❖ नेपालको प्राकृतिक वन तथा वनस्पति
⮚ वन के हो ?
✰ रुख विरुवा, घाँसपात, जडीबुडीहरूको समग्रता हो ।
✰ कुनै ठाँउको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन्।
✰ हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुदाँ यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ।
⮚ नेपालमा वनस्पतीको क्षेत्रमा प्रथम पटक अनुसन्धान गर्ने नेपाली वनस्पतिका पिता भनेर चिनिन फ्रान्सीस बुखानन कहिले नेपाल आएका थिए ?
→ सन् १८०२ मा
❖ नेपालको वन सम्बन्धी केही तथ्य
⮚सन् १९५४ को तथ्याङ्कअनुसार :- ४५ प्रतिशतभन्दा बढी भू-भाग वन जङ्गलले ढाकेको
⮚सन् १९७९ को तथ्याङ्कअनुसार :- ४३ प्रतिशत,
⮚सन् १९८६ को तथ्याङ्कअनुसार :-३७.४ प्रतिशत
⮚सन् १९९८ को तथ्याङ्कअनुसार :-३९.६ प्रतिशत (यही अध्ययनले नेपालको तराई क्षेत्रको वन प्रति वर्ष १.३ प्रतिशतले विनास हुँदै गएको)
⮚ सन् २०१५ को तथ्याङ्कअनुसार :-४४.७४ प्रतिशत
❖ वन स्रोत तथ्याङ्क
स्रोत : नेपालको वन स्रोत प्रतिवेदन, २०१५ : वन अनुसन्धान तथा सर्वेक्षण विभाग
⮚ विवरण
१. वन क्षेत्र :-क्षेत्रफल ५९.६२ लाख हेक्टर →४०.३६ प्रतिशत
२.बुट्यान क्षेत्र :-क्षेत्रफल ६.४८ लाख हेक्टर→४.३८ प्रतिशत
३.कुल स्टेम आयतन :-क्षेत्रफल ९८ करोड २३ लाख ३२ हजार क्युबिक मि.→----
४. कुल स्टेम आयतन मध्ये साल प्रजाति :----→ १९ प्रतिशत
५.कुल वायोमास :-क्षेत्रफल क्षेत्रफल ११,५९७ लाख टन→----
६. औसत स्टेम आयतन :-क्षेत्रफल १६५ क्युबिक मिटर प्रति हेक्टर→---
७.औसत रुख संख्या :-क्षेत्रफल ४३० प्रति हेक्ट→-----
|