⮞  जैविक विविधता (Bio-Diversity)

● के हो जैविक विविधता ?

→जैविक विविधता प्रतिएकाई क्षेत्रमा रहेका जीवजन्तु, वनस्पति, प्राणी, जीवाणु र उक्त क्षेत्रको वातावरणीय प्रणाली हो ।

● “जैविक विविधता” भन्नाले पारिस्थितिकीय प्रणाली (Ecosystem) को विविधता, प्रजातीय विविधता (Species Diversity) तथा वंशाणु विविधता (Genetic Diversity) सम्झनुपर्छ भनेर कसले परिभाषित गरेको हो ?

→ वातावरण संरक्षण ऐन २०५३

☛सन् १९८८ मा ई.ओ. विल्सनद्वारा सम्पादित पुस्तकमा जैविक विविधताका विविध पक्षहरूको उल्लेख गरिएको

थियो ।

☛ प्रकृतिको विविधता भन्ने शब्द पहिलो पटक सन् १९८० को दशकमा प्रयोगमा आएको थियो ।

☛ सन् १९९२ मा ई.ओ. विल्सनले दि डाइभर्सिटी अफ लाइफ (The Diversity of Life) नामक पुस्तक लेखेर त्यसमा विस्तृत रुपमा जैविक विविधताको विवरण प्रस्तुत गरेका थिए ।

● जैविक विविधताका प्रकार

→ प्रजातिगत विविधता (Species Diversity)

→ परिस्थितक प्रणाली विविधता (Ecosystem Diversity)

→  वंशाणुगत विविधता (Genetic Diversity)

 सन् २००३ देखि चर्चामा आएको चौथो जैविक विविधता

→  शुक्ष्म जीवतत्त्व विविधता (Moleculay Diversity)

●  जैविक विविधता सम्बन्धी केही तथ्य

⮚ रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो सिमसार क्षेत्र कुन हो ?

→कोशी टप्पु वन्यजन्तु आरक्ष (सन् १९८७ डिसेम्बर १७ मा).

⮚ रामसार सूचीमा सूचीकृत भएको नेपालको पछिल्लो सिमसार क्षेत्र कुन हो ?

→पोखरा उपत्यकामा रहेका ९ ताल (सन् २०१६ फेब्रुअरी २)

⮚ हाल नेपालमा (२०१५ को प्रतिवेदन अनुसार) वनजङ्गलले ढाकेको क्षेत्रफल कति प्रतिशत रहेको छ ? 

→४४.७४ प्रतिशत

⮚ वन कार्यालय नभएको जिल्ला कुन हो ?

→मुस्ताङ

⮚ विश्वको सबैभन्दा बढी वनक्षेत्र साइबेरिया (रुस) मा विश्वको कति प्रतिशत वन छ ?

→25 %

⮚ पृथ्वीमा पाइने अक्सिजन मध्ये ब्राजिलको अमेजन जङ्गलमा मात्र कति प्रतिशत पाइन्छ ?

→30%

⮚ नेपालमा सबैभन्दा पहिले रबर खेती कहिले भएको थियो ?

→ वि.स. २०४७ (गोरखकाली रबर उद्योगको स्थापना पश्चात प्रथम पटक खेती गरिएको झापाको बुधवारेमा)

⮚ नेपालमा संरक्षित सूचीमा सूचीकृत स्तनधारी, पक्षी र घस्रने जन्तुहरू कति छन् ?

→ क्रमश: २६ रतनधारी, ९ पंक्षी र ३ घने

⮚ नेपालमा वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको स्थापना कहिले भएको हो ?

→वि.स. २०३७ सालमा

⮚ नेपालमा रुख रोप्ने (वृक्षारोपण) कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?

→ वि.सं. २००२ सालबाट

⮚ जन्तु जस्तै हिँड्डुल गर्ने वनस्पति मेनग्रोब हो भने उक्त वनस्पति कहाँ पाइन्छ ?

→ मलेशियामा

⮚ फूल नफुलि फल लाग्ने वनस्पति कुन हो ?

→ लप्सी (नेपालमा मात्र पाइन्छ)

⮚ नेपालमा निजी वन ऐन कहिले ल्याइएको हो ?

→2013 BS. ( वि.सं. २०१३)

⮚ नेपालको मित्रताको सम्झनामा जापानले कुन रुख रोपेको थियो ?

→ चिउरी

⮚ चिनियाँ परम्परामा छोरी जन्मेपछि वृक्षारोपण गर्ने रुखको नाम के हो ?

→ पाउलोनिया

⮚ नेपालमा पाइने कुन रुख लाई "Tree of heaven" (अन्तर्राष्ट्रिय स्वर्गको रुख) भनिन्छ ?

→महारुख

⮚ मानिसको आँखाले समेत देख्न नसक्ने रुख कुन हो ?

→डाग्विट plant ​

⮚ साँझ परेपछि आगो बाल्ने रुख कुन देशमा पाइन्छ ?

→ Japan 

⮚  यौन तथा प्रजनन र जैविक विविधता संरक्षणमा लागेका युवाहरूको सम्मेलन (Green youth Summit) २०१३ कहाँ सम्पन्न भयो ?

→ बर्दियाको सूर्यपटुवामा

⮚ फूल फुल्ने विविधताको दृष्टिले नेपाल एसियाको १० औँ स्थानमा पर्दछ भने विश्वको कति औं स्थानमा पर्दछ?

