❖ मानव शरीरका ज्ञानेन्द्रीयहरू

✰ ज्ञानेन्द्रियहरू कति प्रकारका हुन्छन् ?

→ 5 ( आँखा,कान,नाक,जिब्रो, छाला )

 ❖ ज्ञानेन्द्रियहरूले निम्न काम गर्ने गर्दछन ?

✰  आँखा → दृष्टिको ज्ञान (Sense of Sight) दिन्छ ।

✰ कान   यसले श्रवणको ज्ञान (Sense of Hearing) दिन्छ ।

✰ नाक  यसले वासना, गन्धको ज्ञान (Sense of smell, odour) दिन्छ।

जिब्रो  → यसले स्वादको ज्ञान (Sense of Taste) दिन्छ।

✰ छाला →  यसले स्पर्शको चेतनाको ज्ञान (Sense of Touch) दिन्छ ।


✪  मानव शरीरका प्रणालीहरू

अस्थिर पञ्जर प्रणाली मांसपेशी प्रणाली

पाचन प्रणाली  श्वासप्रश्वास प्रणाली

रक्त सञ्चार प्रणाली लसिका प्रणाली

निष्कासन प्रणाली  स्नायू प्रणाली

ग्रन्थी प्रणाली प्रजनन प्रणाली


✪ अस्थिरपञ्जर प्रणाली

यो विभिन्न आकृतिका हाड र कुरकुरे हाडहरू मिलेर बनेको हुन्छ।

अस्थिरपञ्जर प्रणाली कति वटा हाडहरू मिलेर बनेको हुन्छ ?

२०६

✪ कहाँ कति हाड हुन्छन ?

खप्परको हाड    →22

 मेरुदण्डको हाड    →33

 छातिको हाड    →1

 करङको हाड    →24

 हात र खुट्टाहरूमा    →60/60

 पेल्भिक हाडहरू    →2

 काँधको हाड    → 4

✮ जम्मा  →206

✪ रक्तसञ्चार प्रणाली

✮ रक्त संचार प्रणालीका मुख्य अंगहरू के के हुन् ?

→मुटु, रक्त नलीहरू र रगत

✮ रक्त नलीहरू कति वटा हुन्छन् ?

→३ (धमनी, शिरा र रक्त कोशिका)

✪ मानव शरीरमा कतिवय रक्तकोषहरू हुन्छन ?

→३ (राता रक्तकोषहरू, सेता रक्तकोषहरू र प्लेटलेट्स)

राता रक्तकोषहरू (Red Blood Cells) के कार्य गर्दछन् ?

यसको वैज्ञानिक नाम इरीथ्रोसाइट (Erythrocyte) हो ।

यसको आकार ७ माइक्रोन व्यासको हुन्छ।

यो हड्डी भित्रको रातो मासी (Red Bone Marrow) मा बन्दछ ।

यो हेम र ग्लोविन प्राटिनद्वारा बनेको हुनाले यो रातो रंगको हुन्छ।

यसको औसत आयु १२० दिनको हुन्छ।

एक परिपक्क पुरुषको शरीरमा प्रतिक्युविक मिाइलमिटर रगतमा ४५-६५ लाख RBC हुन्छन।

महिलाको शरीरमा ४५-५० लाख हुन्छन् ।

यसको मुख्य काम फोक्सोबाट अक्सिजन शोषित गरेर शरीरको विभिन्न कोषहरूमा पुऱ्याउनु र कोषहरूबाट निस्कने बेकारका वस्तु र कार्वनडाइअक्साइडलाई बोकेर फोक्सोमा पुयाउनु हो ।

हेमोग्लोविनको कमी हुनुलाई रक्तअल्पत्ता भनिन्छ ।

 सेता रक्तकोषहरू (White Blood Cells) के कार्य गर्दछन् ?

प्लेटिलेट्स (Platelets) के कार्य गर्दछन् ?

यसलाई मानव शरीरको सुरक्षा गार्ड पनि भनिन्छ।

यसको वैज्ञानिक नाम ल्युकोसाइटस् (Leucocytes) हो ।

यो लामो हाडको नली भित्रको सेतो हाडम्यारो (White Bone Marro) र लिम्फ नोड (Lymph node) मा बन्ने गर्दछ ।

यसको औसता आयु ८-१० दिनको हुन्छ।

यसमा हेमोग्लोविन नहुने भएकाले सेता रंगको हुन्छ।

शरीरमा प्रवेश गरेका सूक्ष्म जीवहरू (Microbes) लाई पहिचान गर्ने, नष्ट गर्ने, खाइदिने तथा शरीरबाट बाहिर

निकालिदिने कार्य गर्दछ। यसलाई फ्यागोसाइटोसिस भनिन्छ ।


✮ Platelates के कार्य गर्दछन् ?

 यसको आकार २-४ माइक्रो मिटर हुन्छ ।

यसको आयु ७- १० दिन सम्मको हुन्छ।

यसलाई थ्रोम्बोसाइट (Thrombocyte) पनि भनिन्छ ।

यो Bone Marro र लिम्फ नोड (Lymph node) मा बन्ने गर्दछ ।

यसको प्रमुख कार्य चोटपटक लाग्दा वा रक्त नली काटिएर रगत बग्दा रगतलाई जमाएर बाहिर बग्न नदिनु हो।