सूचना (Information )
➤सूचना लोकतन्त्रको प्राणवायू हो। यसलाई Information is power पनि भनिन्छ।)
➤सूचना भन्नाले कसैलाई कुनै कुराको बारे जानकारी गराउनको लागि भनिने कुरा, संकेत, जनाउ र विज्ञप्तिलाई बुझिन्छ। यसलाई सूचनाको आधार मानिन्छ।
➤सूचना संगठित, विश्लेषित र एक अर्थपूर्ण ढंगबाट प्रस्तुत गरिएको तथ्याङ्क हो यस अर्थमा आफ्नो आवश्यकता अनुसार संकलित तथ्याङ्क वा जानकारीलाई विश्लेषण गरी सूचनाको रुपमा उपयोग गर्न सकिन्छ। संकलित तथ्याङ्कमा Intelligence प्रयोग गर्दा त्यसले सूचनाको स्वरुप धारण गर्दछ।
❖सूचनाको प्रकृति
⮚ Accuracy
⮚ Quantity
⮚ Timeliness
⮚ Adequate
⮚ Relevance to Management
⮚ Completeness/ Organised
⮚Meaningful /Analysed
⮚ Relevance to Management
⮚ Completeness/Organised
➤तथ्याङको अर्थपूर्ण विश्लेषण र प्रस्तुतिबाट सूचनाको जन्म हुन्छ। यस्तो सूचनाको प्रयोग सम्बन्धित क्षेत्रको Quantity, Quality, Timeliness / Relevance to Management जस्ता पक्षहरूको मूल्यांकनका लागि प्रयोग गरिन्छ।
➤नेपालको वर्तमान संविधानको भाग - ३ मौलिक हक कर्तव्य अन्तर्गत धारा २७ मा सूचनाको हकको व्यवस्था गरेको छ।
❖❖कस्तो हुन्छ सूचना
⮚ A message which gives the meaning and relevance eg. Smoking is injurious to health
⮚ कुनै पनि सन्देश शब्द, अंक र अन्य अर्थपूर्ण संकेत नै सूचना हो।
⮚ प्रशोधित, संगठित, पूर्ण र व्यवस्थित हुन्छ।
⮚ More accurate
⮚ Easy to verify
⮚अर्थपूर्ण ढंगले व्यवस्थित र सङ्गठित गरी राखिएको
⮚•विषयवस्तुको तथ्य वा ज्ञानको रुपमा
❖सूचनाका सोतहरू:
❖प्रगति प्रतिवेदन
- चिट्ठीपत्र
- बुलेटिन
- रेडियो, टि.भि
❖अनुसन्धनात्मक प्रतिवेदन
- समाचा
- ऐन, नियम र उपनियम
- Fax, e-mail, Internet
❖सामाजिक संजालका माध्यमहरू
-facebook, YouTube & twitter
-टिप्पणी
-मौखिक खबर
-पत्रपत्रिका
❖सूचनाका कार्यहरु
⮚Message को आदानप्रदान
⮚सूचनालाई अझ प्रष्ट्याउने वा सङक्षेपीकरण गर्ने
⮚केही नयाँ कुराको बारे जानकारी र सुरुवात
⮚मानिस मानिसबीच सुसम्बन्ध र सद्भाव निर्माण गर्ने र कायम राख्ने ।
❖सूचनाको महत्व
⮚सार्वजनिक नीति व्यवस्थापनमा सूचना ।
⮚संगठन व्यवस्थापन र सूचना
⮚कर्मचारी व्यवस्थापन र सूचना
⮚प्रशासन सुधार र सूचना
⮚संकट तथा प्रकोप
⮚विकास व्यवस्थापन र सूचना
⮚वित्तीय व्यवस्थापन र सूचना
⮚निर्णय निर्माण
⮚कुटनीतिक व्यवस्थापन र सूचना
⮚वस्तु तथा सेवाको आपूर्ति नदी
❖सूचनाको व्यवस्थापन कसरी गरिन्छ ?