→ २७ औं

⮚ हाल (२०१६ सम्म) नेपालमा बाघको संख्या कति रहेको छ ?

→ १९८ वयस्क बाघ (सन् २०२२ सम्ममा यो संख्या २५० पुऱ्याउने लक्ष्य)

⮚ वातावरण व्यवस्थापन (Environment management) के हो ?

→ जनसङ्ख्या, वातावरण र विकासलाई समानुपातिक ढङ्गले अगाडी बढाउने प्रक्रिया

⮚ Glante Conservation award पाउने पहिलो नेपाली को हुन् ?

→ नेपालको पहिलो बाँदर विशेषज्ञ डा. मुकेश कुमार चालिसे

⮚ नेपालमा भू-उपयोग नीति कति औं योजनादेखि लागू गरिएको हो ?.

→ छैठौं योजना

⮚ मानविय पर्यावरण सम्बन्धी स्टकहोम सम्मेलन कहिले भएको थियो ?

→ सन् १९७२ जुन ५-१६ सम्म

⮚ नेपालमा वनस्पति दिवस कहिले मनाइन्छ ?

→ प्रत्येक वर्ष चैत्र २९

⮚ सर्वप्रथम Eco-system शब्द प्रयोग गर्ने व्यक्ति को हुन् ?

→ए जी टान्सली

⮚ नेपालमा फोहोरमैला नीति वि.सं. २०५२ मा आएको हो भने बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको स्थापना ?

→ वि.स. २०५३ मा भएको हो।

⮚नेपालमा वातावरण संरक्षण परिषद्को स्थापना कहिले भएको हो ?

→  वि.स. २०५० मा

⮚माटो तथा पानीको अम्लीयपन कुन एकाइमा नापिन्छ ?

→ PH Scale

⮚शुद्ध पानीको PH कति हुन्छ ?

→ 7 

⮚PH को पुरा रुप के हो ?

→ Percentage of Hydrogen

⮚अडिरको तेललाई के भनिन्छ ?

→ हरियो तेल

⮚नेपालमा हालसम्म कति वटा विरुवामा नेपोलेन्सिस नामकरण भएको छ ?

→ 93

⮚जे. एफ. डोब्रेमेज (फ्रान्सेली वैज्ञानिक) का अनुसार नेपालमा कति प्रकारका पारिस्थितिक प्रणालीहरू रहेको छन् ?

→114

⮞  अक्सिजन

✰ एउटा वयस्क रुखले दैनिक २.७ के.जी. अक्सिजन उत्पादन गर्दछ।

✰मानिसलाई दैनिक १६ के.जी अक्सिजन आवश्यकता पर्दछ।

✰ सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने बनस्पति पिपल हो।

✰ रात दिन अक्सिजन दिइरहने बनस्पति तुलसी हो।

✰ बिरुवाले रातको समयमा अक्सिजन दिँदैनन् ।

✰ बिरुवाले दिउँसोको समयमा सूर्यको किरणको उपस्थीतिमा खाना बनाउँदा मात्र अक्सिजन फाल्ने तथा कार्वनडाइअक्साइड लिने गर्दछन् ।

⮞ जैविक विविधता 

⮚जैविक विविधता दिवस कहिले मनाईन्छ ?

→ हरेक वर्ष मे २२ मा (सन् २००० बाट)

⮚सन् २००० भन्दा पहिला कुन दिन मनाईन्थ्यो ?

→ डिसेम्बर २९ मा

⮚२०१९ को नारा ?

→Our Biodiversity, Our Food, Our Health

⮚२०१८ को नारा ?

→जैविक विविधता महासन्धिका २५ वर्ष : पृथ्वीमा सुरक्षित जीवनको सुरक्षित सुनिश्चतता

⮚ सन् १९९२ मा रियो द जेनेरियोमा भएको जैविक विविधता महासन्धीपछि यो दिवस मनाउन थालिएको हो ।

⮞ जैविक विविधता पार्क.

⮚कहाँ निर्माण हुँदैछ ? 

→पोखराको पर्यटकीय स्थल लेकसाईड नजिकै रत्नमन्दिर दरबार क्षेत्रलाई सम्पदा तथा जैविक विविधता

पार्क निर्माण गर्न लागिएको छ।

✰ ९० करोड जति खर्च हुने पार्क निर्माणको सम्पूर्ण निर्माण ५ वर्षमा सक्ने लक्ष्य छ ।

✰ पोखराबाट पश्चिम दक्षिणको पुम्दीभुम्दी गाविसमा पर्ने जङ्गलको १६४ हेक्टर वनमा सरकारले जैविक विविधता पार्क निर्माण गर्न लागेको हो ।

✰ पार्कमा लोपोन्मुख वनस्पतिका बिरुवा उमार्ने, हुर्काउने र बढाउने लक्ष्य राखिएको छ।

✰ वि.सं. २०७१ सालबाट यसको निर्माण कार्य सुरु गरिएको छ ।

⮞ जैविक विविधता सम्मेलन

⮚कहिले भएको थियो ?

→सन् २०१४ डिसेम्बरमा

⮚कहाँ भएको थिया ?

→दक्षिण कोरियामा सम्पन्न जैविक विविधता सम्बन्धी

⮚कति औं सम्मेलन थियो ?

→१२ औँ सम्मेलनले