायनिक तरिकाले उत्पादन गरिएको रेसालाई कुन रेसा भनिन्छ ?

→ पुनरुत्पादित रेसा

✪ रेयोन कुन रेसाको उदाहरण हो ?

→ पुनरुत्पादित रेसा

✪ रेयोन कसरी तयार गरिन्छ ?

कपासमा हुने सेलुलोज, काठभित्रको पल्प र सोडियम हाइड्रोअक्साइड कार्वनडाइ सल्फाइड, सल्फ्युरिक एसिड मिलाएर रेयोन बनाइन्छ ।




→ प्राकृतिक रेसा


साडी, ब्यान्डेज, कार्पेट र टायर बनाउन के को प्रयोग गरिन्छ ?

→रेयोन

रासायनिक विधिद्वारा तयार गरिएको रेसालाई कुन रेसा भनिन्छ ?

→ संश्लेषित रेसा

नाइलन, पोलिस्टर, एक्रेलिक र ओलफिन कुन रेसा हुन् ?

→ संश्लेषित रेसाहरू

पोलिएमाइड रेसा भनेर कुन रेसालाई भनिन्छ ?

→नाइलन रेसालाई (यो हलुका र बलियो हुन्छ)

कार्पेट, मोजा, गन्जी र डोरी बनाउन के को प्रयोग गरिन्छ ?

नाइलन

पोलिस्टर, टेरेलिन, फार्टेल, कोडेलको प्रयोग के मा गरिन्छ ?

कपडा बनाउन

एक्रेलाइन, क्रेस्लान, ओर्लान जस्ता एक्रेलिक फाइवरहरू के बनाउन प्रयोग गरिन्छ ?

→ स्विटरजस्ता वस्तु