➤ दिगो विकास

★ के हो दिगो विकास ?

विकास, जनसङ्ख्या र वातावरण बीचको सन्तुलन

 भावि पुस्ताको आवश्यकतासँग सम्झौता नगरिकन अहिलेको जीवनस्तरमा सुधार ल्याउनु पर्दछ भन्ने मान्यता

 दिगो विकास सम्बन्धी अवधारणा कहिले आएको हो ?

→ सन् १९८० को दशकबाट

 ● नेपालको कुन योजनादेखि दिगो विकास अवधारणलाई समावेश गरिएको हो ?

→ आठौँ पञ्चवर्षीय योजनादेखि

 ● ब्रुटल्याण्ड आयोगले दिगो विकासलाई कसरी परिभाषित गरेको छ ?

→“भविष्यका पिढीका आवश्यकताहरूलाई खलल नपुयाई वर्तमान पिढीका आवश्यकता परिपूर्ति गर्नु नै दिगो विकास हो ।”

★ बुटल्याण्ड आयोग गठन

● कहिले गठन भयो ?

→ सन् १९८३ डिसेम्बर  (1983 December )

● कसको अध्यक्षतामा ?

→  नर्वेकी पूर्व प्रधानमन्त्री ग्रो हर्लेम ब्रुटल्याण्ड

● उसले आफ्नो प्रतिवेदन कहिले बुझायो ?

→ सन् १९८७

● प्रतिवेदनको नाम के थियो ?

→ Our Common Future

● प्रतिवेदनमा के भनिएको थियो ?

→गरिबी निवारण र दिगो विकास एक अर्कामा अन्योन्याश्रित

❖ दिगो विकास सम्बन्धी भएका केही महत्वपूर्ण प्रयासहरू

● क्योटो सम्मेलन (जापान), क्योटो प्रोटोकल पारित

सन् १९९७

● Rio +5 सम्मेलन, रियो सम्मेलनको समीक्षा

सन् १९९७

● सहस्राब्दी विकास लक्ष्यको घोषणा

सन् २०००

● World Summit on Sustainable Development, जोहानसवर्ग (दक्षिण अफ्रिका)

सन् २००२

● जलवायु परिवर्तन र दिगो विकास सम्बन्धी बाली सम्मेलन

सन् २००७

● कोपनहेगन, जलवायु परिवर्तन

सन् २००९

 Rio + 20 सम्मेलन (ब्राजिल), समीक्षा, भावी कार्यदिशा, दिगो विकास, जलवायु परिवर्तन

सन् २०१२

❖  दिगो विकासका आयामहरू

● वातावरणीय आयाम

वातावरण संरक्षणका नीतिगत, कानूनी र संस्थागत व्यवस्था

नवीकृत श्रोतको उपयोग

प्रकोप व्यवस्थापनमा पूर्व क्रियाशिलता

सामाजिक आयाम

सामाजिक न्याय,

जनसङ्ख्या नियन्त्रण,

समानता

 साँस्कृतिक सम्पदा र विविधताको संरक्षण,

● आर्थिक आयाम

 गरीबी निवारण उन्मुख आर्थिक विकास

 दिगो उत्पादन वृद्धि

 आर्थिक विकास र वातावरण बीच सन्तुलन

 ● शासकीय आयाम

 वैधानिक र जनप्रतिनिधिमुलक सरकार

 Rule of Law

 विकेन्द्रीकरणमानव 

 अधिकारको संरक्षण र संवर्द्धन

  मानविय विकास

 रोजगारी बढाउने,

 गरिब र असहाय वर्गको संरक्षण,

 मानविय मूल्य मान्यता र सदाचार बढाउने,

 विभिन्न विभेदको अन्त्य ।

❖ दिगो विकासका सिद्धान्तहरू (Principles of Sustainable Development)

१. पारिस्थितिक पद्धतिको संरक्षण सम्बन्धी सिद्धान्त,

२. समुदायको दिगो विकासको सिद्धान्त,

३. जैविक विविधताको सिद्धान्त,

४. जनसहभागितामा आधारित विकासको सिद्धान्त,

५. सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी सिद्धान्त,

६. पृथ्वीको वहन क्षमताको सिद्धान्त,

७. पर्यावरणीय संरक्षणको सिद्धान्त

❖ दिगो विकास तथा वातावरण संरक्षण सम्बन्धी नेपालले गरेका प्रयासहरू

  ● नेपालको संविधानमा

 प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा बाँच्ने हक (धारा-३०) को व्यवस्था ।

 राज्यको दायित्व र नीति मार्फत दिगो विकासलाई आत्मसात गरेको ।

 वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४

 ऐन, नियम, कार्यनीति, कार्ययोजना, परिषद्

 औद्योगिक व्यवसाय ऐन, २०४९

 औद्योगिक नीति २०६७ मा नवीन प्रविधिको प्रयोग एवं वातावरण मैत्री उत्पादन

 छैठौं पञ्चवर्षीय योजना (२०३७-२०४२) देखि वातावरण तथा भू-उपयोग नीति अवलम्बन गरिएको,

