✰ वातावरणसम्बन्धी केही सम्मेलनहरू

⮞ सन् १९८६ सम्मेलन

⮚ कुन सम्मेलन हो ?

→७ औद्योगिक राष्ट्रहरूको शिखर सम्मेलन

⮚ त्यस सम्मेलन के निर्णय गयो ?

→ उद्योगहरूबाट उत्सर्जन हुने क्लोरोफ्लोरो कार्बन घटाउने प्रतिबद्धता

⮞ हेलसिन्की सम्मेलन

⮚ कहिले भयो ?

→ सन् १९८९ मा

⮚ कहाँ भयो ?

→ फिनल्याण्डमा

⮚ के घोषणा गयो ?

→ सन् २००० सम्म क्लोरोफ्लोरो कार्बन उत्सर्जनमा कमी ल्याउने

⮞ हेग घोषणा

कहिले भयो ?

→ सन् १९८९ मार्च ११ मा

कहाँ भयो ?

→नेदरल्याण्डमा

⮚ के सँग सम्बन्धित छ ?

→ प्रदूषित वातावरणबाट मानव जातिलाई बचाउने

⮞ स्टकहोम सम्मेलन

कहिले भएको थियो ?

→ सन् १९७२ जुन ५- १६ सम्म

कहाँ भएको थियो ?

→स्वीडेनका स्टकहोममा

मुख्य उद्देश्य के रहेको थियो ?

→पृथ्वी बचाउ

⮞ मरुभूमी सम्बन्धी नैरोवी सम्मेलन

 कहिले भएको थियो ?

→ सन् १९७७ मा

कहाँ भएको थियो ?

→केन्यामा

मुख्य उद्देश्य के रहेको थियो ?

जङ्गल र माटोको रक्षा

⮞ औद्योगिक राष्ट्रको सम्मेलन

⮚ कहिले भएको थियो ?

→ सन् १९८६ मा

मुख्य उद्देश्य के रहेको थियो ?

लोरोफ्लोरो कार्वनको प्रयोग नगर्ने

⮞  टोरन्टो सम्मेलन

कहिले भएको थियो ?

→ सन् १९८८ मा

 मुख्य उद्देश्य के रहेको थियो ?

→ मानवीय गतिबिधि र इन्धनको प्रयोगबाट पृथ्वीको मौसममा परेको प्रभाव सम्बन्धमा

⮞  पृथ्वी सम्मेलन

कहिले भयो ?

→ सन् १९९२ जुन ३ देखि १४ सम्म

कहाँ भयो ?

→ ब्राजिलको रियो द जेनेरियोमा

यस सम्मेलनको नारा के थियो ?

→ एक मात्र पृथ्वीको स्याहार गरौँ

पृथ्वी सम्मेलनले पारित गरेका प्रस्तावहरू के के हुन् ?

  • एजेण्डा - २१
  • जैविक विविधता 
  • मौसम परिवर्तन 
  • वन संरक्षणसम्बन्धी सिद्धान्त

⮞  एजेण्डा-२१

  • रियो सम्मेलनमा वातावरण संरक्षणमा राष्ट्रहरूले गर्नुपर्ने कामहरूको सूची नै एजेण्डा २१ हो ।
  • एजेण्डा- २१ मा सर्वप्रथम चीनले सन् १९९४ मा हस्ताक्षर गरेको हो।
  • एजेण्डा- २१ मा ४० बूँदा रहेका छन् ।
  •  नेपालमा एजेण्डा- २१ मा आधारित दिगो विकास कार्यक्रम दाङ, सुर्खेत र कैलाली जिल्लामा सञ्चालित छ ।

⮞  कोपनहेगन सम्मेलन (कोप-१५)

कहिले भएको थियो ?

→ सन् २००९

कहाँ भएको थियो ?

→कोपनहेगन (डेनमार्क)

मुख्य उद्देश्य के रहेको थियो ?

→ हालसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी सम्मेलन, यसको मुख्य उद्देश्य हरितगृह ग्याँस उत्सर्जनमा कमी

ल्याउन ठोस प्रतिबद्धता लिने र विकासोन्मुख देशले परिवर्तनको असर धान्न सक्ने स्थितिको सिर्जना गर्ने रहेको थियो।

⮞  कोप-२१ सम्पन्न

⮚ कहिले सम्पन्न भयो ?

सन् २०१५ डिसेम्बर १२ (डिसेम्बर ११ मा सम्पन्न हुने भनिएता पनि १ दिन लम्बिएको थियो ।)

 ⮚ कहाँ सम्पन्न भयो ?

→ फ्रान्सको पेरिसमा

 कति देशका प्रतिनीधि सहभागी थिए ?

→१९५ देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र प्रतिनीधि सहभागी थिए ।

⮞  खास के सम्झौता भएको छ ?

  विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा बढन नदीने सम्झौता,

 नेपालसहित अति कम विकसित मुलुक र साना टापु राष्ट्रहरूले माग गरे बमोजिम विश्वव्यापी औसत तापक्रम वृद्धिलाई १ दशमलब ५ प्रतिशतमा सिमित गर्ने प्रतिबद्धतासमेत जनाईएको छ ।

 पेरिस सम्झौताले पहिलोपटक विश्वव्यापी रुपमै जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यास उत्सर्जन कटौतीलाई

कानुनी रुपमै वाध्यकारी बनाएको छ । यसअनुसार अब हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकहरूले जतिसक्दो चाँडो

उत्सर्जन घटाउँदै जानुपर्ने हुन्छ । 

 त्यस्तै, जलवायुजन्य जोखिम न्यून गर्न तथा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न विकासोन्मुख मुलुकको क्षमता अभिवृद्धिमासमेत सहयोग गर्ने सम्झौता भएको छ।

  सम्मेलनमा नेपाललगायत टापु मुलुकहरूले उठाएको जलवायु परिवर्तनको हानी नोक्सानीको क्षतिपूर्ती व्यहोर्नेबारेमा

भने सम्झौता हुन सकेन । यद्यपी, जलवायुजन्य जोखिम न्यून गर्न आवश्यक क्षमता अभिवृद्धिमा पहल गर्ने सम्झौतामा उल्लेख छ ।

 सन् २०२० बाट कार्यान्वयनमा आउने सम्झौतालाई हरेक ५ वर्षको अन्तरमा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाइएको छ।

 यस्तै, सन् २०२० सम्ममा कार्वन उत्सर्जन न्यून गर्न विकसित देशले विकासोन्मुख देशलाई एक सय अर्ब अमेरिकी डलर का दरले आर्थिक सहयोग बढाउँदै लगिनेछ ।

  नेपालबाट कसले सहभागिता जनाएको थियो ?

  नेपालबाट उच्चस्तरीय वार्तामा वातावरणमन्त्री विश्वेन्द्र पासवानले सहभागिता जनाएका थिए।

⮞ कोप-२३ (जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन)

 कहाँ सम्पन्न भयो ?

जर्मनीको वोनमा

 कहिले भयो ?

→ सन् २०१७ नोभेम्बर ६ देखि १७ सम्म

 नेपालका तर्फबाट कसले प्रतिनिधित्व गरेको थियो

→ जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले

 कोप २३ को अध्यक्षता कसले गरेको थियो ?

→ फिजीले

 कोप २३ मा फिजिले प्रस्ताव गरेको अवधारणा पत्रको नाम

→ तालानोआ

 कोप-१ कहाँ भएको थियो ?

→ सन् १९९५ मार्च २८ देखि अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा

- राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी करिब १९० मुलुकका सरकार, नागरिक समाज र गैर सरकारी संस्थाका प्रतिनिधिले

पेरिस सम्झौता कार्यान्वयन गर्न फेरि हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।