❖ मल (Fertilizers)

● विरुवाको वृद्धि र विकासका लागि उर्वराशक्ति बढाउन प्रयोग गरिने पदार्थहरूलाई के भनिन्छ ?

→ मल

● मल कति प्रकारका हुन्छन् ?

→  २ (जैविक मल र अजैविक वा रासायनिक मल)

❖ जैविक मल (Organic fertilizers)

● जनावरहरूले उत्सर्जन गरेका मलमूत्र आदि र जनावर एवम् रुख बिरुवाहरूका विभिन्न भाग कुहेर वा गलेर बनेको मललाई जैविक मल के भनिन्छ ?

 जैविक मल

● कम्पोस्ट मललाई कुन मल भनिन्छ ?

 जैविक मल

✰ यसलाई बनाउँदा खाल्डामा घाँसपात, पराल, गोबर आदि तह तह मिलाएर राखिन्छ ।

✰  कम्पोस्ट मलले बिरुवालाई चाहिने सम्पूर्ण तत्त्वहरू उपलब्ध गराउनुका साथै माटोको गुणमा सुधार गर्छ।

● अजैविक वा रासायनिक मल (Inorganic or chemical fertilizers)

✰ रासायनिक पदार्थहरूको मिश्रणले बनेको मललाई के भनिन्छ ?

→ रासायनिक मल

✰ विशेष गरी नाइट्रोजन (N), फस्फोरस (P) र पोटासियम (K) युक्त यौगिकहरू यस्तो मल बनाउन प्रयोग गरिन्छन्।

✰ नाइट्रोजनयुक्त मलहरू :

 एमोनियम नाइट्रेट (NH4 NO3)

युरिया (NH2CO-NH2)

एमोनियम सल्फेट [(NH4)2SO4]


● नाइट्रोजनयुक्त मलको आवश्यकता :

★ बिरुवाको वृद्धिका लागि प्रोटिन, प्रोटोप्लाज्म, क्लोरोफिल बनाउन नाइट्रोजन चाहिने हुनाले नाइट्रोजनयुक्त मल आवश्यक हुन्छ। 

नाइट्रोजन भएन भने पातहरू पहेँला हुन्छन्, फूलहरू राम्ररी फुल्दैनन् । फल र विउ स-साना हुन्छन् ।

फस्फोरसयुक्त मलहरू :

सुपर फोस्फेट Ca(H2PO4)2 2CaSO4

ट्रिपल सुपर फोस्फेट 3Ca (H2 PO4) 2 (2CaSo4)

एमोनियम फोस्फेट (NH4)3PO4

हड्डीको धुलो (bone meal) बाट पनि फस्फोरस पाउन सकिन्छ।

● फस्फोरसयुत्त मलको आवश्यकता :

बिरुवाको जरा वृद्धि गर्न फस्फोरस चाहिन्छ।

 फस्फोरसले फल पाक्न र अन्का दाना विकास हुन सहयोग गर्छ।

प्रोटिनको निर्माणमा, कोषविभाजन हुने क्रियामा र पात एवम् टुसा हुर्कने क्रियाका लागि फस्फोरस आवश्यक

हुन्छ।

● पोटासियमयुत्त मलहरू :

✪ पोटासियम क्लोराइड (KCI )

पोटासियम सल्फेट (K2 SO4)

पोटासियम नाइट्रेट (KNO)

पोटासियमयुत्त मलको आवश्यकता :

पोटासियमले मुख्यतया बिरुवाको खाना बनाउन मद्दत गर्छ। पोटासियम नभएमा प्रोटिनको निर्माण र कोषविभाजन हुन बाधा पुग्छ । 

यसको अभावमा बिरुवाका पात र टुसा ओइलाउँछन् र रोगनिरोधक क्षमतामा ह्रास आउँछ । 

यी तिनै तत्त्व हुने गरी मिसाई बनाइएको मललाई NPK मल पनि भनिन्छ।

खरानीमा पनि केही मात्रामा पोटासियम पाउन सकिन्छ।