 सातौँ पञ्चवर्षीय योजना (२०४२-२०४७) देखि वातावरणलाई प्रत्येक विकास आयोजना अन्तर्गत विशेष ध्यान दिनुपर्ने अंगको रुपमा मान्यता दिइएको,

 नेपालमा दिगो विकासको अवधारणा आठौं पञ्चवर्षीय योजनादेखि आएको हो जसमा योजनाको उद्धेश्यमध्ये एक दिगो आर्थिक वृद्धिदर हासिल गर्ने रहेको थियो।

 वि.सं. २०४७ मा प्राकृतिक तथा सांस्कृतिक स्रोत संरक्षण परिषद्को स्थापना,

 सन् १९८८ मा राष्ट्रिय सम्पदा संरक्षण कार्यनीतिले स्वीकृति प्राप्त गरेको,

 सन १९९० मा प्राकृतिक तथा सांस्कृतिक स्रोत संरक्षण परिषद्को स्थापना,

 राष्ट्रिय वातावरण नीति तथा कार्ययोजना सन् १९९३ बाट लागू भएको,

 दिगो विकासको लागि सर्वप्रथम लागू भएको रणनीति राष्ट्रिय संरक्षण रणनीति (NCS) हो, जुन १९९८ देखि लागू भएको हो ।

 नेपाल सवारी प्रदुषण मापदण्ड २०५६ को निर्धारण गरिएको,

 वि.सं. २०५० मा वातावरण संरक्षण परिषद्को स्थापना गरिएको,

 वि.स. २०५० मा विकास आयोजनाहरूबाट वातावरणमा पर्न जाने नकारात्मक असरहरू पर्न नदीन राष्ट्रिय          वातावरणीय प्रभाव मूल्याङकन (EIA) निर्देशिका लागू गरिएको,.

 वि.सं. २०५२ मा जनसङ्ख्या तथा वातावरण मन्त्रालयको स्थापना

 वि.स. २०५३ मा वातावरण संरक्षण ऐन र वि.स. २०५४ मा वातावरण संरक्षण नियमावलीको निर्माण गरिएको छ।

 एजेण्डा २१ मा आधारित दिगो विकास कार्यक्रम नेपालका दाङ, सुर्खेत र कैलाली जिल्लामा सञ्चालित छ।

 नेपालको दिगो विकास सम्बन्धमा सूचना प्रवाह गर्ने उद्धेश्यले ICIMOD ले Internet मार्फत सञ्चालन गरेको

कार्यक्रमको नाम Nepal Net हो ।

सुशासन दिगो विकासको पूर्वशर्तको रुपमा छ।

वातावरण मन्त्रालय र विभाग लगायतको संस्थागत व्यवस्था छ।

निकुञ्ज संरक्षण क्षेत्र र सम्पदा सूचिको व्यवस्था छ

 योजनामा EIA IEE

❖ दिगो विकास (Sustainable Development Coals : SDGs) का लक्ष्यहरू

 ● दिगो विकास लक्ष्यहरू देहाय बमोजिम रहेका छन्:

 सबै प्रकारको गरिवी अन्त (No poverty)

 भोकमरी अन्त (Zero hunger)

 स्वास्थ्य जीवनको सुनिश्चितता (Good health& well-being)

 समावेशी समन्यायिक र स्तरीय शिक्षाको अवसरको सुनिश्चितता (Quality Education)

 लैङ्गिक समानता (Gender Equality)

 सबैका लागि खानेपानी तथा सरसफाइको उपलब्धता (Clean Water and Sanitation)

 सबैका लागि आधुनिक तथा भरपर्दो विद्युत पहुँच (Affordable and Clean Energy)

 दीगो आर्थिक बृद्धि (Decent work and Economic Growth)

 सबल पूर्वाधार निर्माण (Industry, Innovation and Infrastructure)

 असमानता न्यूनीकरण (Reduced Inequalities)

 स्वस्थ्य एवम् सुरक्षित मानव वसोवास (Sustainable Cities and Communities)

 दीगो उपभोग र उत्पादनको सुनिश्चितता (Responsible consumption & Producation)

 जलवायु परिवर्तनका असर विरुद्धका कार्य (Climate Action)

 समुद्र र समुद्री किनारको संरक्षण र दिगो उपयोग (Life below water)

 जैविक विविधता, पारिस्थितिक प्रणाली, वन तथा संरक्षित क्षेत्रको संरक्षण (life on land)

 दीगो विकासका लागि शान्त र समावेशी समाज प्रवर्द्धन, न्यायमा पहुँच र जवाफदेहीता (Peace, Justice and strong Institutions)

 दीगो विकासका लागि कार्यान्वयन संयन्त्रको सवलीकरण र विश्व साझेदारीको पुर्नबध (Partnerships for the goals)