★  वातावरणीय पारिस्थितिक र पर्यावरणीय 

वातावरणीय पारिस्थितिक पद्धति भनेको के हो ?

→ वातावरणमा रहने समुदाय र वातावरणबीचको अन्तरसम्बन्धलाई नै वातावरणीय पारिस्थितिक पद्धति हो।

 ● वातावरणीय पारिस्थितिक पद्धतिमा रहेका मुख्य तत्त्वहरू के के हुन् ?

जैविक र अजैविक तत्त्वहरू

  जैविक तत्त्व भन्नाले कस्ता तत्त्वलाई जनाउँदछन् ?

→ जैविक तत्त्वहरू भन्नाले पारिस्थितिक पद्धतिमा रहेका सजीव (वनस्पति तथा जीवजन्तु) तत्त्वहरूलई जनाउँछ ।

  अजैविक तत्त्वहरू भन्नाले कस्ता तत्त्वलाई जनाउँदछन् ?

 अजैविक तत्त्वहरू पारिस्थितिक पद्धतिमा रहेका निर्जीव (हावा,पानी, माटो, प्रकाश, ताप आदी) तत्त्वहरूलाई जनाउँदछ ।

 ★ जैविक तत्वको वर्गीकरण

 ● जैविक तत्त्वलाई कति भागमा विभाजन गरिएको छ ?

 ३ भाग (उत्पादक, उपभोक्ता र विच्छेदक)

 ● उत्पादक कसलाई भनिन्छ ? →

 → पारिस्थितिक पद्धतिमा रहेका हरितकणयुक्त वनस्पतिहरू जसले आफ्नो खाना आफै निर्माण  गर्दछन् र उपभोक्ताका लागि समेत खाना आदान प्रदान गर्दछन् भने तिनीहरूलाई उत्पादक भनिन्छ ।    

 ● उत्पादकका उदाहरण के हुन सक्छन् ? 

  → लेउ (Spirogyra), भोल्भक्स (Volvox), क्लोस्टेरियम (Chosterium), हाइड्रिला (Hydrilla), वनस्पति तथा रुखहरू आदि।

 उपभोक्ता कसलाई भनिन्छ ?

→ खानाको लागि अन्य जीवमा निर्भर रहने जीवहरूलाई उपभोक्ता भनिन्छ ।

 उपभोक्ताका उदाहरण के हुन सक्छन् ?

गड्यौला, किराफट्याङ्ग्रा, मुसा, खरायो, मृग, बाखा आदी

 विच्छेदक भन्नाले के बुझिन्छ ?

→ मरेका जन्तु तथा वनस्पतिमा रहेका जटिल कार्बनिक पदार्थलाई टुक्र्याएर सरल अकार्बनिक पदार्थ निर्माण गर्ने जीवलाई विच्छेदक भनिन्छ ।

 ● विच्छेदकका उदाहरण के हुन सक्छन् ?

→ ब्याक्टेरिया, फन्जाई

 ★  उपभोक्ताको वर्गीकरण

 ● उपभोक्तालाई कति भागमा विभाजन गरिएको छ ?

३ (प्राथमिक, द्धितीय र तृतीय)

 प्राथमिक उपभोक्ता भन्नाले कस्ता उपभोक्तालाई जनाउँदछ ?

खानाको लागि वनस्पति (उत्पादक) मा भर पर्ने जीवलाई प्राथमिक उपभोक्ता भनिन्छ ।

 ● प्राथमिक उपभोक्ताको उदाहरण के-के हुन् ?

प्राथमिक उपभोक्ता भित्र शाकाहारी जीवहरू (खरायो, भैंसी, गाई आदी) पर्दछन्।

  द्वितीय उपभोक्ता भन्नाले कस्ता उपभोक्तालाई जनाउँदछ ?

→ खानाको लागि द्धितीय उपभोक्तामा भरपर्ने जीवलाई तृतीय उपभोक्ता भनिन्छ।

  तृतीय उपभोक्ता भन्नाले कस्ता उपभोक्तालाई जनाउँदछ ? 

खानाको लागि प्राथमिक उपभोक्तामा भरपर्ने जीवलाई द्धितीय उपभोक्ता भनिन्छ।

 ● तृतीय उपभोक्ताको उदाहरण के-के हुन् ?

→ बाघ, गोही अजिगर, सिंह, गिद्ध

 ● पारिस्थितिक पद्धतिको प्रकार

 ★   पारिस्थितिक  पद्धतिको प्रकारको

 ● पारिस्थितिक पद्धति कति प्रकारको हुन्छन् ?

→२ (पानीमा हुने वा जलीय पारिधिस्थतिक पद्धति र जमिनमा हुने वा स्थलीय पारिस्थितिक पद्धति)

 ★ जलीय पारिस्थितिक पद्धति (Aquatic Ecosystem)

 ●  जलीय पारिस्थितिक पद्धति भन्नाले के बुझिन्छ ?

→पानी रहेको ठाउँमा कायम हुने पारिस्थितिक पद्धतिलाई जलीय पारिस्थितिक पद्धति भनिन्छ।

˗ पानीमा पनि जैविक र अजैविक तत्त्वहरूबीच अन्तरसम्बन्ध रहेको हुन्छ।

˗उदाहरणका लागि पोखरीमा हुने पारिस्थितिक पद्धतिलाई लिन सकिन्छ।

 ★  स्थलीय पारिस्थितिक पद्धति (Terrestrial Ecosystem)

 स्थलीय पारिस्थितिक पद्धति भन्नाले के बुझिन्छ ? 

→ जमिनमा भएका विविध अवस्थाले गर्दा ती स्थानमा पाइने जैविक र अजैविक तत्त्वहरू बीच कायम रहेको प्रणालीलाई स्थलिय पारिस्थितिक पद्धति भनिन्छ।

˗ स्थलमा पनि जैविक र अजैविक तत्त्वहरूबीच अन्तरसम्बन्ध रहेको हुन्छ ।

˗ जस्तै : मरुभूमि, जङ्गल, चौर आदिमा हुने पारिस्थितिक पद्धतिलाई लिन सकिन्छ।


 ★ पारिस्थितिक पिरामिड (Ecological Pyramid)

 ● पारिस्थितिक पिरामिड भनेको के हो ?

 पारिस्थितिक पद्धतिका उत्पादकहरू, प्राथमिक उपभोक्ता, द्वितीय उपभोक्ता र तृतीय उपभोक्ताहरूका सङ्ख्या, जीवपिण्ड र शक्तिको मात्राबीच निश्चित सम्बन्ध देखाउने गरि बनाईएको पिरामिड आकारको चित्रलाई पिरामिड भनिन्छ ।

˗ यस किसिमका पिरामिडहरू जीवहरूको खाद्यवस्तुको आधारमा तयार गरिन्छ । त्यसैले यसलाई खाद्य पिरामिड (Food pyramid) पनि भन्ने चलन छ।

 ★ (जीवपिण्डको पिरामिड (Pyramid of Biomass)

 ● जीवसङ्ख्याको पिरामिड भनेको के हो ?

पारिस्थितिक पद्धतिमा भएका उत्पादक र उपभोक्ताहरूको संख्यालाई पिरामिड आकारको चित्रात्मक प्रस्तुतिलाई जीव संख्याको पिरामिड भनिन्छ ।