❖ स्वास्थ्य (Health)
✰ स्वास्थ्य, अङ्ग्रेजी शब्द 'Health' को नेपाली रूपान्तरण हो। यङ्ग्लो सेक्सन (Anglo-saxon) समयको प्रचलित शब्द 'Hale' को विकसित रूप 'Health' हो जसको अर्थ 'सुरक्षित र स्वस्थ' (Safe and sound) हुन्छ। तर अहिले स्वास्थ्यको अवधारणा 'Safe and Sound' सँग मात्रै सीमित छैन । यसले सम्पूर्णताको अवधारणा (Holistic concept) र गतिशिल प्रक्रिया (Dynamic process) लाई समेट्न खोजेको छ । सम्पूर्णता भन्नाले व्यक्तिको शारीरिक (Physical), मानसिक (Mental), सामाजिक (Social), संवेगात्मक (Emotional) र आध्यात्मिक (Spiritual) जस्ता पक्षको सन्तुलित विकास हुनुलाई जनाउँदछ र गतिशिल प्रक्रियाले परिवर्तनशिलतालाई बुझाउँदछ ।
✰ “स्वास्थ्य भनेको रोग तथा दुर्वलताबाट मुक्त हुनुमात्र नभई पूर्णतया शारीरिक, मानसिक तथा सामाजिक रुपमा सम्पन्न भएको अवस्था हो।"
→ विश्व स्वास्थ्य सङ्गठन
✰ “स्वास्थ्य पूर्ण तन्दुरुस्ती हो जुन निरन्तर परिवर्तनशील वातावरणमा सफलतापूर्वक समायोजनद्वारा प्राप्त हुन्छ । त्यसकारण, वातावरणसँग समायोजन गर्न र अंगाल्न सक्ने क्षमता नै स्वास्थ्य हो।"
→डुबोस (Dubos)
✰“स्वास्थ्य जीवनको त्यो योग्यता तथा गुण हो जसले व्यक्तिलाई अधिकतम जीवनयापन गर्न तथा उच्चतम सेवा गर्न सक्षम तुल्याउँदछ।"
→ जे.एफ. विलियम्स (J. F. Williams, 1930)
एक स्वस्थ किया
✰स्वास्थ्य, अङ्ग्रेजी शब्द 'Health' को नेपाली रुपान्तरण हो। एङ्ग्लो सेक्सन (Anglo-Saxon) समयावधिमा प्रचलित शब्द “Hale' को विकसित रुप 'Health' हो जसको अर्थ सुरक्षित र स्वस्थ (Safe and Sound) हुन्छ।
✰"पूर्ण, फलदायी तथा सृजनात्मक जीवनको लागि अधिकतम् व्यक्तिगत तन्दुरुस्ती नै स्वास्थ्य हो। "
→ एच्. होयम्याम
✰“स्वास्थ्य शारीरिक, संवेगात्मक तथा मानसिक स्वास्थ्यको त्यो गुण हो जसले व्यक्तिलाई प्रभावकारी र आनन्दमय जीवनयापन गर्न सक्षम बनाउँदछ।"
→ चार्ल्स एल्. एण्डरसन्
✰“स्वास्थ्य एउटा त्यस्तो आदर्शमय अवस्था हो जसमा व्यक्ति हरेक दृष्टिकोणबाट स्वस्थ रहन्छ र रोग, दुर्बलता एवम् सामाजिक समस्याहरूबाट समेत मुक्त हुन्छ । "
→ सोक्रेट्स
✰“स्वास्थ्य, शरीर, मस्तिष्क र भावनाको स्वस्थ अवस्था हो जहाँ यसका कार्यहरू पूर्ण र प्रभावकारी तरिकाले सम्पन्न हुन्छन् ।”
→अक्सफोर्ड शब्दकोष
❖ एक स्वस्थ व्यक्तिमा हुनु पर्ने गुणहरू
⮚एक स्वस्थ व्यक्तिमा निम्नलिखित शारीरिक, मानसिक तथा सामाजिक गुणहरू हुनुपर्दछ :
✫ शारीरिक रोगहरू तथा दुर्वलताहरूबाट मुक्त,
✫ खाएको खानेकुरा राम्रोसँग पाचन गर्न सक्ने,
✫ ठीक समयमा निद्रा लाग्ने,
✫ सकरात्मक सोच र स्वनिर्णय गर्न सक्ने क्षमता,
✫ समूहमा मिलेर काम गर्न सक्ने क्षमता,
✫ शारीरिक अङ्ग प्रत्यङ्गहरूको उमेर अनुसार वृद्धि र विकास,
✫ कुनै पनि कार्यलाई समाप्त नभएसम्म लगातार गर्न सक्ने क्षमता,
✫ रक्तचाप सन्तुलित भएको,
✫ मानसिक चिन्ता, भय तथा रोगबाट मुक्त,
✫ समालोचनात्मक एवम् सृजनात्मक चिन्तनशैली,
✫ नेतृत्व वहन गर्न सक्ने क्षमता, आदि
❖ प्राथमिक उपचार ( First Aid )
🠚प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ।
🠚प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो ।
🠚कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ ।
🠚 दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो।
🠚प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ।
❖ प्राथमिक उपचारका मूख्य तीन उद्देश्यहरू
✰ जीवन बचाउनु,
✰ अवस्था झन-झन् बिग्रन नदिनु
✰ अवस्थामा सुधार ल्याउनु
✰ बिरामीलाई विशेष उपचारको निमित्त सम्बन्धित ठाउँमा पुयायनु
❖ घाइतेको ज्यान बचाउनको लागि प्राथमिक उपचारको आवश्यकता हुन्छ ।
✩ A-Airway (श्वासनली)
✩ B - Breathing (श्वासप्रश्वास)
✩ C-Circulation (रक्तसञ्चार)
✩ D-Deformity (चोटपटक)
✩ E-Environment (वातावरण)
✩ घाइतेको अवस्था झन बिग्रन नदिने
✩ घाइतेको दुखाई कम गर्न र घाइतेलाई सजिलो अवस्थामा राख्ने
✩ तुरुन्त निकोपार्ने
✩घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुयाउने
✩ बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने
✹स्वास्थ्य सम्बन्धी प्रश्नहरू
🟊 एउटा साधारण वयस्कको सामान्य श्वासप्रश्वास दर कति हुनुपर्दछ ?
→ १५ पटक प्रतिमिनेट
🟊 एउटा स्वस्थ मानिसले एक मिनेटमा कती पटकसम्म सास फेर्दछ ?
→ १०-२० पटकसम्म
🟊स्वास्थ्यका आयमहरु के के हुन ?
→शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, आध्यात्मिक र आर्थिक