★ पारिस्थितिक पद्धती सम्बन्धी केही प्रश्नहरू

● जीवित वस्तुहरूको आपसी सम्बन्ध र यस्ता आपसी सम्बन्धको सिलसिलामा आदानप्रदान हुने वस्तु जस्तै हावा, पानी, शक्ति आदिको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?

→ इकोलोजी

●खानाका लागि वनस्पतिमा भरपर्ने जीवहरूलाई के भनिन्छ ?.

→ प्राथमिक उपभोक्ता 

●प्राथमिक उपभोक्ता कस्ता हुन्छन् ?

→ शाकाहारी

●खानाको लागि प्राथमिक उपभोक्तामा भर पर्ने जीवहरूलाई के भनिन्छ ?

→ द्वितीय उपभोक्ता

 ● विरालो, सर्प, स्याल, भ्यागुता कुन वर्गका उपभोक्ता हुन् ?

→ द्वितीय

 ● खानाको लागि द्वितीय र प्रथम दुवै वर्गका उपभोक्तामा भरपर्ने जीवलाई के भनिन्छ ?

→ तृतीय उपभोक्ता

 ● पारिस्थितिक पद्धती कति किसिमका हुन्छन् ?

→२ (जलीय र स्थलीय)

 ● उत्पादकबाट शाकाहारी, मांसाहारी हुँदै शक्तिको स्थानान्तरण हुने प्रक्रियाबाट के बन्दछ ?

→खाद्य श्रृंखला

 ● वातावरणका तत्त्वहरूलाई कति भागमा वर्गीकरण गरिएको छ ?

→ २ (जैविक र अजैविक)

● हावा, सौर्य उर्जा, माटो, पानी आदि वातावरणका कस्ता तत्त्व हुन् ?

→अजैविक

● जैविक समुदायका ३ महत्वपूर्ण पक्ष के हुन् ?

→ उत्पादक, उपभोक्ता र विच्छेदक

●वनस्पतिहरू आफ्नो खाना आफैँ तयार गर्छन, यो जैविक समुदायको कुन पक्ष हो ?

→ उत्पादक

●मानिसहरू खानाको लागि अरु वनस्पति तथा जनावरमा निर्भर गर्दछन। यो जैविक समुदायको कुन पक्ष हो ?

→ उपभोक्ता

●कुन वर्गका उपभोक्ता सामान्यत शारीरिक रुपले बलिया हुन्छन ?

→ तृतीय

●चितुवा, बाघ, ठूला माछा, गोही, अजिंगर कुन वर्गका उपभोक्ता हुन् ?

→ तृतीय

●मृत जीवहरूको शरीर कुहाउने सुक्ष्म जीवहरू (ब्याक्टेरीया र फन्जाई) कस्ता उपभोक्ता हुन् ?

→ विच्छेदक

●जीवहरूमा शक्तिको मुख्य श्रोत के हो ?

→खाद्य वस्तु

●जीवहरूमा पोषण उपलब्ध हुने प्रक्रियामा बन्ने उत्पादक र उपभोक्ता बीचको सम्बन्धको श्रृंखलाका आधार के भनिन्छ ?

→खाद्य श्रृंखला