✰ वातावरणसम्बन्धी केही सम्मेलनहरू

⮞ सन् १९८६ सम्मेलन

⮚ कुन सम्मेलन हो ?

→७ औद्योगिक राष्ट्रहरूको शिखर सम्मेलन

⮚ त्यस सम्मेलन के निर्णय गयो ?

→ उद्योगहरूबाट उत्सर्जन हुने क्लोरोफ्लोरो कार्बन घटाउने प्रतिबद्धता

⮞ हेलसिन्की सम्मेलन

⮚ कहिले भयो ?

→ सन् १९८९ मा

⮚ कहाँ भयो ?

→ फिनल्याण्डमा

⮚ के घोषणा गयो ?

→ सन् २००० सम्म क्लोरोफ्लोरो कार्बन उत्सर्जनमा कमी ल्याउने

⮞ हेग घोषणा

⮚कहिले भयो ?

→ सन् १९८९ मार्च ११ मा

⮚कहाँ भयो ?

→नेदरल्याण्डमा

⮚ के सँग सम्बन्धित छ ?

→ प्रदूषित वातावरणबाट मानव जातिलाई बचाउने

⮞ स्टकहोम सम्मेलन

⮚कहिले भएको थियो ?

→ सन् १९७२ जुन ५- १६ सम्म

⮚कहाँ भएको थियो ?

→→स्वीडेनका स्टकहोममा

⮚मुख्य उद्देश्य के रहेको थियो ?

→पृथ्वी बचाउ

⮞ मरुभूमी सम्बन्धी नैरोवी सम्मेलन

⮚ कहिले भएको थियो ?

→ सन् १९७७ मा

⮚कहाँ भएको थियो ?

→केन्यामा

⮚मुख्य उद्देश्य के रहेको थियो ?

→जङ्गल र माटोको रक्षा

⮞ औद्योगिक राष्ट्रको सम्मेलन

⮚ कहिले भएको थियो ?

→ सन् १९८६ मा

⮚मुख्य उद्देश्य के रहेको थियो ?

→कलोरोफ्लोरो कार्वनको प्रयोग नगर्ने

⮞  टोरन्टो सम्मेलन

⮚कहिले भएको थियो ?

→ सन् १९८८ मा

⮚ मुख्य उद्देश्य के रहेको थियो ?

→ मानवीय गतिबिधि र इन्धनको प्रयोगबाट पृथ्वीको मौसममा परेको प्रभाव सम्बन्धमा

⮞  पृथ्वी सम्मेलन

⮚कहिले भयो ?

→ सन् १९९२ जुन ३ देखि १४ सम्म

⮚कहाँ भयो ?

→ ब्राजिलको रियो द जेनेरियोमा

⮚यस सम्मेलनको नारा के थियो ?

→ एक मात्र पृथ्वीको स्याहार गरौँ

⮚पृथ्वी सम्मेलनले पारित गरेका प्रस्तावहरू के के हुन् ?

  • एजेण्डा - २१
  • जैविक विविधता 
  • मौसम परिवर्तन र
  • वन संरक्षणसम्बन्धी सिद्धान्त

⮞  एजेण्डा-२१

  • रियो सम्मेलनमा वातावरण संरक्षणमा राष्ट्रहरूले गर्नुपर्ने कामहरूको सूची नै एजेण्डा २१ हो ।
  • एजेण्डा- २१ मा सर्वप्रथम चीनले सन् १९९४ मा हस्ताक्षर गरेको हो।
  • एजेण्डा- २१ मा ४० बूँदा रहेका छन् ।
  •  नेपालमा एजेण्डा- २१ मा आधारित दिगो विकास कार्यक्रम दाङ, सुर्खेत र कैलाली जिल्लामा सञ्चालित छ ।

⮞  कोपनहेगन सम्मेलन (कोप-१५)

⮚कहिले भएको थियो ?

→ सन् २००९

⮚कहाँ भएको थियो ?

→कोपनहेगन (डेनमार्क)

⮚मुख्य उद्देश्य के रहेको थियो ?

→ हालसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी सम्मेलन, यसको मुख्य उद्देश्य हरितगृह ग्याँस उत्सर्जनमा कमी

ल्याउन ठोस प्रतिबद्धता लिने र विकासोन्मुख देशले परिवर्तनको असर धान्न सक्ने स्थितिको सिर्जना गर्ने रहेको थियो।

⮞  कोप-२१ सम्पन्न

⮚ कहिले सम्पन्न भयो ?

→सन् २०१५ डिसेम्बर १२ (डिसेम्बर ११ मा सम्पन्न हुने भनिएता पनि १ दिन लम्बिएको थियो ।)

 ⮚ कहाँ सम्पन्न भयो ?

→ फ्रान्सको पेरिसमा

 ⮚कति देशका प्रतिनीधि सहभागी थिए ?

→१९५ देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र प्रतिनीधि सहभागी थिए ।

⮞  खास के सम्झौता भएको छ ?

 ⮚ विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा बढन नदीने सम्झौता,

 ⮚नेपालसहित अति कम विकसित मुलुक र साना टापु राष्ट्रहरूले माग गरे बमोजिम विश्वव्यापी औसत तापक्रम वृद्धिलाई १ दशमलब ५ प्रतिशतमा सिमित गर्ने प्रतिबद्धतासमेत जनाईएको छ ।

 ⮚पेरिस सम्झौताले पहिलोपटक विश्वव्यापी रुपमै जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यास उत्सर्जन कटौतीलाई

कानुनी रुपमै वाध्यकारी बनाएको छ । यसअनुसार अब हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकहरूले जतिसक्दो चाँडो

उत्सर्जन घटाउँदै जानुपर्ने हुन्छ । 

 ⮚त्यस्तै, जलवायुजन्य जोखिम न्यून गर्न तथा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न विकासोन्मुख मुलुकको क्षमता अभिवृद्धिमासमेत सहयोग गर्ने सम्झौता भएको छ।

 ⮚ सम्मेलनमा नेपाललगायत टापु मुलुकहरूले उठाएको जलवायु परिवर्तनको हानी नोक्सानीको क्षतिपूर्ती व्यहोर्नेबारेमा

भने सम्झौता हुन सकेन । यद्यपी, जलवायुजन्य जोखिम न्यून गर्न आवश्यक क्षमता अभिवृद्धिमा पहल गर्ने सम्झौतामा उल्लेख छ ।

 ⮚सन् २०२० बाट कार्यान्वयनमा आउने सम्झौतालाई हरेक ५ वर्षको अन्तरमा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाइएको छ।

 ⮚यस्तै, सन् २०२० सम्ममा कार्वन उत्सर्जन न्यून गर्न विकसित देशले विकासोन्मुख देशलाई एक सय अर्ब अमेरिकी डलर का दरले आर्थिक सहयोग बढाउँदै लगिनेछ ।

 ⮚ नेपालबाट कसले सहभागिता जनाएको थियो ?

→  नेपालबाट उच्चस्तरीय वार्तामा वातावरणमन्त्री विश्वेन्द्र पासवानले सहभागिता जनाएका थिए।

⮞ कोप-२३ (जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन)

 ⮚कहाँ सम्पन्न भयो ?

→जर्मनीको वोनमा

 ⮚कहिले भयो ?

→ सन् २०१७ नोभेम्बर ६ देखि १७ सम्म

 ⮚नेपालका तर्फबाट कसले प्रतिनिधित्व गरेको थियो

→ जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले

 ⮚कोप २३ को अध्यक्षता कसले गरेको थियो ?

→ फिजीले

 ⮚कोप २३ मा फिजिले प्रस्ताव गरेको अवधारणा पत्रको नाम

→ तालानोआ

 ⮚कोप-१ कहाँ भएको थियो ?

→ सन् १९९५ मार्च २८ देखि अप्रिल ७ सम्म जर्मनीको बर्लिनमा

- राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी करिब १९० मुलुकका सरकार, नागरिक समाज र गैर सरकारी संस्थाका प्रतिनिधिले

पेरिस सम्झौता कार्यान्वयन गर्न फेरि हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।