❖सिमेन्ट (Cement)
✭ क्याल्सियम सिलिकेट र क्याल्सियम एलुमिनेटको मिश्रणलाई के भनिन्छ ?
→ सिमेन्ट
✭ चुनढुङ्गा र एक विशेष प्रकारको क्ले माटो (A1203, SiO2) बाट के तयार गरिन्छ ?
→ सिमेन्ट
✭सिमेन्ट उत्पादन गर्न कति तपाक्रम चाहिन्छ ?
→ 1600° सेल्सियससम्म
✭कच्चा पदार्थहरूलाई मिसाई धुलो हुने गरी एउटा मेसिन (grinder) मा पिसिन्छ । यस धुलो मिश्रणलाई पानीसँग घोलेर लेदो बनाइन्छ र यसलाई एउटा घुम्ने भट्टी (rotary kiln) मा राखी करिब 1600° सेल्सियससम्म तताइन्छ। यसरी तयाएपछि सिमेन्ट रातो रातो ढिक्काका रुपमा तयार हुन्छ । यसलाई सिमेन्ट क्लिन्कर (Cement clinker भनिन्छ ।
✭ क्लिन्करलाई ठन्डा गरेर अलिकति (२-३ प्रतिशत) जिप्सम (CaSO, 2H,O) हाली ग्राइन्डरमा धुलो पारी सिमेन्ट उत्पादन गरिन्छ ।
✭जिप्समले सिमेन्ट जम्ने समय (setting time) बढाउँछ । सिमेन्टलाई बचाइराख्न सुख्खा ठाउँमा राख्नु आवश्यक हुन्छ
✭सिमेन्टमा बालुवा र पानी मिसाएर बनाइएको मिश्रणलाई गारा (mortar) भनिन्छ ।
✭सिमेन्टमा बालुवा, रोडा र पानी मिसाएर चलाएमा कङ्क्रिट (Concrete) बन्छ ।
❖ सेरामिक्स (Ceramics)
✭ कार्बन, नाइट्राजन, सिलिका अक्सिजनयुक्त यौगिक भएको एक विशेष प्रकारको माटोलाई के भनिन्छ ?
→ सेरामिक्स
✭सेरामिक्स उद्योगमा प्रयोग गरिने माटो मुख्यतया कुन हो ?
→हाइड्रेटेड आलमोनियम सिलिकेट (Al2 O3 SiO2 2H20)
✭शुद्ध सेतो माटोलाई के भनिन्छ ?
→काओलिन
★ दाँत र हाडजोर्नीहरू बनाउन पनि कडा खालका सेरामिक्स प्रयोग गरिन्छ। पोर्सेलिन विद्युत कुचालक हुनाले यसबाट बिजुलीका सामानहरू पनि बनाइन्छ ।
★ताप खप्न नसक्ने र पानी नसोस्ने हुनाले कप, प्लेट आदि खाद्यसामग्री राख्ने भाँडा बनाउन पनि सेरामिक्सको प्रयोग गरिन्छ।