❖ जलवायु परिवर्तन

⮚ जलवायु परिवर्तन भन्नाले के बुझिन्छ ?

🠖लामो समय अवधिमा मौसमको तथ्यांकीय परिमाणमा परिवर्तन हुनु

⮚ ताप, चाप र वायुको परिवर्तनलाई के भनिन्छ ?

→मौसम (Weather)

मौसको समयावधि छोटो तथा अनिश्चित हुन्छ भने ऋतुको समयावधि कस्तो हुन्छ ?

लामो र निश्चित

स्वच्छ उर्जाको विकास गरेवापत क्योटो प्रोटोकल अन्तर्गत कार्वन व्यापारबाट प्राप्त हुने लाभको भुक्तानी कहाँबाट हुने गर्दछ ?.

→ विश्व बैंक मार्फत

रियो सम्मलेन कहिलेदेखि लागू भएको हो ?

→ सन् १९९४ मार्च १४ मार्च देखि

जलवायु परिर्तन सम्बन्धी संयुक्तराष्ट्र संघीय महासन्धीको प्रभावकारी कार्यान्वयनका लागि क्योटो प्रोटोकल कहिले तयार गरि एको हो ?

→ सन् १९९७ को डिसेम्बर मा

 स्वच्छ विकास संयन्त्र (Clean Development Mechanism- CDM) भनेको के हो ?

→ कुनै पनि आयोजना वा परियोजना सञ्चालन गर्नु पूर्व त्यसको वातावरणीय प्रभाव मूल्यांकन गर्ने प्रणाली लाई नै CDM भनिन्छ।

जलप्रकोपबाट उत्पन्न हुने क्षतिको हिसाबले नेपाल विश्वको कति औं स्थानमा पर्दछ ?

→ ३० औँ

❖अम्ल वर्षा

⮚ अम्ल वर्षा (Acid rain) भनेको के हो ? 

→विभिन्न प्रकारले उत्पन्न भएको धुवाँमा Nitrogen, Sulphur dioxide,Carbon dioxide जस्ता ग्याँसहरू हुन्छन् र यी ग्याँस बायुमन्डलमा रहेको जलवाष्पँग घुल्दा अम्ल बन्दछ र सो अम्ल पृथ्वीमा पानी असिनाको रुपमा वर्षने प्रक्रियालाइ अम्लिय वर्षा भनिन्छ ।

⮚ सर्वप्रथम यो अवधारणा कसले ल्याएका हुन् ?

→रर्वट एङ्गस स्मिथ

⮚ उनले अम्ल तत्त्वको कहाँ मापन गरेका थिए ?

→इङ्ल्याण्डको मानचेस्टर सहरमा

कहिले ल्याएका हुन् ?

→ सन् १८५२ मा

 यसमा के को मात्रा बढी हुन्छ ?

→ यसमा सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइडको मात्रा बढी हुन्छ।