⮚सूचनाको संकलन
⮚सूचना प्रशोधन
⮚ सूचनाको भण्डारण
⮚सूचनाको अभिलेख
⮚सूचना विवरण
❖सञ्चार (Communication)
⮚विचार र बुझाईलाई सूचना वा सन्देशका रुपमा प्रेषित गर्ने प्रक्रिया नै सञ्चार हो ।
⮚दुई वा दुई भन्दा बढी व्यक्तिहरूबीच कुनै तथ्य, धारणा, विचार, भावना आदीको आदानप्रदान गर्ने कार्य हो सञ्चार।
⮚सञ्चार बुझाई वा अर्थलाई व्यक्ति वा व्यक्ति समूहरूबीच वारपार गराउने पुल हो ।
⮚यो भनाई, सुनाई र बुझाईको एक व्यवस्थित तथा निरन्तर प्रक्रिया हो ।
⮚सञ्चार व्यवस्थापनको रक्तप्रवाह हो।
⮚सञ्चार एक व्यक्तिबाट अर्को व्यक्तिसम्म सूचनाको हस्तान्तरण र बोध गर्ने प्रक्रिया हो ।
⮚यो व्यक्तिहरूका बीचमा सन्देश आदान प्रदानको माध्यम हो ।
⮚प्रेषकले बुझाउन चाहेको अर्थ र प्रापकले बुझेको अर्थमा अधिकतम निकटता वा समानता हुनुपर्दछ।
⮚सूचना उत्प्रेणको प्रभावकारी औजार पनि हो ।
❖सञ्चार प्रकृयाका तत्वहरू
⮚प्रेषक : (Sender): Sender त्यो व्यक्ति हो, जोसँग सन्देश, विचार, सूचना, बुझाई वा आवश्यकता हुन्छ जसले व्यक्त गर्न चाहेको छ।
⮚सांकेतीकरण (Encoding): Sender ले आफ्नो विचार र सन्देशलाई लिपि वा संकेतमा ढाल्दछ त्यो नै Encoding हो ।
⮚सन्देश (Message): चाहेको विचारलाई शाब्दिक वा गैरशाब्दिक जुन रुपमा प्रेषित गर्दछ त्यो नै सन्देश हो।
⮚सञ्चारको माध्यम (Channel): सञ्चार माध्यम भनेको Sender ले send गरेको सन्देशलाई प्रापकसम्म पुयाउने बाहक।
⮚रुपान्तरण (Decoding): प्रापकले प्राप्त सन्देशलाई आफुले बुझ्ने शब्द वा स्वरुपमा रुपान्तरण गर्ने कार्य ।
⮚प्रापक (Receiver): सञ्चार दोहोरो प्रक्रिया भएको हुनाले कसैप्रति पनि लक्षित नगरी कुनै सन्देश प्रेषित गरियो भने त्यो सञ्चार हुदैन ।
❖ सञ्चारका विधिहरू
- सञ्चारका शाब्दिक सञ्चार र गैरशाब्दिक सञ्चार गरी दुई प्रमुख विधिहरू हुन्छन।
- क. शाब्दिक: शब्दहरूको प्रयोग गरेर गरिने सञ्चार शाब्दिक सञ्चार हो। यो पनि लिखित र मौखिक गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ।
(1) मौखिक
˗ बोलेर गरिने सञ्चार
˗ मोबाइल, टेलिफोन, इनटरनेट र रेडियोपेजिङ्ग लगायतका उपकरणबाट हुने सञ्चार
(2) लिखित
- सञ्चार सामान्यतया औपचारिक हुन्छ ।
- यसको अभिलेख राखिने हुँदा यो सत्यता जाँच गर्न सकिने र कानुनी दृष्टिले प्रमाणयोग्य हुन्छ ।
- सञ्चार परिपत्र, बुलेटिन, सङ्गठन पुस्तिका, हातेकिताब, सूचना आदेश, निर्देशन आदी।
ख. गैरशाब्दिकः
- विभिन्न सङ्केत तथा शारीरिक हाउभाउ र अनुहारको अभिव्यक्तिको प्रयोगबाट गरिने सञ्चार। शारीरिक चालढाल,
- अनुहारको अभिव्यक्ति, आखाँको चाल, भेषभूषा, स्पर्श, अवस्थिति, पृष्ठभूमि आदी गैर शाब्दिक सञ्चारका माध्यम हुन्।
सञ्चारको महत्व
- निर्णय, निर्देशन, आदेश र सूचनाहरूको प्रसार गर्न
- संगठनका उद्देश्य, नीति र कार्यक्रमहरू जानकारी गराउन
- निर्णय, निर्देशन, आदेश र सूचनाहरूको प्रसार गर्न
- कर्मचारीहरूका बीचमा सम्बन्ध, समन्वय र नियन्त्रण कायम गर्न
- कर्मचारीको बिचमा जिम्मेवारीको स्पष्ट बाँडफाँड गर्न
- राय सुझाव प्राप्त गर्न र सहभागिता अभिवृद्धि गर्न
- सुपरीवेक्षण, मूल्याङ्कन तथा पृष्ठपोषण र प्रतिवेदन गर्न
- गुणस्तर अनुगमन तथा मूल्याङ्कन र समस्या समाधान गर्न
❖सञ्चार सञ्चार प्रणालीको प्रकारहरू
(1) एकतर्फि सञ्चार प्रणाली (One way communication):
- सूचनाहरू एकोहोरो प्रवाह गरिने प्रणली नै One way communication हो ।
-टेलिभिजन, रेडियो, चिठ्ठीपत्र र पत्रपत्रिका
(2) दोहोरो सञ्चार प्रणाली (Two way communication):
- Mobile, Telephone, video chatting, इन्टरनेट र कम्प्यूटर